×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा पुनःस्थापना हुन्छ, राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउँछ– गगन थापा

पुस २४, २०७७

NTC
फाइल फोटो
Premier Steels

नपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभा पुनःस्थापना नै राजनीतिक निकासको प्रस्थानबिन्दु हुने भन्दै पुनःस्थापित संसद्ले असंवैधानिक कदम चाल्ने राष्ट्रपति र प्रधानमन्त्रीलाई घर फर्काउने दाबी गरेका छन् ।

Muktinath Bank

उनले अहिलेको अवस्था सिर्जना हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीमात्र नभएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पनि दोषी रहेको आरोप लगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तरुण दलले शुक्रवार भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले देश ढिलोचाँडो चुनावमा जाने पक्का भएपनि प्रस्थानबिन्दु प्रतिनिधि सभा पुनःस्थापना नै भएको बताए । 


Advertisment
Nabil box
Kumari

‘कांग्रेसले अदालतको निर्णय पर्खेको छैन, प्रधानमन्त्रीले गर्नुभएको संसद् विघटनको निर्णय घोर असंवैधानिक र प्रतिगामी हो । कांग्रेसले बोल्ने यही हो, देउवाले बोल्ने र रामचन्द्र पौडेलले बोल्ने पनि यही हो । सिंगो देशले सर्वोच्च अदालततर्फ हेरिरहेको समयमा श्रीमानहरूले दायाँबायाँ हेर्नु पर्दैन, संविधान पल्टाएर हेरे हुन्छ । मलाइ पूर्ण विश्वास छ, अदालतले प्रतिनिधि सभा पुनःस्थापना गर्छ,’ थापाले भने, ‘प्रतिनिधि सभा पुनःस्थापनापछि संसद्ले राष्ट्रपतिलाई घर पठाउँछ, प्रधानमन्त्रीलाई बालकोट ल्याउने बाटो खोल्दिन्छ ।’ 

Vianet communication

नेता थापाले देश ढिलो चाँडो निर्वाचनमा जाने भएपनि वैशाखमा चुनाव नहुने बताए । ‘ढिलो चाँडो देश जाने निर्वाचनमै हो, जान्छ । निर्वाचनमा जाने बाटो संसद् भएर जाने हो । संविधान अनुसारको चुनाव हो । निर्वाचनको तयारीमा हामी जाने हो,’ उनले भने । 

प्रचण्डहरू आफ्नै कारणले हामी यहाँ छौं भनेर सडकमा बस्नुपर्ने स्थिति आएको थापाको टिप्पणी थियो ।

‘हिजो मैले संसद्मा राष्ट्रपति महारानी होइबक्सन लाग्यो भन्दा कहाँ हुनुहुन्थ्यो तपाईंहरू ? एकजना प्लेन चलाउने पाइलट हुनुहुन्थ्यो । अर्को झ्यालबाट छिरेर राष्ट्रिय सभामा जाँदै हुनुहुन्थ्यो । तपाईंहरूको लालचाले गर्दा राष्ट्रपति र प्रधानमन्त्रीको गिरोहले असंवैधानिक काम गर्‍यो । अहिले सडकमा आएर रुञ्चे जस्तो हामी यहाँ छौं भन्ने ! यो अवस्थाको जिम्मेवार प्रचण्ड–नेपाल पनि हो,’ थापाले भने । 

प्रचण्डलाई चितवनमा चुनाव हार्छु भन्ने डर र ओलीलाई सिंहदरबार छिर्न पाउँदिन भन्ने डरले नेकपा जोडिएको उनले टिप्पणी गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x