कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
कोरोनाका कारण अस्तव्यस्त बनेको उद्योग व्यवसाय लयमा फर्किन थालेको छ ।
लकडाउन खुलेपछि करीब ५४ प्रतिशत उद्योग–व्यवसाय पूर्ण रूपमा सञ्चालनमा आएको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।
कोभिड पूर्वको तुलनामा गत असारमा ४ प्रतिशत उद्योग–व्यवसाय मात्र पूर्ण रूपमा सञ्चालनमा थिए । मंसिरमा बढेर करीब ५३.९५ प्रतिशत पुगेको अध्ययनको निष्कर्ष छ ।
‘अझै पनि करीब ३७ प्रतिशत उद्योग–व्यवसाय आंशिक सञ्चालनमा छन् भने ९ प्रतिशत सञ्चालनमा आउनै नसकेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ । गत असारको तुलनामा सबै प्रकारका उद्योग व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको राष्ट्र बैंकले जनाएको छ ।
‘साना तथा मझौला उद्योगको तुलनामा अधिकांश ठूला उद्योगको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आएको छ,’ बैंकले भनेको छ ।
गत असारको तुलनामा मंसिरमा उद्योग–व्यवसाय सञ्चालन, कारोबार/उत्पादन लगायतमा सुधार आउनुले अर्थतन्त्र लयमा फर्किन थालेको संकेत गरेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
‘कोभिडको संक्रमण नियन्त्रणमा आएर सहज अवस्था हुने हो भने अर्को वर्षको आर्थिक वृद्धि राम्रो हुने देखिन्छ,’ उनले भने, ‘चालु वर्षको आर्थिक वृद्धि भने प्रभावित हुने देखिन्छ ।’
कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रण गर्न गत चैत ११ गतेदेखि गरिएको लकडाउनलगायत उपायका कारण आर्थिक क्रियाकलाप प्रभावित हुन पुगेका थिए । संक्रमण रोकथामका लागि अपनाइएका गैरस्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई क्रमशः खुकुलो बनाउँदै लगिएसँगै आर्थिक गतिविधि सञ्चालनमा सहजता आएको राष्ट्र बैंकको दाबी छ ।
कोभिडपूर्वको तुलनामा गत असारमा ४ प्रतिशत उद्योग–व्यवसाय पूर्ण र ३४.९२ प्रतिशत आंशिक रूपमा सञ्चालनमा थिए । बाँकी ६१ प्रतिशत उद्योग व्यवसाय पूर्ण रूपमा बन्द थिए ।
गत असारको तुलनामा मंसिरसम्म उद्योग–व्यवसायको उत्पादन र कारोबारमा सुधार भएको प्रतिवेदनले औंल्याएको छ । ‘कोभिड महामारी अगाडिको तुलनामा गत असारमा औसतमा करिब २९ प्रतिशतमात्र उत्पादनरकारोबार रहेकामा मंसिरसम्म आइपुग्दा औसतमा ५० प्रतिशतभन्दा बढी पुगेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘गत असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रको उत्पादनरकारोबार बढेको पाइएको छ ।’
होटल तथा रेस्टुरेन्ट, शिक्षालगायत क्षेत्रका उद्योग–व्यवसाय भने सबैभन्दा न्यून क्षमतामा सञ्चालन भएका छन् । कोभिड महामारीअघिको तुलनामा गत असारमा होटल तथा रेस्टुरेन्टको उत्पादन/कारोबार ७.१३ प्रतिशत मात्र थियो ।
गत मंसिरमा होटल तथा रेस्टुरेन्टको उत्पादन/कारोबार ११.१८ प्रतिशत पुगेको छ । गत मंसिरमा शिक्षा क्षेत्रको औसत उत्पादनरकारोबार ३७.५८, सञ्चारको ४२.२७ र उत्पादनमूलक उद्योगको करिब ६२ प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ ।
गत असारको तुलनामा उद्योग–व्यवसायले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिए पनि कोभिड महामारीअगाडिको अवस्थामा भने पुग्न सकेको छैन । कोभिड महामारीअगाडिको तुलनामा गत असारमा ७७.५ प्रतिशत रोजगारी प्रदान गरेका उद्योग–व्यवसायले मंसिरमा ८७.५ प्रतिशत रोजगारी दिएको प्रतिवेदनले देखाएको छ । ‘मझौला उद्योगले प्रदान गरेको रोजगारी दर भने असारको तुलनामा घटेको छ ।
मझौला उद्योगको नमुना संख्यामा होटल तथा रेस्टुरेन्ट क्षेत्रका उद्योग–व्यवसायको बाहुल्य रहेकाले रोजगारीको दरमा थप कटौती हुन गएका अनुमान छ,’ प्रतिवेदनमा उल्लेख छ । गत असारको तुलनामा मंसिरसम्म उद्योग–व्यवसायको औसत तलब–ज्याला खर्चमा वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडिको तुलनामा गत असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७०.४ प्रतिशत पुगेको देखिएको छ । यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योगरव्यवसायहरूको औसत तलब–ज्याला खर्च घटेको देखिन्छ ।
‘अधिकांश उद्योग–व्यवसायले बजार माग घटेर कारोबारमा ह्रास आएको, सञ्चालन खर्च (तलब–ज्याला, घरजग्गा भाडा तथा ब्याज खर्च) धान्न कठिनाइ भएको, थप कर्जा प्राप्त गर्न कठिनाइ भएको जस्ता समस्या रहेको बताएका छन्,’ प्रतिवेदनमा भनिएको छ । कोभिड–१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न राष्ट्र बैंकले २०७७ जेठ २६ देखि असार १० सम्म ५२ जिल्लाका ६७४ उद्योगी व्यवसायीबाट तथ्यांक संकलन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो ।
सर्वेक्षणले लकडाउनपछि औसतमा ६१.०३ प्रतिशत उद्योग–व्यवसाय सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग–व्यवसाय मात्र पूर्ण रूपमा सञ्चालनमा रहेको देखाएको थियो ।
सरकारले कोभिड–१९ नियन्त्रणका मापदण्ड खुकुलो बनाउँदै लगेका कारण व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेका छन् । व्यवसाय सञ्चालनसम्बन्धी पछिल्लो वस्तुस्थितिबारे अघिल्लो सर्वेक्षणमा सहभागी व्यवसायीबाट पुनः तथ्यांक संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७७ कात्तिक १३ देखि २०७७ मंसिर २४ सम्म पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको राष्ट्र बैंकले बताएको छ ।
गत असारमा सहभागी ६ सय ७४ उत्तरदातामध्ये करीब ९० प्रतिशत अर्थात् ६ सय ४ जना उद्योगी व्यवसायीले सर्वेक्षणमा सहभागिता जनाएका थिए ।
सर्वेक्षणमा औद्योगिक वर्गीकरणअनुसार थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २९.३, उत्पादनमूलक उद्योगबाट १७.२ र होटल तथा रेस्टुरेन्टबाट १६.७ प्रतिशत नमुना प्राप्त भएको थियो । सबैभन्दा कम विद्युत्, ग्यास तथा पानी क्षेत्रबाट ०.५ र खानी तथा उत्खनन् क्षेत्रबाट करिब १ प्रतिशतको सहभागिता थियो । कान्तिपुर दैनिकमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...