×

NMB BANK
NIC ASIA

कानुनमा कडाइ : बलात्कारमा मिलापत्र दण्डनीय

मंसिर ८, २०७७

NTC
Premier Steels

काठमाडौं : बलात्कारका घटनामा मिलापत्र गराउने व्यक्ति पनि अब कानुनी रूपमा सजायको भागीदार हुने भएका छन्। जनप्रतिनिधि तथा पञ्चायती बसेर बलात्कार घटनामा मिलापत्र गराएको भन्दै विरोध भइरहेका बेला सरकारले कडा सजायसहितको नयाँ कानुनी व्यवस्था गर्न लागेको हो।

Muktinath Bank

मन्त्रिपरिषद्ले आइतबार केही नेपाल ऐन संशोधन अध्यादेशमार्फत मुलुकी अपराध संहिता, मुलुकी अपराध कार्यविधि र ज्येष्ठ नागरिक ऐनमा रहेका बलात्कारसम्बन्धी व्यवस्था संशोधन गर्दै अध्यादेश ल्याएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘मन्त्रिपरिषद्बाट पारित भई राष्ट्रपतिसमक्ष पठाइँदै छ। प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ’, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङफेले अन्नपूर्णसँग भनिन्।


Advertisment
Nabil box
Kumari

अब महिलाबाट पुरुष र तेस्रोलिंगीमाथि बलात्कार भए पनि सजायका लागि बाटो खुल्नेछ। यसअघि ती कानुनमा बलात्कारको परिभाषाभित्र ‘महिला तथा बालिका’ भन्ने शब्द थियो। अब भने यी शब्दको सट्टा ‘व्यक्ति’ राखिएको छ। पुरुषमाथि पनि बलात्कार हुने परिकल्पनासहित यो शब्द राखिएको हो।

Vianet communication

अध्यादेश जारी भएपछि जो–कोहीले मिलापत्र गराएको पाइएमा त्यस्ता व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना ठेकिनेछ। लेनदेनमार्फत घटना मिलाउने व्यक्तिलाई पनि कारबाहीको दायरामा ल्याइएको छ।

मिलापत्र गराउने व्यक्ति जनप्रतिनिधि या सार्वजनिक पद धारण गरेको व्यक्ति भए तीन वर्ष ६ महिना कैद गरिने अध्यादेशको व्यवस्था छ। यसअघि यस्तो व्यवस्था थिएन। 

कसुरदार ज्येष्ठ नागरिक भए कैद मिनाहा गर्ने कानुनी प्रावधानमा पनि संशोधन गरिएको छ। अबदेखि बलात्कारको कसुरमा ज्येष्ठ नागरिकलाई पनि कैद मिनाहा हुनेछैन। अध्यादेशमा १० वर्षमुनि र ७० वर्षमाथिका व्यक्तिलाई बलात्कार भएमा जन्मकैद हुने हालको व्यवस्था भने यथावत् छ।

नयाँ व्यवस्थाले बलात्कारमा मिलापत्र गराउनेदेखि दुरुत्साहन गर्ने र दबाब दिनेसम्मका जो–कोही व्यक्ति पनि सजायको भागिदार हुनेछन्। सप्तरी, मोरङ, बझाङलगायत जिल्लामा बलात्कारपछि मिलापत्र गरेका घटना केही समयअघि उजागर भएका थिए। त्यसैगरी कसैले बलात्कारसम्बन्धी झुटा उजुरी गर्नेलाई पनि सजाय हुने गरी अध्यादेशमा व्यवस्था गरिएको छ।

मुलुकी अपराध संहिता २०७४ अनुसार १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता र ७० वर्षमाथिका महिलालाई बलात्कार गरे जन्मकैद र १४ वर्षभन्दा मुनिका बालबालिकालाई बलात्कार गरे १८ देखि २० कैद सजायको व्यवस्था छ। 

त्यस्तै, १४ माथि र १६ मुनिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्म कैदको व्यवस्था छ। १६ देखि १८ सम्मकालाई बलात्कार गरे १० देखि १२ वर्षसम्म कैदको व्यवस्था छ। त्यस्तै १८ वा त्योभन्दा बढी उमेरकी महिला भए ७ देखि १० वर्षसम्म कैद सजाय छ।

यस्तै, वैवाहिक बलात्कारका घटनामा ५ वर्षसम्म कैदको भागिदार हुने व्यवस्था छ। अध्यादेशले आयन्दा बलात्कार घटनामा उमेर समूहको हकमा पनि केही हेरफेर गरेको छ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बलात्कारका घटनामा मिलापत्र गराउने कार्य अक्षम्य रहेको बताए। जनप्रतिनिधि वा जो–कोही दोषी भए पनि कानुनी दायरामा ल्याउन दसैंअघि सबै जिल्लामा सर्कुलर पठाइएको प्रवक्ता रेग्मीको भनाइ छ।

‘सप्तरी र बझाङमा त मिलापत्र गराउनेमाथि मुद्दा नै चलाइसकिएको छ’, उनले भने, ‘महिलाबाट पुरुष र तेस्रोलिंगीमाथि बलात्कार भएमा पनि सजायको नयाँ व्यवस्था कायम गरिएको छ। महिलाको ठाउँमा जुनसुकै व्यक्ति बलात्कार भएमा भन्दै परिभाषा फराकिलो पारिएको छ।’ अन्नपूर्ण पोस्टमा यम विरहीले खबर लेखेका छौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x