कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका छन् ।
सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजित नेकपा सिरहा जिल्ला सदस्यको शपथग्रहण कार्यक्रममा उनले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीविरुद्ध दर्ता गराएको आरोपपत्र फिर्ता लिइ अदालतको निर्णय मान्न र निर्वाचनमा जान तयार भए पार्टी एक भएर जानसक्ने बताएका हुन् ।
मन्त्री श्रेष्ठले निर्वाचन आयोगले अध्यक्षद्वय ओली र प्रचण्डको सहमतिमा र महासचिवको उपस्थितिमा हुने निर्णयलाई नै वैध ठहर गरी पार्टी नफुटेको निर्णय सुनाएको बताउँदै सडक आन्दोलन रोकेर पार्टीलाई एकताबद्धरुपमा अघि बढाउने बताए ।
लोकान्तर संवाददाता