यो हो संसारको सबभन्दा लामो मोटरसाइकल

 मानिसहरू गिनिज बूकमा नाम लेखाउन जे गर्न पनि तयार हुन्छन् । अर्काले नगरेको कुरा गर्न उद्यत रहन्छन् ।

यस्तै एक भारतीयले २६.२९ मिटरको मोटरसाइकल बनाएर गिनिज बूकमा आफ्नो नाम दर्ता गराएका छन् । भारतको गुजरातमा बस्ने भरत सिंह परमारले लगभग ८६ फीट तीन इन्चको मोटरसाइकल बनाएर कीर्तिमान कायम गरेका हुन् ।


Advertisement

यो मोटरसाइकलको परीक्षण गर्न गिनिज बूकको टोली गुजरात आएको थियो । भरत सिंहले टोलीका अगाडि मोटरसाइकल चलाएर छक्क पारिदिए अनि उनीहरूले यसलाई सबभन्दा लामो मोटरसाइकलका रूपमा दर्ता गरिदिए ।

यसअघिको लामो मोटरसाइकल अहिलेको भन्दा लगभग १३ फीट छोटो थियो ।

जति लामो भएपनि यसमा थुप्रो मान्छे राखेर कुदाउन मिल्ने चाहिँ होइन ।

एजेन्सीको सहयोगमा


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्