×

NMB BANK
NIC ASIA

भागरथी हत्या प्रकरण : प्रहरीले निकाल्यो यस्तो निष्कर्ष, प्रमाणका लागि फरेन्सिक जाँच

माघ २६, २०७७

NTC
Premier Steels

बैतडीको दोगडाकेदार गाउँपालिकास्थित चडेपानीकी भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले कपडा, रगत र ‘भेजाइनल स्वाब’ परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ ।  

Muktinath Bank

१७ वर्षीया भागरथीको गुप्ताङ्गबाट निकालिएको तरल पदार्थ अर्थात् ‘भेजाइनल स्वाब’, रगत, कपडालगायतका नमूना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बलात्कारपछि हत्या गरिएको आशंकामा डीएनए परीक्षणका लागि स्वाब विधिविज्ञान प्रयोगशाला पठाएको बताए । 


Advertisment
Nabil box
Kumari

‘अनुसन्धानमा थप सहयोग पुगोस् र बलात्कार भएको भए डीएनएमार्फत अपराधी पत्ता लगाउन सजिलो होस् भन्ने हिसाबले स्वाब परीक्षण गर्न पठाइएको हो,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘त्यससँगै भागरथीले लगाएका कपडा, रगत पनि परीक्षणका लागि पठाएका छौं ।’

Vianet communication

प्रहरीका एक अधिकृतका अनुसार अनुसन्धानमा खटिएका प्रहरीले चिनजानकै व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेका छन् ।

‘अहिलेसम्मको अनुसन्धानलाई हेर्ने हो भने चिनजानकै व्यक्तिबाट हत्या भएको निष्कर्षमा पुगेका छौं, तर सबै प्रमाण जुटिसकेको छैन,’ ती अधिकृतले लोकान्तरसँग भने ।

हत्या हुनुअघि बलात्कार भएको निष्कर्ष पनि प्रहरीले निकालेको छ ।

‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ,’ ती प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘सबै कुरा पोष्टमार्टम रिर्पोट र फरेन्सिक ल्याबको रिपोर्ट आएपछि खुल्ला ।’

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार भट्टको हात, टाउको र शरीरमा चोट लागेको अवस्था थियो भने गुप्तांगमा रगत देखिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार भागरथीको पोस्टमार्टम रिपोर्ट आइसकेको छ, तर त्यसको अध्ययन चलिरहेको छ ।

‘पोस्टमार्टम रिपोर्ट आइसकेको छ, तर अनुसन्धानकै क्रममा भएकाले डाक्टरहरूले अनुसन्धान अधिकारीलाई बुझाउनुभएको छ । मैले सोधेको पनि छैन,’ प्रजिअ जोशीले लोकान्तरसँग भने ।

मोबाइल परीक्षणका लागि फरेन्सिक ल्याबमा

भागरथी भट्टले प्रयोग गर्ने मोबाइल पनि थप अनुसन्धानका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

भागरथीको हत्यामा संलग्न अपराधी पत्ता लगाउनका लागि उनको मोबाइल विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाइएको सुदुरपश्चिम प्रदेशका प्रवक्ता एसएसपी मुकेश सिंहले जनाकारी दिए । 

‘थप ‘क्लू’ र अनुसन्धानका लागि उनको मोबाइल फरेन्सिक ल्याबमा पठाइएको छ,’ प्रवक्ता एसएसपी सिंहले लोकान्तरसँग भने, ‘घटनास्थलमा भेटिएका अन्य भौतिक सामग्रीहरू अनुसन्धानका लागि पठाएका छौं ।’

अनुसन्धानका लागि प्रहरी र सीडीओको टोली फिल्डमा

अनुसन्धानमा कुनै कमी हुन नदिनका लागि प्रहरीले आफ्नो सक्षम जनशक्ति लगाएको जनाएको छ ।

घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारी सहितको टोली घटनास्थलमा पुगेको थियो । 

त्यसलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी पञ्चकुमार बखुको टोली पनि अनुसन्धानका लागि घटनास्थल पुगेको थियो ।

त्यसलगत्तै शनिवार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी जनक पाण्डेसहित ४ जनाको टोली अनुसन्धानका लागि घटनास्थलमा पुगेको थियो ।

विभिन्न तरिकाबाट अनुसन्धान गर्न र प्रमाणहरू जुटाउनका लागि सीडीओ, सरकारी वकिलको कार्यालयका प्रमुखलगायतको टोली घटनास्थलमा छ ।

आवश्यक निर्देशन र अनुसन्धानका लागि प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदी पनि घटनास्थलमा पुगेका छन् । 

बलात्कारपछि हत्या जस्ता जघन्य हत्यामा विभिन्न राजनीतिक दल र अन्य संघ–संस्थाको गतिविधिले घटनालाई अर्कै मोडमा लैजान सक्ने भएकाले घटनास्थलमा सबै टोली खटिएको हो ।

आफन्त र साथीभाइसँग सोधपुछ

घटनास्थलमा पुगेको प्रहरीसहितको टोलीले भागरथीका आफन्त, साथीभाइ र त्यस बाटो भएर हिँड्ने ट्याक्टर चालक तथा आसपासका अन्य व्यक्तिहरूसँग सोधपुछ गरेको छ ।

अहिले घटनास्थलमा फेला परेका सबुत प्रमाणहरूको अनुसन्धान गरिरहेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बताए ।

‘सबुत प्रमाणको अनुसन्धानमा लागेका छौं,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘फरेन्सिक ल्याबमा टेस्टको लागि पठाएका छौं ।’

प्रहरीले अहिले भागरथीको मोबाइलबाट पछिल्लो समयमा सम्पर्क भएका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको जनाएको छ ।

राजनीतिक दलको चासो

भागरथीको हत्यापछि नेपाली कांग्रेस, नेकपा प्रचण्ड–माधव नेपाल पक्ष, विवेकशील साझा पार्टी लगायतका राजनीतिक दलले अनुसन्धानमा चासो देखाएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले शनिबार विज्ञप्तिमार्फत घटनाको भत्र्सना गरेका थिए ।

‘विद्यालयबाट घर फर्किँदै गरेका बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भर्त्सना गर्दछौं,’ उनीहरूको विज्ञप्तिमा भनिएको थियो ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीहरू पक्राउ नपर्दै भएको बैतडीको यो घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको प्रमाणित गरेको प्रचण्ड–माधव समूहले बताएको थियो ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भागरथी भट्टको हत्याबारे तत्काल अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका थिए ।

शनिवार ट्वीट गर्दै उनले घटनाका विषयमा तत्काल अनुसन्धान गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेका थिए । 

उनले लेखेका थिए– ‘बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याको खबरले निकै मर्माहित भएको छु । उक्त घटनाका विषयमा तत्काल अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछु । भट्टको आत्माको चीरशान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु ।’

भागरथीका हत्यारालाई कानूनी दायरामा ल्याउन विवेकशील साझा पार्टीले पनि सरकारलाई आग्रह गरेको थियो ।

हत्यारालाई छिटोभन्दा छिटो पत्ता लगाउन धनगढी र महेन्द्रनगरमा आन्दोलन गरेर विद्यार्थीहरूले पनि माग गरिरहेका छन् ।

बुधवार घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा बिहीवार साँझ ५ बजेतिर हत्या गरी फालिएको अवस्थामा शव नजिकैको लबलेक सामुदायिक वनमा फेला परेको थियो ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार सडकबाट झण्डै ५० मिटर तल झाडीमा भेटिएकी भागरथीको टाउकोमा चोट देखिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x