×

NMB BANK
NIC ASIA

सुत्नुअघि नातिनीको गीत सुन्न छुटाउँदैनन् प्रचण्ड, सोध्छन् – कति भ्यू भयो ?

कात्तिक १४, २०७७

NTC
Premier Steels

परिवारका सबैजसो सदस्य राजनीतिक क्षेत्रमा क्रियाशील भइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहाल संगीत क्षेत्रमा लागिरहेकी छन् ।

Muktinath Bank

पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष प्रचण्डकी नातिनी स्मिताले छोटो समयमै संगीत उद्योगमा निकै फड्को मारेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्मिताको लोभलाग्दो क्रेज देखेर परिवारका सबै सदस्य अचम्मित छन् । ‘मेरा गीत सुनेर सबै मख्ख छन्, खुशी हुन्छन्,’ स्मिताले भनिन्, ‘मलाई सबैले हौसला दिन्छन् ।’


Advertisment
Nabil box
Kumari

पछिल्लो समय गायन क्षेत्रमा चम्किएका थोरै कलाकारमध्ये पर्छिन् स्मिता । एकपछि अर्को गीत बजारमा ल्याइरहेकी स्मिताले अब यसै क्षेत्रमा भविष्य स्थापित गर्ने निर्णय गरेकी छन् । 

Vianet communication

पारिवारिक पृष्ठभूमि राजनीति भए पनि स्मितालाई कहिल्यै राजनीतिमा ‘करिअर’ बनाउने सोच आएन । बिहान उठेर देशको राजनीति क्षेत्रबारे चासो राख्ने, सरकारको कामबारे सोधपुछ गर्ने, विभिन्न मिटिङमा व्यस्त हुने उनका परिवारका अन्य सदस्य जस्तो उनको दिनचर्या छैन । स्मिताको दिनचर्यामा बिहानदेखि साँझसम्म संगीत छुट्दैन । राजनीतिमा धेरै व्यस्त रहने उनका हजुरबुवा प्रचण्डले स्मिताको दिनचर्याबारे चासो राख्छन् ।

हालै लोकान्तरसँगको कुराकानीमा स्मिताले आफ्ना हजुरबुवाबारे एउटा अचम्मको रहस्य खोलेकी छन् । ‘हरेक हजुरबुवाले आफ्ना नातिनातिनीलाई माया गर्छन् तर मेरो हजुरबुवाले अति माया गर्नुहुन्छ,’ स्मिता भन्छिन्, ‘अब कस्ता खालका गीत ल्याउँदैछौं । दर्शकले कस्तो खालका गीतको अपेक्षा गरेका छन् । कहाँ जाँदैछौं । के गर्दैछौं । जस्ता हरेक कुराको चासो राखिरहनुहुन्छ ।’ 

हजुरबुबाले भ्याएसम्म आफ्नो संगीत क्षेत्रबारे सधैजसो चासो राख्ने गरेको उनले बताइन् । ‘मेरा अहिलेसम्मका सबै गीत उहाँले सुन्नुभएको छ । साँझ खाना खाने बेलामा राजनीतिभन्दा धेरै मेरै गीतबारे घरमा कुराकानी हुन्छ,’ उनी थप्छिन्, ‘कहिलेकाहीँ एकदमै व्यस्त भए फरक कुरा हो, नत्र हजुरबुवा मेरो गीत सुन्दै राति निदाउनुहुन्छ ।’ 

आफ्ना गीतका भिडियोमा कति भ्युज आएका छन्, कति शेयर भएका छन् जस्ता स–साना कुरामा समेत चासो राख्ने गरेका स्मिताले बताइन् । 

त्यसो भए प्रचण्डले स्मिताको सबैभन्दा मन पराउने गीत कुन हो त ? उनले भनिन्, ‘नयाँ गीत आएपछि त्यो सुनिहाल्नुहुन्छ । तर मैले महसूस गरेअनुसार ‘बिगार्दैन कसैको केही’ अन्य गीतको तुलनामा धेरै मन पराएको गीत हो ।’ यो गीत स्मिता १४ वर्षको हुँदा बजारमा आएको हो, जसको भिडियो भने निर्माण भएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x