×

अहिले नेपालमा एक फल निकै चर्चामा छ ‘पेपिनो मेलन’ । जुन विदेशी फल भनेर चिनिन थालेको छ ।

रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बढाउने विदेशी फल ‘पेपिनो मेलन’ नेपालमा लोकप्रिय हुँदै गएको छ ।


Advertisment

स्वास्थ्य सम्बन्धी व्यापक फाइदा बोकेको फल काठमाडौंको कौसी–कौसीमा पनि खेती गरेको पाइन्छ । कोभिड–१९ महामारीका कारण ‘पेपिनो मेलन’ फल सबैले खोज्दै खान थालेका छन ।


Advertisment

‘पेपिनो मेलन’ अनौठो फलबारे धेरै कमलाई मात्र थाहा छ । यसको नेपाली नामकरण पनि भएको छैन । यसको नेपाली नाम नभए तापनि विदेशबाट छिरेको हुनाले गाउँघरमा विदेशी फल भनेर चिनिन्छ भने शहरमा ८ फ्रुट पनि भनिन्छ । 

‘पेपिनो मेलन’ फलको खासै आफ्नो छुट्टै स्वाद पहिचान छैन । विभिन्न ८ फलहरूको स्वाद भिन्न–भिन्न रूपमा आउने हुँदा पनि यसलाई ‘एट फ्रुट’ नाम दिइएको हो । शहर बजारको कौसी–कौसीमा ‘पेपिनो मेलन’ खेती सहज फस्टाएको देख्न सकिन्छ ।

‘पेपिनो मेलन’ फलको खेतीका लागि खासै मेहनत पनि गर्नु नपर्ने र आफैं झाँगिएर आउने हुँदा धेरैले सरल रूपमा गमला–गमलामा पनि रोपेको देखिन्छ ।

‘पेपिनो मेलन’ फल दक्षिण अमेरिकी महादेशका पेरु, इक्वेडर, कोलम्बिया, बोलिभिया, चिली लगायत देशमा अत्याधिक पाइन्छ । अत्याधिक पाइने र व्यापक रूपमा व्यावसायिक खेत गर्ने गरिन्छ । पेपिने मेलन धेरै प्रकारका हुन्छन् र आकारमा पनि गोलो, लाम्चो, अण्डाकार आदि हुन्छन् ।

हामीलाई स्वस्थ रहन चाहिने भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन के प्रशस्त पाइन्छ ‘पेपिनो मेलन’मा । खाँदा स्वादिलो मात्र होइन, प्रशस्त मात्रामा औषधीय गुण पाइन्छ । ‘पेपिनो मेलन’ फलको स्वाद कसैलाई मेवा जस्तो लाग्छ त कसैलाई भूइँकटर जस्तो पनि लाग्छ ।

विदेशी फल भनेर बजार नपाइएला कि भन्ने डर रहेकोमा पेपिनो मेलनले छिट्टै बजार लिन सफल भयो । कीर्तिपुर तिरका किसानले ‘पेपिनो मेलन’ फललाई व्यावसायिक रूपमा फलाउन थालेका छन् । विशेषगरी ‘पेपिनो मेलन’ फल कोलम्बिया, इक्युडर, बोल्विया, पेरु, चिली, न्युजिल्यान्ड, टर्की, अमेरिका, जापान युरोपमा बढी प्रख्यात छ । ‘पेपिनो मेलन’लाई अंग्रेजीमा ‘पेपिनो डुल्स्’ पनि भन्छन् भने स्पेनिसहरू यसलाई पेपिनो मात्र भन्छन् ।

स्वास्थ्य सम्बन्धी फाइदा 

– प्राकृतिक शक्ति दिने बुस्टर भनेर पनि चिनिन्छ पेपिनो मेलन । यो फल खानाले अतिरिक्त शक्ति उत्पादन हुने हुँदा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । 

– बिस्तारै–बिस्तारै दुःखाइ कम गराउँदै लैजाने हुँदा ‘पेपिनो मेलन’ औषधिको रूपमा पनि काम दिन्छ र सिजनल रूपमा नियमित खाने गर्नुपर्छ ।

– शरीरमा भएको अतिरिक्त कोलस्टोर कम गर्न मद्दत पुर्‍याउँछ । 

– शरीरको कुनै पनि क्यान्सरसँग जुध्न ठूलो मद्दत पुर्‍याउँछ । 

– उच्च रक्तचाप हुनेका लागि पनि पेपिनो मेलन फाइदाजनक मानिएको छ । 

– खाना अपच हुने समस्या भएकाहरूका लागि पनि ‘पेपिनो मेलन’ फल उत्तम छ । 

– शरीरमा हुने अनावश्यक वजन घटाउन ‘पेपिनो मेलन’ फलले विशेष भूमिका खेल्छ । 

– हड्डीलाई मजबुत बनाउन सहयोग पुर्‍याउँछ । 

– रोग प्रतिरोगात्मक क्षमता (इम्युनिटी पावर) बढाउन प्रमुख भूमिका खेल्छ । 

– कलेजोलाई सधैं स्वस्थ राख्न मद्दत पुर्‍याउँछ । 

– डाइबिटीजका रोगीलाई पनि निकै उपयोगी फल मानिन्छ पेपिनो मेलन । 

– किड्नीमा हुने ब्याक्टेरिया यनिमिया हुनबाट बचाउन पनि निकै हदसम्म भूमिका खेलेको हुन्छ यो फलले ।

‘पेपिनो मेलन’ कसरी खाने ?

पेपिनो मेलन अन्य फलजस्तै पाकेपछि ताछेर सहज रूपमा खाना सकिन्छ । यो फल अति मिठो, भिन्न मिक्स स्वाद, स्वादिलो र स्वास्थ्यबद्र्धक हुन्छ । विदेशमा ‘पेपिनो मेलन’ फल प्रयोग गरेर विभिन्न सलाद, केक, लस्सी, जुस र ड्रिंकहरू तयार गरेर व्यावसायिक रूपमा होटल रेस्टुरेन्टमा महंगो मूल्यमा बिक्री गरिन्छ ।

‘पेपिनो मेलन’ फलमा लेमन मिसाएर खानाले रोग प्रतिरोधात्मक शक्ति बढ्ने र रोगसँग लड्ने क्षमता बढ्ने विश्वासले अहिलेको कोरोना महामारीको अवस्थामा सबैले खोजी–खोजी खाने गरेका छन् भने ‘पेपिनो मेलन’ फलको खेती गर्नेहरूले पनि राम्रो आयआर्जन गरेका छन् ।

कतिपयले घरायसी प्रयोगका लागि आफ्नै कौसीमा खेती गरेर समेत प्रयोगमा ल्याएका छन् । एउटा गमलामा रोपेको पेपिनो मेलन राम्रो मलजल पुगेमा लटरम्म फल्ने र घरको प्रयोगलाई सहज पुग्ने हुन्छ । 

महामारीको समयमा माछामासुभन्दा पनि यस्ता दुर्लभ फलफूल खोजेर खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने विज्ञहरूको भनाइ छ । ‘पेपिनो मेलन’ फल प्रयोग गरेर कयौं परिकार बनाएर खान सकिने हुँदा नियमित खान सके अझ राम्रो हुनेछ ।

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x