×

NMB BANK
NIC ASIA

विकास र पूर्वाधारका दृष्टिले रुपन्देही देशकै केन्द्र बन्दैछ : अर्थमन्त्री पौडेल

मंसिर १५, २०७७

NTC
Premier Steels

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेको रुपन्देहीमा यो जस्तै अन्य ठूला आयोजना पनि धमाधम निर्माण भइरहेका छन् । निर्माणको गति जारी रहँदा एकपछि अर्का ठूला आयोजना थपिने क्रम पनि जारी छ ।

Muktinath Bank

पछिल्लो पटक, यो साता सुुरु भएका महत्वाकाङ्क्षी ठूला आयोजना हुन्–तिनाउ दानव करिडोर र झुम्सा खानेपानी आयोजना । दुवै आयोजनाको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि रुपन्देहीमा बुटवल बेलहिया छ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र तथा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल, बुटवल–नारायणघाट सडक, भैरहवा–लुम्बिनी–तौलिहवा सडक, बेलबास–बेथरी सडक, बुटवल कृषि उपज केन्द्र, मोतीपुर औद्योगिक क्षेत्रजस्ता अर्बौैं रुपियाँ लगानीका आयोजनाहरू निर्माण भइरहेका छन् । सङ्घीय बजेटका यस्ता आयोजनासँंगै प्रदेश र स्थानीय तहबाट पनि कयौँ विकास निर्माणका योजना सञ्चालनमा छन् ।


Advertisment
Nabil box
Kumari

अर्थमन्त्री पौडेल भन्छन्, “बुटवल–पश्चिम धानखोला सडक, बुटवल–पोखरा सडक विस्तार लगायतका थप आयोजना पनि थपिने छन् । बजेटको प्रबन्ध भइरहेको छ । स्रोतको अभाव हुनेछैन ।” उनको भनाइमा बहुप्रतिक्षित सिद्धबाबा सुरुङ मार्गको काम पनि छिट्टै अगाडि बढ्नेछ । पछिल्लो पटक सुरु भएको तिनाउ दानव करिडोर चार अर्ब १३ करोडमा बन्न लागेको हो । नेपालले अङ्ग्रेज सेनालाई हराएको बुटवलको जितगढी किल्ला नजिक भएर भारतीय सीमा मर्चवार पुग्ने यो करिडोर ५० किलोमिटरको हुनेछ ।

Vianet communication

आयोजनाका अनुसार बुटवल क्षेत्र भएर बग्ने तिनाउ र दानव नदीका दुवैतर्फका किनारै किनारमा करिडोर बन्नेछ । तिनाउ नदीमा ३५ किलोमिटर र दानव नदीमा १५ किलोमिटर गरी दुवैतर्फ दुई लेनको सडक निर्माण हुनेछ । त्यसका लागि पहिलो चरणमा तिनाउ नदीको साढे आठ र दानव नदीको साढे तीन किलोमिटरका लागि ठेक्का सम्झौता भइसकेको छ ।

सम्झौता अनुसार तिनाउ खण्डको ३६ महिना र दानव खण्डको २७ महिनामा सडक निर्माण सक्नुपर्नेछ । पहिलो चरणमा तिनाउतर्फको बुटवल नयाँ बसपार्कदेखि तिलोत्तमाको मगरघाटसम्म र दानवतर्फ बेलबास झोलुङ्गे पुलदेखि नयांँगाउंँ पुलसम्म करिडोर निर्माण हुनेछ । करिडोरमा आकर्षक विभिन्न अन्य संरचना पनि हुनेछन् ।

झुम्सा खानेपानी आयोजना जनघनत्व बढिरहेको बुटवलमा खानेपानीको दीर्घकालीन समाधानका लागि केन्द्रित छ । लामो समयको प्रतीक्षापछि छ अर्ब ३५ करोड ३५ लाख रुपियाँको यो आयोजना अघि बढेको हो । खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेका अनुसार यो आयोजनाले आगामी १५ वर्षपछिको बुटवलको मागलाई समेत सम्बोधन गर्नेछ ।

अहिले बुटवलमा दैनिक तीन करोड ४० लाख लिटर पानीको माग छ तर दुई करोड ८० लाख लिटर मात्र उत्पादन हुँदै आएको छ । तोकिएको मिति २०७९ सालमा यो आयोजना सम्पन्न भएमा बुटवलमा झुम्साबाट तीन करोड २० लाख लिटर पानी थपिनेछ । त्यतिबेला बुटवलमा करिब छ करोड लिटर पानी उत्पादन तथा वितरण हुनेछ । त्यति बेला बुटवलका सबै वडामा २४ सै घण्टा पानी उपलब्ध हुने खानेपानी संस्थानको दाबी छ ।

खानेपानी संस्थानका महाप्रबन्धक भूपेन्द्र प्रसादले पहिलो चरणमा झुम्सामा बाँध निर्माण गर्ने, ट्रस पुल बनाउने र पाइप बिछ्याएर पानी ल्याइने योजना रहेको बताए । गोरखापत्र दैनिकमा दीपक ज्ञवालीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x