कृष्ण र पवनले ल्याए ‘ए आमा’

नवोदित गायक कृष्ण कार्कीले अर्का गायक पवन भाटसँगको सहकार्यमा दशैं तिहारलाई लक्षित गर्दै ‘ए आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

दशैं र तिहारको मर्म बोकेको गीतमा दसैं र तिहारमा टाढा रहदाको पिडालाई व्यक्त गरिएको छ । नेपालीहरुको महानपर्वको रुपमा हेरिने दशैं र तिहारलाई हर्सोलासका साथ मनाइन्छ ।


Advertisement

यद्दपी आफ्नो घरपरिवारबाट टाढा रहनेले यस चाडपर्वमा महसुस गर्ने पिडालाई गीतमा दर्शाईएको छ । गीतमा शब्द हिराछवी श्रीषाको रहेको छ भने यसमा दर्पण यात्रीको संगीत रहेको छ । गीतमा विमला गिरी , दर्पण यात्री , दिया यात्री , सफलता , सुरज पुन र सागर लम्सालको अभिनय रहेको छ । भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका हुन् भने यसमा दिन्सन शाहको सम्पादन रहेको छ ।

भिडियोलाई गीतकार श्रीषाले नै निर्देशन गरेका हुन् । दशैं र तिहार आफ्नो परिवार भन्दा पर रहनेको कथा गीत मार्फत व्यक्त गर्ने प्रयास गरेको गायक कृष्णले बताए । ‘हामीले यो महानचाडको अर्को पक्षलाई देखाउने प्रयास गरेका छौँ’ उनले भने ,’किनकी आफ्नो परिवारको खुसिको लागि पर रहेर संघर्ष गर्ने धेरै छन् ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्