×

NMB BANK
NIC ASIA

प्रतिनिधि सभा निर्वाचन– पहिलो चरणमा ४०, दोस्रो चरणमा ३७ जिल्लामा

माघ २७, २०७७

NTC
Premier Steels

सरकारले वैशाख १७ र २७ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचन पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा गर्ने निर्णय गरेको छ ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १७ गते ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो चरणमा प्रदेश २, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशमा चुनाव हुनेछ । दोस्रो चरणमा प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने निर्णय भएको सरकारका एक मन्त्रीले लोकान्तरलाई जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद्को निर्णयबारे प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार निर्वाचन आयोगलाई जानकारी गराएका छन् ।

Vianet communication

आयोगले निर्वाचनको तयारीको काम भइरहेको र तोकिएको समयमै चुनाव गर्न प्रतिबद्ध रहेको प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । 

‘प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आयोगको तयारीबारे जानकारी गराउनुभयो । प्रधानमन्त्रीज्यूले आयोगको काम सन्तोषजनक रहेको हुनाले धन्यवाद ज्ञापन गर्नुभएको छ । निर्वाचन तयारीका लागि ध्यानाकर्षण गराउनुभएको छ,’ प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले भने । 

गएको पुस ५ गते मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमै चुनाव हुने बताउँदै आएका छन् ।

प्रतिनिधि सभा विघटन विरुद्ध परेका रिट सर्वोच्च अदालतमा विचाराधीन छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x