कुकुरसँग खेल्दै गर्दा जो बाइडनको गोडामा चोट

अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले कुकुरसँग खेल्दै गर्दा दाहिने गोडाको हाड भाँचिएको आइतवार स्क्यान गर्दा पत्ता लागेको छ । उनले कैयौं हप्तासम्म बूट लगाएर हिँड्नुपर्ने हुनसक्ने उनका चिकित्सकले बताएका छन् । 
 

बाइडनलाई उक्त चोट शनिवार लागेको र उनी आइतवार डेलावेयरको न्युआर्कमा रहेका एक हाडजोर्नी विशेषज्ञलाई देखाउन गएका हुन् । 


Advertisement

आरम्भिक एक्सरेमा स्पष्टसँग फ्य्राक्चर देखिएन,’ उनका चिकित्सक केभिन ओ कोनरले बयान जारी गरेर बताए । तर स्वास्थ्य कर्मचारीहरूले थप सीटी स्क्यान गर्न आदेश दिए । त्यो स्क्यान हेर्दा दाहिने गोडाको बीचमा

दुईवटा साना हाडमा फ्य्राक्चर भएको पाइयो, ओ कोनरले बताए । 


Advertisement

मानिसहरू बूढो हुँदै जाँदा फ्य्राक्चर हुने सम्भावना बढ्छ तर बाइडनको फ्य्राक्चर सामान्य देखिन्छ । अब जनवरी महिनामा पदको शपथ लिएपछि उनी अमेरिकाको राष्ट्रपति बन्ने सबभन्दा वृद्ध व्यक्ति हुनेछन् । उनले निर्वाचन अभियानको बेलामा आफ्नो उमेरका विषयमा उठेका प्रश्नलाई बेवास्ता गरेका थिए । 
 

बाइडनको हाड मेजर नामक घरपालुवा कुकुरसँग खेल्दै गर्दा भाँचिएको हो । उनीसँग मेजर बाहेक च्याम्प नामक कुकुर पनि छ । ह्वाइट हाउसमा कुकुरका साथै उनले एक बिरालो पनि लाने योजना बनाइरहेका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्