अमेरिकाको पेन्सिल्भेनियामा कारावास सजाय काटेर निस्किएका एक व्यक्तिले कारागारकै पार्किङलटबाट कार चोरेका छन् ।
वेस्टमोरल्यान्ड काउन्टी कारागार अधिकारीहरूले ३६ वर्षीय टमस ली विलियम्स जेलबाट मंगलवार बेलुका निस्कनेबित्तिकै एक महिलालाई आक्रमण गरेर उनको कार चोर्न सफल भए । महिलाका एक वर्षीय नाति पछाडिको सीटमा हुँदाहुँदै उनले कार चोरे ।
विलियम्सले हाँकेको कार १५ मिनेटपछि दुर्घटनाग्रस्त भयो र उनी जंगलतर्फ पैदलै भागे । जंगलमा उनलाई पक्राउ गरियो ।
फिलाडेल्फियाका विलियम्सलाई बुधवार फेरि हिरासतमा लिइयो र दुई लाख ५० हजारको बेल निर्धारण गरियो ।
नाति र हजुरआमालाई उपचारका लागि अस्पताल लगियो ।
विलियम्सले सन् २०१७ मा लागूऔषध कारोबार गरेकोमा दोष स्वीका गरेका थिए । उनलाई कारावासबाट मंगलवार रिहा गरिएको थियो ।
विलियम्सको अपराधका बारेमा बोल्ने कुनै पनि वकिल उपलब्ध भएनन् ।
एजेन्सी
लोकान्तर संवाददाता