लोभलालचमा नपरी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कसैको लोभलालचमा नपरी काम गर्न भन्सार र राजश्वका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले राष्ट्रहित सम्झेर काम गरेमा राम्रो परिणाम आउने पनि बताए ।

भैरहवा भन्सार कार्यालयको निरीक्षणपछि आज साँझ भन्सार र आन्तरिक राजश्वका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, “यो बेला भनेको सबैले राज्यलाई सहयोग गर्ने बेला हो, यसमा कर्मचारीको विशेष भूमिका हुन्छ । त्यसैले तपाईंहरुले दृढताकासाथ सुशासन र पारदर्शितालाई ध्यानमा राखेर काम गर्नुहोस् ।”


Advertisement

अर्थमन्त्री पौडेलले कोरोना भाइरसका कारण राज्यलाई स्रोत जुटाउन र परिचालनमा समस्या भएको बताउँदै राजश्व चुहावटलाई नियन्त्रण गरी राज्यलाई काँध थाप्न कर्मचारीलाई आग्रहसमेत गरे ।

मन्त्री पौडेलले राजश्व अभिवृद्धिमा कर्मचारी प्रशासनको महत्वपूर्ण भूमिका हुने भएकाले सबल अर्थतन्त्र निर्माणका लागि सबै कर्मचारी एकजुट भएर काम गर्नुपर्ने बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्