‘चीन र पाकिस्तानसँग कतिखेर युद्ध गर्ने हो मोदीले निश्चित गरिसकेका छन्’

भारतको उत्तर प्रदेश भारतीय जनता पार्टीका अध्यक्ष स्वतन्त्र देव सिंहले पाकिस्तान र चीनसँग कहिले युद्ध गर्ने हो भन्ने कुरा प्रधानमन्त्री नरेन्द्र मोदीले फैसला गरिसकेको बताएका छन् । 

भारत र चीनका सैनिकबीच लद्दाखस्थित वास्तविक नियन्त्रण रेखामा तनावको स्थिति रहेको बेलामा सिंहको यस्तो बयान आएको हो । 


Advertisement

उनले भने, ‘राम मन्दिर र धारा ३७० जस्तै गरी मोदीले पाकिस्तान र चीनसँग कहिले युद्ध गर्ने हो भनी फैसला गरिसक्नुभएको छ । सम्बन्धित युद्धको मिति तय भइसकेको छ ।’
 

बलियामा भाजपा विधायक संजय यादवको घरमा आयोजित एक कार्यक्रममा स्वतन्त्र देव सिंहले यस्तो बयान दिएका हुन् । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्