×

NMB BANK
NIC ASIA

कोरोना संकटको परिणाम

घट्यो लगानी प्रतिबद्धता : महामारीको समयमा पनि पर्यटन क्षेत्रमा भने आकर्षण, निर्माणमा कम !

माघ १२, २०७७

NTC
Premier Steels

पछिल्लो समय मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी घटेको पाइएको छ ।

Muktinath Bank

उद्योग विभागमा आएको वैदेशिक लगानीको प्रतिबद्धताले यस्तो अवस्था देखाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालु आर्थिक वर्षको ५ महिनामा वैदेशिक लगानी प्रतिबद्धतामा गिरावट आएको छ । गत आवको सोही समयको तुलनामा यस वर्ष वैदेशिक लगानी प्रतिबद्धता कम आएको हो ।


Advertisment
Nabil box
Kumari

उद्योग विभागको तथ्यांकअनुसार चालु आवको ५ महिना (साउन–पुस १०) सम्ममा विभिन्न मुलुकबाट १ सय २३ परियोजनामा २३ अर्ब ४७ करोड ४८ लाख रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ । 

Vianet communication

अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ सय ४९ परियोजनामा २७ अर्ब ६३ करोड १७ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

पर्यटन क्षेत्रमा सबैभन्दा बढी 

उद्योग विभागका अनुसार चालु आवको ५ महिनामा पर्यटन क्षेत्रमा सबैभन्दा बढी ७६ वटा परियोजनामा लगानी प्रतिबद्धता आएको छ ।

मुलुकको अर्थतन्त्र कोरोना महामारीले ठप्प भएको अवस्थामा पनि पर्यटन क्षेत्रमा तुलनात्मक रूपमा बढी चासो देखिएको हो ।

साउनदेखि पुस १० सम्ममा पर्यटन क्षेत्रमा १५ अर्ब ४६ करोड ३५ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । 

७६ वटा परियोजनामा लगानी गर्दा १ हजार ९ सय ३३ जनालाई रोजगारी मिल्ने लगानीकर्ताहरूले बताएका छन् । 

गत आवको सोही समयमा पर्यटन क्षेत्रमा ५९ परियोजनामा ८ अर्ब ०२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । 

गत आवको तुलनामा चालू आवमा ७ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ बढीको प्रतिबद्धता आएको हो । 

सबैभन्दा कम कृषिमा 

चालू आवको ५ महिनामा सबैभन्दा कम प्रतिबद्धता कृषि तथा वनजन्य क्षेत्रमा आएको छ । 

उद्योग विभागका अनुसार साउनदेखि पुस १० सम्ममा २ वटा परियोजनामा लगानी प्रतिबद्धता आएको छ ।

यस क्षेत्रमा कूल ३७ करोड ९० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आउँदा १ सय ३ जनालाई रोजगारी सिर्जना हुने जनाइएको छ । 

गत आवको सोही समयमा कृषि तथा वन्यजन्य क्षेत्रमा ३ परियोजनामा ३४ करोड ७४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो, जसबाट १ सय ५ जनालाई रोजगारी सिर्जना हुने बताइएको थियो ।

सरकारले विभिन्न समयमा मुलुकमा लगानीको वातावरण रहेको दाबी गर्दै आएपनि वैदेशिक लगानीकर्ताहरू विश्वस्त हुन सकेका छैनन् ।

त्यसमा पनि कोरोना महामारीका कारण पनि वैदेशिक लगानीको वातावरण बन्न नसकेको उद्योग विभाग बताउँछ । 

उद्योग विभागका निर्देशक उदयकुमार गुप्ताले लोकान्तरसँग भने, ‘कोरोना भाइरसले संसारभरको अर्थतन्त्र ठप्प हुँदा लगानी प्रतिबद्धता घट्न पुग्यो ।’

निर्माण क्षेत्रमा पनि घट्यो 

गत आवमा भन्दा यस आवमा निर्माण क्षेत्रमा पनि लगानी प्रतिबद्धता कम आएको उद्योग विभागले जनाएको छ ।

अघिल्लो आवको तुलनामा यस आवमा २ अर्ब ११ करोड रुपैयाँ कमको लगानी प्रतिबद्धता आएको हो । 

चालु आवको ५ महिनामा निर्माण क्षेत्रमा ८ परियोजनामा मात्रै लगानी प्रतिबद्धता प्राप्त भएको छ । जसको लगानी रकम पनि कम नै छ । 

८ वटा परियोजनामा ५२ करोड ६४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो । जसबाट एक सय जनालाई रोजगारी सिर्जना हुने बताइएको छ ।

अघिल्लो आवको सोही समयमा १९ परियोजनाका लागि २ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । जसबाट ८ सय ११ जनालाई रोजगारी सिर्जना हुने बताइएको थियो ।

तालिका

स्रोत : उद्योग विभाग

लगानी प्रतिबद्धता धेरै गर्नेमा चीनअगाडि

​चालु आवको ५ महिनामा चीनले सबैभन्दा धेरै लगानी प्रतिबद्धता जनाएको छ ।

चीनले चालु आवको ५ महिनामा १ सय ३ वटा परियोजनामा लगानी प्रतिबद्धता जनाएको छ ।

उसले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै ६७ वटा परियोजनामा लगानी प्रतिबद्धता जनाएको छ । 

चीनले चालु आवको ५ महिनामा १८ अर्ब ११ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएको छ ।

यद्यपि गत आवको सोही समयमा उसले १ सय १८ परियोजनामा १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएको थियो । 

उद्योग विभागका अनुसार चालु आवको साउनदेखि पुस १० गतेसम्ममा अमेरिकाले ४ वटा परियोजनामा ८ करोड ६३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएको छ ।

गत आवमा उसले एउटा परियोजनामा ४ अर्ब ०७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता जनाएको थियो । 

चालू आवको ५ महिनामा भारतबाट ३ वटा परियोजनामा लगानी प्रतिबद्धता आएको छ ।

गत आवको सोही समयमा भारतबाट १० परियोजनामा २ अर्ब ८८ करोड ३१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

कुन मुलुकले कति गर्‍यो लगानी प्रतिबद्धता ? 

उद्योग विभागका अनुसार चालु आवमा सबैभन्दा बढी लगानी प्रतिबद्धता चीनले जनाएको छ । उसले १ सय ३ परियोजनामा १८ अर्ब ११ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । 

चीनपछि धेरै लगानी प्रतिबद्धता जनाउनेमा अमेरिका अगाडि छ । उसले ४ परियोजनाका लागि ८६ करोड ३१ लाख रुपैयाँ प्रतिबद्धता जनाएको छ । 

छिमेकी मुलुक भारत र बेलायतले ३/३ परियोजनामा लगानी प्रतिबद्धता जनाएका छन् । जसमध्ये भारतले २३ करोड र बेलायतले ११ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । 

त्यसपछि बेल्जियम, मेक्सिको, बेल्जियम, आइसल्याण्ड, मलेसिया, पोल्याण्ड, सिंगापुर, नेदरल्यान्ड, दक्षिण कोरिया लगायतका मुलुकले लगानी प्रतिबद्धता जनाएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x