×

NMB BANK
NIC ASIA

उद्घाटनको दुई वर्षपछि बिजुली बस

मंसिर ११, २०७७

NTC
तस्वीर सौजन्य : कान्तिपुर दैनिक
Premier Steels

बुद्ध जन्मस्थलमा प्रदूषण कम गर्न र यहाँ भ्रमणका लागि आएका पाहुना ओसार्न दुई वर्षअघि विद्युतीय बस सञ्चालनको तयारी थियो । यस्ता बस सञ्चालनपछि लुम्बिनी क्षेत्रमा प्रदूषण नियन्त्रण हुने लुम्बिनी विकास कोषले जनाएको थियो ।

Muktinath Bank

त्यसबेला बस त भित्रियो तर तिनलाई काठमाडौं पुर्‍याइयो । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको दुई वर्षपछि बिजुली बस लुम्बिनीमा भित्रिएका छन् । विश्व सम्पदा स्थल लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न एसियाली विकास बैंकको क्लिन इनर्जी प्रोजेक्टअन्तर्गत अनुदानमा बस भित्रिएका हुन् । कोलकाताबाट लरीमा तीनवटा ठूला बस मंगलबार यहाँ आइपुगेका थिए । बुधबार लरीबाट अनलोड गरेर बसलाई विद्युतीय चार्जिङ स्टेसनको पार्किङ स्थलमा राखिएको छ । दुई ठूला बस र १४ वटा भ्यान पनि एक/दुई दिनमा आइपुग्ने लुम्बिनी विकास कोषले जनाएको छ । अहिले ती बस र भ्यानको वीरगन्जस्थित भन्सार कार्यालयमा क्लियरिङको काम भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘लुम्बिनीका लागि भनेर ल्याइएका बस अपहरण शैलीमा काठमाडौं पुर्‍याएको बस फेरि यहाँ आउला जस्तो लागेको थिएन,’ लुम्बिनी होटल संघका महासचिव लीलामणि शर्माले भने, ‘बस ल्याइयो, खुसी लागेको छ ।’ लुम्बिनीलाई प्रदूषणरहित बनाउन बिजुली बस सञ्चालनको योजना बनाइएको हो । लुम्बिनी विकास कोषका योजना प्रबन्धक सरोज भट्टराईले भने, ‘यहाँ प्रदूषण कम गर्ने योजनामा काम गर्न नसक्दा पर्यटकमाझ राम्रो सन्देश जान सकेको थिएन ।’ त्यही भएर पर्यटकलाई लुम्बिनीका बारेमा सकारात्मक सन्देशसँगै सुविधा दिन विद्युतीय बस भित्र्याइएको उनले बताए । दुई वर्षअघि लुम्बिनीमा सञ्चालन गर्नका लागि आएका बिजुली बस प्रधानमन्त्री कार्यालयको निर्देशनमा भैरहवा भन्सार कार्यालयबाट जबर्जस्ती काठमाडौं लगिएको थियो । ती बस काठमाडौं लगेर प्रधानमन्त्री ओलीले २०७५ कात्तिक ६ मा उद्घाटन गरेका थिए । उनी ललितपुरको पुल्चोकबाट त्यही बसमा चढेर सिंहदरबार पुगेका थिए ।


Advertisment
Nabil box
Kumari

साझा यातायातले सञ्चालन गर्ने तयारी गरेर ती बस लगिएको थियो । बस काठमाडौं लगिएपछि यहाँ विरोध भएको थियो । त्यसरी लगिएका बसमा संघीय पर्यटन मन्त्रालयले विभिन्न १७ वटा कैफियत देखाएपछि ठेक्का बदर गर्ने निर्णय गरेको थियो । त्यसपछि बसको ठेक्का पाएको वीवाईडी कम्पनीले अर्को बस दिने सहमति गरेको थियो । अहिले चीनबाट आयात गरेर यहाँ बस पठाएको हो । ठूलो एउटा बसको मूल्य साढे २ करोड छ । ठूलो बसमा १९ सिट छ । उभिँदा ३५ जनासम्म अटाउँछन् । सानो भ्यान ५ सिटे हो । पूर्ण वातानुकूलित बस अपांगता भएकाहरूका लागि पनि सुविधाजनक छ । बसबाट एउटा लिफ्ट निस्केर अपांगता भएकालाई रिक्सामा भित्र लगेर राख्ने सुविधा छ ।

Vianet communication

स्वचालित ढोका छन् । आपत्कालीन ठूलठूला झ्याल छन् । बस ल्याइनु यो क्षेत्रका लागि सुखद् रहेको लुम्बिनी होटल संघका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए । विद्युतीय बस लुम्बिनीमा आएपछि यहाँका पर्यटन व्यवसायी खुसी छन् ।
अहिले १३ करोड रुपैयाँ लगानीमा बस तथा जिप (भ्यान) यहाँ आउँदै छन् । लुम्बिनीलाई केन्द्र बनाएर बस चलाउन कार्यविधि बनाइने कोषका सदस्य राजेश ज्ञवालीले बताए । ‘ग्रेटर बुद्ध सर्किट बुद्धस्थल देवदह, रामग्राम, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी र तिलौराकोटलाई समेटेर बस, भ्यान सञ्चालन हुनेछ,’ उनले भने । त्यस्तै लुम्बिनीबाट पोखरा, सौराहा र काठमाडौंसम्म पनि बस सञ्चालनको योजना बनाइएको उनले बताए ।

विद्युतीय सवारी ल्याउने योजनापछि नै यहाँ बस र भ्यानका लागि चार्जिङ स्टेसन पनि बनाइएको छ । पूर्वाधार तयार भइसकेका स्टेसनमा कनेक्सन जोड्न मात्र बाँकी रहेको जापानको इसाका इलेक्ट्रिक कम्पनीका नेपाली साझेदार चिरञ्जीवी थापाले बताए । १३ करोड लागतमा पावर स्टेसन बनेको हो । पावर हाउसबाट १ सय ५४ किलोवाट विद्युत् उत्पादन हुन्छ । यहाँ ३३ वटा गाडी चार्जर स्ट्यान्ड राखिएको छ ।

यिनमा तीनवटा क्विक चार्जर छन् । ८० किलोवाट क्षमताको ब्याट्री हुने एउटा बस र ४० किलोवाट क्षमताका २ वटा मिनीबस एकैपटक क्विक चार्ज गर्न सकिने जानकारी थापाले दिए । ‘क्विक चार्जबाट फुल चार्ज हुन आधी घण्टा समय लाग्छ । बाँकी ३० वटा सामान्य चार्जर छन्,’ उनले भने, ‘यसबाट एक घण्टामा फुल चार्ज हुन्छ । ३० वटा भ्यान र कारका लागि हो । स्टेसनबाट एकैपटकमा १३ सवारीसाधन चार्ज गर्न सकिन्छ ।’ त्यही ७५ इलेक्ट्रिक रिक्सा (टुकटुक) चार्ज हुने प्वाइन्ट पनि राखिने छ । तीन वर्षभित्र लुम्बिनीमा पेट्रोलियम पदार्थले चल्ने सवारीसाधन विस्थापित गर्ने योजनाअनुसार चार्जिङ स्टेसन बनाइएको हो । कान्तिपुर दैनिकमा मनोज पौडेलले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x