प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेका अधिवक्ता सन्तोष भण्डारीले यो संसद् विघटन मात्र नभएर संविधानकै विघटन भएको जिकिर गरेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाइमा बहस गर्दै भण्डारीले चुनाव गर्ने पैसा कहाँबाट आउँछ भन्दै प्रश्न समेत गरे ।
'चुनाव गर्ने पैसा कहाँबाट आउँछ ? जनताले कर तिरेको पैसा हो । यो संसद् मात्र विघटन होइन, संविधानकै विघटन हो,' भण्डारीले भने ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइका लागि गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
लोकान्तर संवाददाता