गण्डकी प्रदेश अपडेटः कति संक्रमित थपिए, कति निको भए ?

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १२९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने १६७ जना निको भएका छन् ।

पछिल्लो एक हप्ताको तथ्याङ्कले थपिने सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या बढेको देखाएको छ । प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार १९० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए ।
प्रदेशमा हालसम्म निको हुनेको सङ्ख्या छ हजार ३९८ छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ६५१ पुगेका छन् ।


Advertisement

प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्