पुस १८, २०८०
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
कात्तिक २३, २०७७
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्न २०७५ जेठ ३ गते राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै पार्टीका अध्यक्षले कार्यकर्तालाई हौस्याउन किस्सा र टुक्का सुनाएका थिए ।
केपी शर्मा ओलीले प्रयोग गरेको विम्ब अहिले पनि राष्ट्रिय राजनीतिमा चर्चाको विषय बनिरहन्छ– नेकपा जेट । एउटा पार्टीमा दुई अध्यक्षको अनौठो शैलीलाई कतिपयले व्यंग्य गरेपछि ओलीले भनेका थिए– ‘टेम्पु हो र ? जहाज उडाउन दुई पाइलट चाहिन्छ नि !’
पुष्पकमल दाहाल प्रचण्डले चाहिँ विज्ञानको फर्मुलाको उदाहरण दिँदै सोही दिनबाटै नेकपा अन्तरघुलन भएको दाबी गर्दैै भनेका थिए– ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेपछि त्यसबाट एक अर्कालाई अलग गर्न सकिँदैन ।’
त्यति नै बेला पूर्व माओवादी पृष्ठभूमिका एक नेताले एमाले र माओवादीलाई जोड्ने कसी गोबर भएको र यसले दुई धातुलाई लामो समय जोडिराख्न सक्ने टिप्पणी गरेका थिए ।
पार्टी एकीकरणको अढाइ वर्षमा दुवै जना एक अर्काका लागि ‘घाँडो’ बनिरहेका छन् । जहाजका क्याप्टेनलाई ‘को पाइलट’ले जहाज अर्कैतिर मोड्न खोज्ने आशंका देखिन्छ । ककपिटमा बसेका पाइलटको झगडाका कारण नेकपा नामक जेट टर्बुलेन्समा परेको छ ।
४८ घण्टे अल्टिमेटमको अन्तर्य
अढाइ वर्षअघि समान हैसियतमा पार्टी एकता घोषणा गरेका ओली–प्रचण्ड सम्बन्ध अहिले तिक्ततापूर्ण बिन्दुमा पुगेको छ । तिक्तता यतिसम्म कि सचिवालय सदस्यकै अगाडि ओली प्रचण्डले एक अर्कालाई धोकेबाजको संज्ञा दिन थालेका छन् । ओलीले आफू प्रथम अध्यक्ष र प्रचण्डलाई द्वितीय अध्यक्षको रूपमा चित्रण गरेका छन् ।
गत मंसिर ४ गते सम्पन्न सचिवालय बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय गरेको थियो । तर उनले आजपर्यन्त कार्यकारीको ‘फिलिङ’ गर्न नपाएको गुनासो गर्दै आइरहेका छन् । कार्यकारी अध्यक्षको हैसियत बैठक बोलाउन ज्ञापनपत्र लिएर अर्का अध्यक्षलाई भेट्न बालुवाटार जानुपर्ने अवस्था आउँदा पूर्व माओवादीका कार्यकर्ता अत्यन्त निराश देखिएका छन् ।
ओलीले पार्टी एकताको समयमा जे भनिएको भएपनि नेकपाको लाइन जनताको बहुदलीय जनवाद (जबज) नै हो भन्ने खालको भनाइ अहिले सार्वजनिक गरेका छन् ।
‘प्रचण्डले माओवादी पार्टी एमालेमा विलय गराएको गोपाल किरातीहरूको आरोप अहिले आएर पुष्टि हुँदैछ,’ पूर्व माओवादी खेमाका नेकपा केन्द्रीय सदस्यले गुनासो सुनाए ।
ओली र प्रचण्डको स्वार्थ मिल्दा तत्कालीन दुई कम्युनिष्ट पार्टीको एकता सम्भव भएको थियो । कयौं विमतिका बावजुद कम्युनिस्ट पार्टीको एकता गर्ने कुरामा दुवै पार्टीका नेताले विरोध जनाउन सकेनन् । पर्याप्त गृहकार्यविना गरिएको एकताले संकट निम्त्याउने कतिपय नेताले त्यतिबेला नै आशंका गरेका थिए । अहिले बैठक राख्नका लागि ४८ घण्टे अल्टिमेटम दिनुपर्ने अवस्थाको सिर्जना भएको छ ।
शनिवार दिएको ४८ घण्टाको आधा समय घर्किएको छ । अबको २४ घण्टापछि नेकपामा के हुन्छ भनेर अहिल्यै पूर्वानुमान गर्न गाह्रो छ । ओली–प्रचण्ड दुवै समूह ब्याक नहुने अवस्थामा पुगेको विश्लेषण दोस्रो तहका नेताले गरिरहेका छन् । आफ्नो सहमति बेगर कुनै बैठक बोलाए त्यो पार्टी विभाजनको बिन्दु हुने भनेर ओलीले प्रचण्डलाई चेतावनी दिइसकेका छन् ।
यो अवस्थामा प्रचण्ड समूह हतारमा बैठक बोलाइहाल्न हच्किने सम्भावना छ । र, प्रचण्डले बैठक बोलाइहाले स्वयं पूर्व माओवादीका नेताहरू उपस्थित हुनेमा सन्देह छ ।
फुट्नलाई छैन कुनै महाकाली सन्धि !
कहिले काहीँ नेकपाभित्रको विवाद यति उत्कर्षमा पुगेको देखिन्छ कि–अब ओली–प्रचण्ड मिल्न सक्दैनन्, नेकपा विभाजन हुन्छ । तल्लो तहका कार्यकर्ताबीच आरोप–प्रत्यारोप शुरू भइहाल्छ । बाहिर जतिसुकै चर्का कुरा गरेपनि नेकपा विभाजन गर्ने र अलग पार्टी बनाउने ताकत र शौर्य नेकपाको नेतृत्वमा रहेका कुनै पनि नेतामा छैन् ।
यदाकदा प्रचण्ड स्वयंले पनि पुनः माओवादी जन्मिने घुर्की नलगाएका होइनन् । पार्टीभित्र आफूलाई कर्नरमा पार्न खोजिएपछि २०७५ माघ २५ गते रुकुम पश्चिमका कार्यकर्तालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भनेका थिए– ‘बिस्तारैबिस्तारै अब माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ । अर्को माओवादी जन्मिन्छ र झन ठूलो लडाईं हुनसक्छ ।’
यो नेकपामा कर्नरमा पर्दाको प्रचण्ड आक्रोश थियो ।
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको समयमा गत साउन ९ गते पुष्पलालको स्मृति कार्यक्रममा प्रचण्डले भनेका थिए– ‘सच्चा कम्युनिस्ट पार्टीको नेताले लिने एकता, संघर्ष र रूपान्तरण हो । त्यसका आधारमा नयाँ एकता गर्ने हो । यसो नहुँदा कम्युनिस्ट आन्दोलनमा फूट आएको छ, विश्वले धेरै देखेको छ, आदर्शवादी भ्रममा हुनुपर्ने देखेको छैन ।’
आफू कर्नरमा पर्दा र कार्यकर्ताको आत्मबल बढाउन प्रचण्डले यस्ता भाषण गरेपनि उनी पार्टी विभाजनका लागि तयार छैनन् । उनलाई बुझेकाहरूका अनुसार पार्टी विभाजनको ठूलो चोट उनले नै व्यहोरेका छन् । २०६४ को चुनावमा कांग्रेस र एमाले जोड्दा पनि नभेटाउने हैसियतको माओवादी विभाजनका कारण २०७० सालको चुनावमा आइपुग्दा उसको हैसियत तेस्रोमा खुम्चिएको थियो ।
पार्टीको पछिल्लो विवादबारे दोस्रो तहका र सूचना राख्ने नेताहरूसँग सम्पर्क गर्दा र कुरो बुझ्दा दुवै पक्ष विभाजनको मूडमा छैन । एकले अर्कोलाई विभाजनकारी र फूटपरस्तको आरोप लगाएपनि कम्युनिस्ट पार्टी विभाजन गरेको अपजस लिन कोही तयार छैनन् । अहिले समस्याको रूपमा चित्रित गरिएका प्रधानमन्त्री ओली स्वयं पनि पार्टी एकता भंग होस्, प्रचण्डहरू बाटो लागुन् भन्ने पक्षमा छैनन् ।
‘विभाजन हुँदा त पूर्व एमाले र माओवादी भन्ने कित्ता छुट्टिँदैन, तर ढुक्क हुनुस् पार्टी विभाजनबाहेक नेकपामा सबथोक हुन्छ,’ नेकपाका अर्का एक केन्द्रीय सदस्यले भने ।
विभाजनका कारण विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक बनेको समयमा नेपालमा कम्युनिस्ट पार्टीले सुविधाजनक सरकार चलाएर विश्वलाई सन्देश दिइरहेको छ । यो हाइटको नेकपा विभाजन गरेको अपजश व्यहोरेर कोही ‘भिलेन’ बन्न तयार छैनन् । नेपालमा कम्युनिस्ट पार्टीको बलियो सरकार भएकै कारण चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेका थिए ।
लामो समय एकल नेतृत्वमा रहेको र सरकार गठन विघटनका ‘किङमेकर’ प्रचण्ड अहिले राजनीतिक इतिहासमा कमजोर खेलाडी बनेका छन् । उनी नेकपाभित्र अपमानित र भूमिकाविहीन बन्न पुगे जस्तो देखिँदैछ । यदाकदा नेकपाभित्र ‘पूर्व एमाले’ एकठाउँमा उभिने कुराले उनलाई चस्का पसेको देखिन्छ । परिबन्धले प्रचण्डलाई यस्तो ठाउँमा पुर्याइदिएको छ कि उनी चाहेर पनि नेकपाबाट बाहिरिन सक्दैनन् ।
जतिजति बेला प्रचण्ड कर्नरमा पर्छन्, जनयुद्ध लडेको तप्काले वैद्यदेखि विप्लवसम्म एक ठाउँमा हुने परिकल्पना गर्छन् । असम्भव नभएपनि त्यो सहमति फलामको च्युरा जस्तै बनेको छ । प्रचण्डले ‘नक्कल गरेर प्रचण्ड नबनिने’ भन्दै विप्लवलाई नेकपामा आउन आग्रह गर्दै आएका छन् । अहिले केपी ओली कित्तामा गएका नेताहरू भन्न थालेका छन्– ‘हिजो प्रचण्डले भन्नु भएको होइन माओवादी पार्टी विघटन भएर नेकपा बनेको हो ? अहिले फेरि नयाँ पार्टी कसरी बन्न सक्छ ?’
कम्युनिस्ट पार्टीको विभाजनका लागि बहाना चाहिन्छ । अहिले ओली पक्ष र प्रचण्डपक्षबीच देखिएका मतभेद कुनै सैद्धान्तिक मतभेद होइनन् । नेकपा सांसद गोकुल बाँस्कोटाको भनाइलाई मान्ने हो भने अहिलेको विवाद व्यापारिक लेनदेन जस्तो हो, कुनै सम्झौतामा टुंगिन्छ । बाहिर भनिएजस्तै तीन मन्त्रीको नियुक्ति, तीन राजदूतको सिफारिश जस्ता विषयले नै ।
ओली–प्रचण्ड अहिले देखिएको भनिएका विषय तपसिलका कुरा हुन् । नेकपाभित्र अहिले देखिएको ज्वरोको कुनै सैद्धान्तिक विषय छैन । केही राजदूत नियुक्ति र मन्त्री नियुक्तिका कारण शुरू भएको विवादमा स्वयं प्रचण्ड, माधव नेपाल समूहका नेताहरू पनि भिड्ने मनस्थितिमा देखिएका छैनन् ।
अन्य साना पार्टीको विभाजन पद प्रतिष्ठाकै कारण भएपनि अहिलेसम्म नेपालका दुई ठूला पार्टी एमाले र माओवादी एजेण्डाका कारण फुटेका थिए । तत्कालीन एमाले फूटको कारण जगजाहेर थियो– महाकाली सन्धि र माओवादी फूटको कारण थियो सैद्धान्तिक विवाद । तर अहिले नेकपा विभाजनका लागि ‘महाकाली सन्धि’ जस्तो कुनै ठोस बहाना छैन ।
नेकपाभित्रको विवादका कारण अन्य पार्टीका कार्यकर्ता र राजनीतिमा चासो राख्नेहरू तरंगित बन्दा पनि स्वयं नेकपाका नेताहरू ‘कुल’ छन् । ‘विवाद यस्तो बिन्दुमा पुगेको छ, त्यहाँ केही न केही लेनदेन गर्नुपर्छ । फेरि कम्परमाइज गरेर निकास भेटिन्छ,’ स्थायी कमिटी सदस्य गणेश साह भन्छन् ।
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...