पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
कोरोना महामारीको बेलामा पनि पोखराको आकाशमा प्याराग्लाइडिङको ताँती छ । थलिएको पर्यटन व्यवसाय उकास्ने कोसिस जारी छ ।
आधा छुटले दैनिक ६०० बढी उडान हुने गरेको छ । पर्यटकहरू फेवाताल, माछापुच्छ्रे, हरियो वनजंगल, सुन्दर शहर पोखराको मनमोहक दृश्य आँखाभरि बोकेर फर्किरहेका छन् ।
पर्यटकलाई चीलझैं फनफनी घुमाउने ‘प्याराग्लाइडिङ पाइलट’ एकपछि अर्को जन्मिँदै गएका छन् । तर नेपालमा प्याराग्लाइडिङ भित्र्याउने पहिलो पाइलट को होलान् ? तपाईं–हामी जोकोहीलाई जिज्ञासाको विषय हुनसक्छ ।
उनी हुन्, राजेश बमजन (४३) । नेपालकै पहिलो प्याराग्लाइडिङ पाइलट बमजन लेकसाइडमा सञ्चालित सनराइज प्याराग्लाइडिङका प्रबन्ध निर्देशक हुन् । यतिखेर पोखरामा ६१ प्याराग्लाइडिङ कम्पनी रहेकोमा सनराइज प्याराग्लाइडिङको पायोनियर हो । जो आजभन्दा २१ वर्षअघि सन् १९९९ मा स्थापित भयो ।
‘सन् १९९६ अक्टोबर मध्यतिर हो, जतिखेर म एक्लैले प्याराग्लाइडिङ उडाएँ । हावामा उड्ने कुरा सामान्य थिएन,’ लोकान्तरसँगको कुराकानीमा राजेशले विगत सम्झिए, ‘एड्भेञ्चर भएकाले पनि मनमा उत्साह र डर दुवै भरिएको थियो । सराङ्कोटबाट टेक अफ लिएर फेवाताल किनारमा सफलतापूर्वक ल्यान्ड गरेको हुँ ।’
उनी प्याराग्लाइडिङ क्षेत्रमा लाग्नुको श्रेय बुवालाई दिन्छन् । उनका बुवाको नाम बिरु बमजन हो । बिरुले नेपालमै साहसिक खेल भित्र्याएका हुन् । नुवाकोट त्रिशूलीबाट टे«किङ व्यवसायका लागि उनी पोखरा आएका थिए, सनराइज ट्रेकिङ चलाउन । त्यसबेला पोखरामा १ दर्जन मात्र ट्रेकिङ कम्पनी थिए । टे«किङ जाने अधिकांश विदेशी पर्यटक नै हुन्थे ।
सन् १९९२ तिरको कुरा हो । बिरुका विदेशी साथी थिए इटलीका नाभियो इलियट । इटलीबाट नेपाल घुम्न आउने क्रममा पोखरामा माउन्टेनरिङ तथा प्याराग्लाइडिङ दुवै गर्थे । उनीसँगको संगतमा बिरुलाई पनि प्याराग्लाइडिङतर्फ इच्छा जाग्यो । अनि नेपालमा पनि यसको व्यावसायिक रूपमा प्रवद्र्धन गर्नुपर्छ भन्ने चाहनाअनुरूप लागिपरे ।
पोखरामा त्यसबेलासम्म माउन्टेनरिङ, ट्रेकिङ, र्याफ्टिङ मात्र एड्भेन्चर टुरिज्मका रूपमा चिनिन्थ्यो । आफूले सिक्न चाहेनन्, मात्र प्रवद्र्धनतर्फ लागे । सन् १९९६ मा सनराइज प्याराग्लाइडिङ कम्पनी खोले ।
यता, जेठा छोरा राजेश हुर्किंदै थिए । उनी १८ वर्ष भए । बिरुले उनैलाई अघि सारे । सिकाउन उत्पे्ररित गरे । बेलायती नागरिक एडम हिल पनि टे«किङ तथा प्याराग्लाइडिङका लागि बेलाबखत पोखरा आउने–जाने गर्थे । उनीसँग पनि बिरुको राम्रो चिनचान भयो । प्रिय साथी बने । उनैसँग राजेशले सिक्ने अवसर पाए । बुवाको आग्रह एवं प्रेरणाका कारण उनी उडान भर्न तयार भए र २१ वर्षदेखि पोखराको आकाशमा उडिरहेका छन् । अहिले उनको दिनचर्या झनै व्यस्त छ ।
समयक्रमसँगै बिरु आफ्ना ३ छोरालाई कम्पनीको जिम्मा लगाएर अमेरिका पलायन भएका छन् । उनी त्यता गएको १३ वर्ष बित्यो । बेलाबखत आउँछन् । राजेशसँगै ३४ वर्षीय विनोद र ३० वर्षीय सचिन प्याराग्लाइडिङ पाइलट हुन् । उनीहरू सबैजना यहीँ क्षेत्रमा आवद्ध छन् । २ दिदीबहिनी पुनम र सुष्माको बिहेदान भएको छ । केही समयसम्म पुनमले बेसिक कोर्स गरी सोलो फ्लाइट गर्दै आकाशमा फन्को मारेकी थिइन् तर सुष्माले रुचि देखाइनन् ।
कोरोना महामारीका कारण सरकारको लकडाउन र निषेधाज्ञाले लामो समय ठप्प बन्यो प्याराग्लाइडिङ । असोजदेखि उडान अनुमति दिएपछि बल्ल जुर्मुराउन थालेको छ । प्याराग्लाइडिङ कम्पनीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए) ले उडानमै आधा छुट गरेपछि टाढा–टाढाबाट प्याराग्लाइडिङ उड्न मानिसहरू ओइरिएका छन् ।
तर अघिल्लो हप्ता प्याराग्लाइडिङ दुर्घटनाले नराम्रो ठेस पुग्यो । पोखराका अनुभवी पाइलट राजु गैरे नेपालीले उडानका क्रममा ज्यान गुमाए । यात्रु घाइते भइन् । कोरोना महामारीको बेला भर्खरै जुर्मुराउँदै गरेको यो क्षेत्रलाई सो घटनाले ठूलो धक्का दियो । त्यसकारण नेपाल हवाई खेलकुद संस्था (एनएए) ले प्याराग्लाइडिङको गुणस्तरसँगै सुरक्षाको चेकजाँचलाई कडाइका साथ लागू गर्नुपर्ने राजेशको सुझाव छ । किनकि उनी संस्थाका पूर्व अध्यक्ष पनि हुन् । २ कार्यकालको अनुभव उनीसँग छ । संस्थापक अध्यक्ष उनकै बुवा बिरु बमजन हुन् ।
पोखराको प्याराग्लाइडिङ व्यवसायमा बेथिति पनि जन्मिन थालेकोमा राजेशलाई चिन्ता छ । उनी भन्छन्, ‘सबै चिजको स्ट्यान्डर्ड मेन्टेन हुन सकेन । सहजै पाइलटलाई लाइसेन्स दिने प्रणाली रोकिनुपर्छ । कडाइ गरिनुपर्छ । एउटा ट्याक्सी ड्राइभरलाई लाइसेन्सका लागि जति कठिन छ, त्योभन्दा सहज प्याराग्लाइडिङमा छ ।’
यो एड्भेन्चर टुरिज्म भएकाले निके संवेदनशील पनि रहेको उनी बताउँछन् । भन्छन्, ‘पोखरामा एकताका निकै चर्चित र्याफ्टिङ क्षेत्र अहिले त्यति चर्चामा छैन । पलायन हुँदैछ । त्यसैले सानातिना दुर्घटना र विकृति विसंगति भित्रिँदा प्याराग्लाइडिङ पनि पलायन भएर नजाला भन्न सकिन्न ।’
एउटा प्याराग्लाइडिङमा १ पाइलट र यात्रु मात्र बस्न मिल्छ । उडानका क्रममा प्राविधिक टिप्सबारे पाइलटले यात्रुलाई ब्रिफिङ गर्छन् । नेपालमा विशेषगरी अक्टोबर र नोभेम्बर उडानका लागि उपयुक्त मौसम हो । तैपनि वर्षमा ३४० दिन नै ग्लाइडर उडाउन मिल्ने बताइन्छ । पोखरा विश्वमै प्याराग्लाइडिङ खेलका लागि उत्कृष्ट गन्तव्य बनिरहेको छ । प्याराग्लाइडिङमा रुचि राख्ने खेलप्रेमी विभिन्न देशबाट नेपाल आउने गर्छन् ।
डोरी र ग्लाइडर सहयोगमा आकाशमै विना इन्जिन स्वतन्त्र उड्ने साहसिक खेल प्याराग्लाइडिङ पोखराबाट शुरू भएर नेपालका प्रमुख केही हिमाली र पहाडी जिल्लामा विस्तार हुँदैछ । काठमाडौं, धरान, स्याङ्जा, पाल्पा, पर्वत, बन्दीपुर, सुर्खेत लगायतका स्थानमा प्याराग्लाइडिङ भर्न सकिन्छ । पोखराको तुलनामा अन्य ठाउँको प्याराग्लाइडिङले गति भने लिन सकेको छैन ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...