×

NMB BANK
NIC ASIA

नेकपा विभाजन

शुरू हुने भयो नेकपा विभाजनको औपचारिक प्रक्रिया, प्रचण्ड–नेपाल पक्ष दफा ४४ अनुसार आयोग जाने

माघ १९, २०७७

NTC
Premier Steels

आफूहरूले पठाएका निर्णय र विवरणहरू अध्यावधिक गर्न निर्वाचन आयोगले अस्वीकार गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को व्यवस्था अनुसार पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ ।

Muktinath Bank

यसअघि केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल दुवै पक्षले पार्टीको आधिकारिकता दाबी उक्त दफाअन्तर्गत गरेका थिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बसेर गरिएका निर्णयहरू दल दर्ता किताबमा अध्यावधिक गर्न भनेर पठाइएको थियो, तर प्रक्रिया नपुगेको भन्दै आयोगले पुस ५ गतेपछि प्राप्त भएका कुनै पनि निर्णयलाई अध्यावधिक गर्न नमिल्ने जवाफ दिएको थियो ।


Advertisment
Nabil box
Kumari

प्रचण्ड–नेपाल पक्ष दफा ४४ अन्तर्गत निवेदन लिएर निर्वाचन आयोग जाने भएपछि बल्ल पार्टी विभाजनको औपचारिक प्रक्रिया शुरू हुने भएको छ ।

Vianet communication

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा (१) मा भनिएको छ–

‘दफा ४३ बमोजिम दलको नाम, छाप, झण्डा वा चिह्नसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिह्न दाबी गर्ने दलले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकतासम्बन्धी विवाद भए त्यस्तो पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकता दाबी गर्ने दलको केन्द्रीय समितिको चालिस प्रतिशत सदस्यले विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाण सहित दाबी पेश गर्नु पर्नेछ ।’

यसरी दाबी पेश भएको खण्डमा आयोगले विवादरतमध्ये अर्को पक्षलाई १५ दिनको समय दिई सूचना दिनेछ । १५ दिनभित्र उक्त पक्षले आफ्नो दाबी र प्रमाणसहित आयोगमा लिखित जवाफ पेश गर्नुपर्नेछ । १५ दिनभित्र पेश नभएको खण्डमा थप १० दिनको समय दिनसक्ने उपदफा (३) मा उल्लेख छ । 

उक्त म्याद पनि सकिएपछि आयोगले दुवै पक्षलाई बोलाएर मिलेर जान आग्रह गर्नेछ । मिलेर जाने अवस्था नभएमा विवाद हुनुअघिको केन्द्रीय समितिमा जुन पक्षसँग बहुमत छ, त्यसलाई आधिकारिकता दिई अल्पमत पक्षलाई छुट्टै नयाँ दलको मान्यता दिई दर्ता गर्न सक्ने दफा ४४ को उपदफा (६) मा उल्लेख छ ।

उपदफा (६) मा भनिएको छ–

उपदफा (५) बमोजिम सहमति कायम हुन नसकेमा आयोगले उपदफा (१) र (३) बमोजिमको दाबी, लिखित जवाफ र प्रमाणसहितको आधारमा कुनै एक पक्षलाई मान्यता दिन सकिने रहेछ भने सोही बमोजिम र त्यसरी मान्यता दिन सकिने रहेनछ भने उपदफा (१) बमोजिम आयोगमा दाबी पेश गर्नुअघि त्यस्तो दलका तर्फबाट आयोगमा पेश भएको केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूमध्ये जुन पक्षसँग त्यस्तो समितिका पदाधिकारी र सदस्यको बहुमत रहेको छ त्यस्तो पक्षलाई विवाद उत्पन्न हुनुअघिको दलको हैसियतमा मान्यता दिई अर्को पक्षलाई छुट्टै राजनीतिक दलको रुपमा मान्यता दिई दर्ता गर्न सक्नेछ ।

हेर्नुहोस्, ऐनको व्यवस्था :

यस्तो अवस्थामा आफूहरूले आधिकारिकता पाउने विश्वास प्रचण्ड–नेपाल पक्षको छ । उक्त पक्षले आफूहरूसँग केन्द्रीय समितिका दुईतिहाइ सदस्य रहेको दाबी गर्दै आएको छ ।

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटीको सोमवारको बैठकले पार्टीको आधिकारिकता दाबीका लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार निवेदन दिने निर्णय गरेको केन्द्रीय सदस्य चूडामणि जंगलीले लोकान्तरलाई जानकारी दिए ।

‘दफा ४४ अनुसार आयोग जाने निर्णय भएको छ । हामी केन्द्रीय सदस्यहरूले फेरि हस्ताक्षर गरेका छौं । आवश्यक परे केन्द्रीय सदस्यहरूलाई आधिकारिक परिचय पत्रसहित स–शरीर आयोगमा बोलाउन पनि आग्रह गर्ने निर्णय भएको छ । निर्वाचन आयोगसम्बन्धी विषय हेर्ने साथीहरू त्यसअनुसारको पत्रसहित आयोग जानुहुन्छ,’ जंगलीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको छ ।

यद्यपि आजसम्म कुनै पनि पक्षले दफा ४४ अनुसार आधिकारिकता दाबी नगरेकाले निर्वाचन आयोगले त्यसलाई वैधता भने दिएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x