×

NMB BANK
NIC ASIA

विकास निर्माणको दुर्दशा

१० वर्षदेखि दलित छात्राबासको हरिबिजोक, मन्त्रीले शिलान्यास गरेको ३ वर्षसम्म अलपत्र

कात्तिक १३, २०७७

NTC
Premier Steels

२ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले शिलान्यास गरेको ३ वर्षसम्म पनि दलित छात्राबास निर्माणको कामका लागि एउटा इँटा समेत थपिएको छैन ।

Muktinath Bank

प्रदेशको अस्थायी राजधानी जनकपुरधाम उपमहानगरपालिका–४ मा दलित छात्राबास निर्माणका लागि मन्त्री सोनलले तामझामका साथ शिलान्यास गरेका थिए । साविकको राजपा नेपालका विभिन्न नेता तथा कार्यकर्ता समेतको उपस्थितिमा छात्राबास निर्माणका लागि शिलान्यास गरेको ३ वर्ष बितिसक्दा पनि निर्माण कामको प्रक्रिया शुरू हुन सकेको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रत्येक वर्ष मन्त्रालयले बजेट विनियोजन गरेर मातहतको निकाय शहरी विकास तथा भवन कार्यालयमा पठाउने गरेको भए पनि बजेट फ्रिज हुने गरेको छ । साविकमा जिल्ला विकास समिति धनुषाले छात्राबास निर्माणका लागि २० लाख ८ हजार ३०० रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरेको थियो । तर पिल्लर ठड्याउने काम मात्रै भएर अधुरो थियो । अधुरो छात्राबास निर्माणका लागि मन्त्री सोनलले आफ्नो मन्त्रालयबाट बजेट छुट्याएर निर्माणका लागि शिलान्यास गरेका थिए ।


Advertisment
Nabil box
Kumari

शहरी विकास तथा भवन कार्यालयका इन्जिनीयर नरेन्द्रकुमार झाका अनुसार अधुरो छात्राबास निर्माणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले आर्थिक वर्ष २०७५/०७६ मा २५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/०७७ मा ५० लाख रुपैयाँ बजेट पठाएको थियो । चालू आर्थिक वर्ष २०७७/०७८ मा पनि ३० लाख रुपैयाँ बजेट पठाइएको छ । तर विगत ३ वर्षदेखि निरन्तर बजेट आए पनि कुनै काम भएको छैन, रकम फ्रिज हुने गरेको छ ।
 
जनकपुरधाम उपमहानगरपालिकाले पनि अधुरो छात्राबासमा निर्माणका लागि सिफारिस गरेर पठाएको हुनाले योजना छनोट गरिएको इन्जिनीयर झाले बताए । तर साविकको उपभोक्ता समितिले ‘साइट क्लियर’ गरेर नदिएको हुनाले मापनसहित लगत इस्टिमेटको काम नै अगाडि नबढेको कारण कुनै काम हुन नसकेको उनले बताए ।

Vianet communication

‘साविकमा जिविसले काम गराएका पिल्लरहरूमाथि ठूल्ठूला झारहरू उम्रिएका छन्, झारहरू हटाउने कामका लागि साविकको उपभोक्ता समितिलाई पटक–पटक भने पनि हटाएनन्,’ इन्जिनीयर झाले भने, ‘त्यसकारण मापनको काम नै भएन र निर्माणको काम अगाडि बढ्न सकेन ।’

साविकमा उपभोक्ता समितिले गरेको काममा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्दा परेको हुँदा पनि कसरी काम अगाडि बढाउने भन्ने अन्योलका कारण काम हुन नसकेको कार्यालयका कार्यालय प्रमुख विनोदकुमार यादवले बताए । ‘शुरूमा साइटको अधुरो काममा मुद्दा परेको छ भन्ने कुरा हामीलाई थाहा थिएन,’ यादवले भने, ‘जनकपुरधाम उपमहानगरले पनि योजना छनोटसहित मन्त्रालयमा सिफारिस पठाएका कारण मन्त्रीज्यूले पनि शिलान्यास गर्नुभएको थियो ।’ पछि मात्र समस्याहरूबारे थाहा भएका कारण निर्माण काम अगाडि बढ्न नसकेको उनले बताए । 

उपमहानगरले चालू आर्थिक वर्षमा काम गर्न साविकको स्थानबाहेक नयाँ ठाउँ सिफारिस गरेर पठाएकाले अब केही दिनमै नयाँ स्थानमा दलित छात्राबास निर्माण गर्नका लागि टेन्डर आह्वान गरिने र निर्माणको काम शुरू हुने यादवले बताए ।

जितेन्द्र सोनल

साविकमा जिविसद्वारा गराइएको काममा भ्रष्टाचार   

तत्कालीन जिल्ला विकास समिति धनुषाले दलित वर्ग उत्थान जिल्ला समन्वय समिति नामक एक गैरसरकारी संस्थाका उपाध्यक्ष रूपनारायण साफीको अध्यक्षतामा बनाइएको उपभोक्ता समितिसँग सम्झौता गरेको थियो । २०६७ वैशाख ९ गते दिन साफीको अध्यक्षतामा ११ सदस्यीय दलित छात्राबास निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । समिति गठन भएको १० वर्ष पूरा भइसक्दा पनि दलित छात्राबासको भवन बन्न सकेन ।
 
समितिको सचिवमा रामशंकर पासवान, कोषाध्यक्षमा कमेरदेवी रबिदास तथा सदस्यमा क्रमशः किरणकुमार पासवान, राजकिशोर महरा, वैद्यनाथ दास, सर्गुन पासवान, जोली देवी, बिल्टु पासवान, रामविलास धनिकार रहेका थिए । सदस्य सचिवको रूपमा राजेशकुमार ढकाललाई चयन गरिएको थियो ।

दलित छात्राबास निर्माण कार्यको मूल्यांकन र अनुगमनका लागि दलित नेता रामवरण पासवानको अध्यक्षतामा अर्को छुट्टै समिति गठन गरिएको थियो । समितिमा रामउदित राम, कृष्णा पासवान, शिवेश्वर साफी, शुभनारायण महरा, रामपुकार साफी, रामउदगार महरा, चैता सदा, सुनिता दास, चमेली दास, भरोसी महरा, सोभित महरा र पाण्डव मल्लिक गरी १५ जना थिए ।

जिल्ला विकास समिति धनुषाको मातहतमा सञ्चालन गरिएको स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम (एलजीसीडीपी) अन्तर्गत दलित छात्राबास निर्माण गर्न जिविसले उपभोक्ता समितिसँग सम्झौता गरेको थियो । तर समितिले पेश्की रकम लिए पनि पेश्की रकम अनुसार काम नगरेको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियारले साविकको जिविसलाई पत्र पठाएको थियो । त्यसपछि जिविसले पनि पेश्की स्वरूप भुक्तानी पाएको रकमभन्दा कम काम गरेको भनेर जबाफ पठाएको थियो । 

पेश्कीस्वरूप भुक्तानी लिएको २० लाख ८ हजार ३०० मध्ये ११ लाख ९६ हजार ५५१ रुपैयाँको मात्र काम गरी प्राविधिक मूल्यांकन पेश भएको, बाँकी समितिमाथि जिम्मामा रहेको ८ लाख ११ हजार ८१८ रुपैयाँ बराबरको काम गर्नुपर्ने हो वा नगदै दाखिला गरी पेश्की फर्छ्यौट गर्नुपर्नेमा सो नगरेको भनेर जिविसले अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगलाई जवाफ पठाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर १८, २०८०

प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...

फागुन ४, २०८०

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x