×

NMB BANK
NIC ASIA

बैंकबाट थप कर्जा प्राप्त गर्न उद्योग व्यवसायलाई कठिनाइ

पुस २९, २०७७

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ ।

Muktinath Bank

नेपाल राष्ट्र बैंकले ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन’ अनुुसार गत असारमा ४ प्रतिशत मात्र उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेकामा मंसिरमा बढेर करीब ५४ प्रतिशत पुगेकोे छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोभिडका कारण अझै पनि ९.१ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएका छैनन् ।


Advertisment
Nabil box
Kumari

सर्वेक्षण नतिजाअनुसार २०७७ असारको तुलनामा २०७७ मंसिरमा उद्योग व्यवसाय सञ्चालनमा सुधार आएको देखिएको छ । असारको तुलनामा उद्योग व्यवसायको उत्पादन एवं कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा समेत सुधार आएको देखिन्छ । यद्यपि कोभिड–१९ पूर्वको अवस्थामा उद्योग व्यवसाय सञ्चालन हुन भने सकेका छैनन् ।

Vianet communication

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको पनि देखिएको छ । गत जेठ–असारमा गरेको अध्ययनमा औसतमा ६१.०३ प्रतिशत उद्योग व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख थियो ।

अहिले भने नेपाल सरकारले कोभिड—१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् । मंसिरमा गरिएको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको छ ।

सो सर्वेक्षणले ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा गत असारमा २८.७७ प्रतिशत मात्र रहेको उत्पादन कारोबार स्थिति मंसिरसम्मको सर्वेक्षण सम्पन्न हुँदा ५०.५१ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५० प्रतिशतबाट ८७.५१ प्रतिशत पुगेको छ ।

१० पृष्ठ लामो प्रतिवेदनअनुसार २०७७ असारको तुलनामा मंसिरमा आइपुग्दा उद्योग र व्यवसाय सञ्चालनमा सुधार आए पनि पूर्ववत् अवस्थामा उद्योग र व्यवसाय सञ्चालन हुन भने नसकेको देखाएको छ ।

उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च धान्न कठिनाइ भएको तथा थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या अगाडि सारेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकको सर्वेक्षणले थोक तथा खुद्रा व्यापारबाट २९.३, उत्पादनमूलक उद्योगबाट १७.२ र होटल तथा रेस्टुरेन्टबाट १६.७ प्रतिशत नमुना प्राप्त गरेको थियो । सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी क्षेत्रबाट ०.५ प्रतिशत पाएको थियो भने खानी तथा उत्खनन क्षेत्रबाट करीब १ प्रतिशत सहभागिता रहेको थियो ।

राष्ट्र बैंकका अनुसार अहिले पनि १६.७९ प्रतिशत घरेलु उद्योग सञ्चालन भएका छैनन् भने १५ करोडसम्म स्थिर पुँजी भएका साना उद्योग १४.०८ प्रतिशत सञ्चालन हुन सकेका छैनन् । १५ देखि ५० करोडसम्म स्थिर पुँजी भएका १२.२४ प्रतिशत उद्योग पनि सञ्चालनमा छैनन् । ५० करोड रुपैयाँमाथि पुँजी भएका कम्पनीहरू ८.३३ प्रतिशत सञ्चालनमा छैनन् ।

अहिले रोजगारी दर बढेको छ । उद्योग व्यवसायको आकारअनुसार कोभिड महामारी अगाडिको तुलनामा रोजगारीको अवस्था ७७.५ प्रतिशतबाट बढेर ८७.५१ प्रतिशत पुगेको छ ।

गत असारको तुलनामा उद्योग व्यवसायको उत्पादन तथा कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन तथा कारोबार रहेकामा मंसिरसम्म आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ । गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादन तथा कारोबार बढेको पाइएको छ ।

गत असारको तुलनामा उद्योग व्यवसायको औसत तलब–ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको छ । यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योग व्यवसायको औसत तलब—ज्याला खर्च घटेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी अधिकांश उद्योग व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च (तलब–ज्याला, घरजग्गा भाडा तथा ब्याज खर्च) धान्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या रहेको बताइएको छ । राजधानी दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x