×

NMB BANK
NIC ASIA

दोहोरो अंकले घट्यो शेयर बजार

माघ १६, २०७७

NTC
Premier Steels

लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार दोहोरो अंकले ओरालो लागेको छ ।

Muktinath Bank

मंगलवार ‘करेक्सन’ भएको बजार बुधवार भने पुनः सुधार भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीवार नेप्से १६.५५ विन्दुले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ ।


Advertisment
Nabil box
Kumari

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ४.३२ ले घटेर ४४२.०६ मा ओर्लेको छ । कूल २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता शेयर ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२८ रुपैयाँ बराबरको कारोबार भएको छ । बजार पुनः बिहीवार ओरालो लागेर करेक्सन भएको छ ।

Vianet communication

बजार ओरालो लागे पनि बजार पूँजीकरण भने ३२ खर्ब ६६ अर्ब ७५ करोड ८२ लाख ४० हजार रुपैयाँ बराबर रहेको छ । 

कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीवार ३ उपसमूहको मात्रै शेयर उकालो लागेको छ । ९ उपसमूहको शेयर भने ओरालो लागेको छ । निर्जीवन बीमा ४१०.३९, उत्पादन १६७, लघुवित्त ८७.२४ विन्दुले उकालो लागेको छ । 

बैंकिङ ४१.०८, व्यापार ४.९८, होटल २५.९६, विकास बैंक ४३.२५, जलविद्युत् २२.९१, वित्त १८.२, अन्य ११.०३, जीवन बीमा ४२.४७ र सामूहिक लगानी कोष ०.२२ अंकले ओरालो लागेको छ ।

कारोबारका आधारमा बिहीवार पनि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नै शीर्ष स्थानमा छ । सो कम्पनीको ५६ करोड ६३ लाख ९८ हजार ९९१ रुपैयाँ बराबरको कारोबार भयो । नेपाल पुनरबीमा कम्पनी ३१ करोड ५४ लाख १३ हजार ७७१, हिमालयन डिस्टिलरी ३१ करोड ५२ लाख ९७ हजार २०४, एनआईसी एशिया बैंक २८ करोड ४८ लाख ५१ हजार २१७, शिखर इन्स्योरेन्स २७ करोड ४ लाख २३ हजार ४१५, नेपाल दूरसञ्चार कम्पनी २२ करोड ७६ लाख ८७ हजार ४९३, नेको इन्स्योरेन्स २२ करोड २२ लाख ३९ हजार ८३५, प्रभू बैंक २० करोड ५७ लाख ८७ हजार ८४७ र नेपाल बैंक लिमिटेडको २० करोड २९ लाख ४५ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा छ ।

कारोबारका आधारमा सूर्योदय लघुवित्त १०, सगरमाथा इन्स्योरेन्स १०, सपर्वोट माइक्रो फाइनान्स ९.९८, आरम्भ चौचारी लघुवित्त ९.९७, प्रभु लाइफ इन्स्योरेन्स ९.९७, सारथी नेपाल लघुवित्त ९.४७, हिमालयन डिस्टिलरी ८.८७ र गरिमा विकास लघुुवित्तका लगानीकर्ताले ८.५९ प्रतिशतले कमाए । सिदार्थ इक्विटी फण्ड ६.७८, हिमालयन पावर पार्टरन ६.२९, गुडबिल फाइनान्स ५.९७, मिथिला लघुवित्त वित्तीय संस्था ५.८२, गुराँस लघुवित्त ५.७७, सानिमा इक्विटी फण्ड ४.८४, प्रोगेसिभ फाइनान्स ४.७९ र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ४.५२ प्रतिशतले गुमाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

बैशाख ३१, २०८१

कुमारी बैंक लिमिटेड र टिकापुरको कैलालीस्थित फिट लाइफ क्लबबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले क्लबबाट सेवा लिएबापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमारफत गर्दा ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x