×

NMB BANK
NIC ASIA

कोरोना खोप लगाउने तयारी, सातवटै प्रदेश र केन्द्रका १५० जनालाई तालिम

माघ ११, २०७७

NTC
Premier Steels

नेपालमा पहिलो कोरोना सङ्क्रमित व्यक्ति पुष्टि भएको एक वर्षमा कोरोना (कोभिड–१९)विरुद्धको खोप आएको छ ।

Muktinath Bank

बेलायतको अक्स्फोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप बिहीबार काठमाडौँ आइपुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो खोप आइपुगेसँगै यसबारे सर्वसाधारणको मात्रै नभई स्वास्थ्यकर्मीहरूको पनि चासो बढेको छ । सरकारद्वारा खोप वितरण, खोप लगाउने व्यक्तिलाई तालिम र खोप लगाइने व्यक्तिको छनोट जस्ता काम धमाधम भइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

कोरोनाविरुद्धको खोप लगाउन सरकारले व्यापक तयारी गरेको छ । देशभरका १५० जना खोप अधिकृतलाई स्वास्थ्य सेवा विभागले तालिम दिइसकेको छ भने बाँकी खोप कार्यकर्तालाई पनि तालिम दिने तयारी गरिरहेको छ ।

Vianet communication

आइतबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका खोप भण्डारणमा कोरोनाविरुद्धको खोप पठाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख डा. झलक गौतमले कोरोना खोपको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।

कोरोना खोपसँग प्रत्यक्ष रूपमा संलग्न रही खोप वितरण र खोप लगाउने कार्यको तयारी गरिरहनुभएका स्वास्थ्यकर्मीसँग कुराकानी गरिएको छ । उहाँहरूको विचार यहाँ प्रस्तुत गरिएको छ ।

तयारी भइरहेको छ
डा. झलक गौतम
परिवार कल्याण महाशाखा, खोप शाखा प्रमुख

कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको छ । आइतबारदेखि खोप प्रदेशमा पठाइने छ र त्यहाँको खोप भण्डारणमा राखिन्छ । त्यसपछि जिल्लामा पठाइने छ । त्यसपछि जिल्लाका खोप केन्द्रबाट खोप लगाउन सुरु गरिने छ । खोप लगाउन जनशक्ति तयारी गर्ने काम भइरहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयद्वारा तोकेका खोप कार्यकर्तालाई मात्र तालिम दिइने छ । पहिलो चरणमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने जनशक्ति, स्वास्थ्य स्वयम्सेविकालाई खोप दिइने छ । अहिले खोप लगाउन सुरु गरिने दिन तोकिएको छैन । स्वास्थ्य कार्यालयले खोप दिने व्यक्तिको सङ्ख्या तय गर्नेछन् । उनीहरूलाई तालिम दिइने छ ।

खोप लगाउने तरिका एउटै हो । कोरोनाविरुद्धको खोप मासुभित्र दिइने छ । अरू धेरै फरक प्रक्रिया अपनाउनुपर्ने छैन । खोप लगाउने स्वास्थ्यकर्मीलाई केही प्राविधिक कुरा मात्र भन्नुपर्ने हुन्छ । अन्य खोप घोल्नुपथ्र्याे, कोरोनाविरुद्धको खोप घोल्नुपर्दैन । पहिलेका खोप हल्लाउनुपथ्र्याे, यसलाई पर्दैन । पहिले लगाइएका नियमित खोपहरू जस्तै हो । घाममा देखाउनु हँुदैन, शीतलमा राख्नुपर्छ । तापक्रम मिलाएर राख्नुपर्छ ।

हालसम्म सातवटै प्रदेश र केन्द्रमा गरेर उच्च तहका १५० जना व्यक्तिलाई खोपसम्बन्धी तालिम दिइसकेका छाँै । जुन व्यक्ति नेतृत्व तहमा रहेको छ, त्यस व्यक्तिलाई तालिम दिइएको हो । जिल्ला स्वास्थ्य कार्यालयले तोकेका खोप कार्यकर्तालाई भने तालिम दिइने छ ।

१८ वर्ष माथिकालाई मात्रै खोप
एकनारायण लम्साल
खोप अधिकृत तथा प्रमुख, स्वास्थ्य कार्यालय, म्याग्दी

कोरोनाविरुद्धको खोप अन्य खोपजस्तै भए पनि नयाँ खोप भएकाले केही कुरामा ध्यान दिनुपर्छ । नियमित खोप दुई वर्षभन्दा मुनिका बच्चालाई दिइन्थ्यो भने कोरोना भ्याक्सिन १८ वर्ष माथिका उमेर समूहलाई मात्र दिइने छ । नयाँ भएकाले खोप लगाइसकेपछि देखिनसक्ने प्रतिकूल असरबारे पनि ध्यान दिनुपर्छ । खोप लगाइसकेपछि आधा घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने हुन्छ । निगरानीमा राख्ने ठाउँको पनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । खोप लगाउनुअघि खोप लगाइने व्यक्तिको मेडिकल हिस्ट्री लिइने छ । उसको प्रतिरोधात्मक क्षमता कस्तो छ भनेर पहिचान गरिन्छ ।

‘मेडिकल हिस्ट्री’ महत्वपूर्ण
गोकर्ण गिरी
प्रमुख, स्वास्थ्य कार्यालय, बर्दिया

कोरोना भाइरस विश्वकै नयाँ हो र यसविरुद्ध आएको खोप पनि बिल्कुलै नयाँ भएकाले यसप्रति सर्वसाधारण मात्र नभएर स्वास्थ्यकर्मीको चासो छ । तालिम दिने, खोप लगाउने कार्यको तयारीमा लागिएको छ । खोप लगाइने व्यक्तिको पनि पहिचान भएको छ । गर्भवती, कुनै पनि एलर्जी भएका व्यक्तिले खोप लगाउनु हँुदैन ।

नियमित खोपमा केही पनि सोधिँदैन थियो । कोरोनाविरुद्धको खोपमा उसको मेडिकल हिस्ट्री महìवपूर्ण छ । मेडिकल हिस्ट्रीदेखि, रोग प्रतिरोधात्मक क्षमता, अन्य रोग, एलर्जी छ, छैन भनेर प्रस्ट हुनुपर्ने हुन्छ । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x