बुटवलमा यस्तो देखियो प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन [फोटोफिचर]

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य लुम्बिनी प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

नेकपा प्रचण्ड–माधव नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध बिहीवार बुटवलमा शक्ति प्रदर्शन गरेको छ ।

लुम्बिनी प्रदेश स्तरीय विरोध प्रदर्शनमा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल समेत सहभागी छन् ।


Advertisement

बुटवलको पुष्पलाल पार्कमा जारी सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपाल, स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल, चक्रपाणि खनाल लगायतले सम्बोधन गर्दैछन् ।

विरोध सभाअघि बुटवलको विभिन्न ठाउँबाट र्‍याली निकालिएको थियो ।


Advertisement

सभामा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधिमूलक नेता कार्यकर्ता सहभागी रहेको नेकपा प्रचण्ड-नेपाल समूहले जनाएको छ ।

हेर्नुहोस्, फोटो फिचर :

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्