×

NMB BANK
NIC ASIA

हलेसी तुवाचुङ नगरपालिकाको वित्तीय प्रगति ३७ प्रतिशत

फागुन ८, २०७७

NTC
Premier Steels

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले चालू आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी दिएको छ ।

Muktinath Bank

शुक्रवार आयोजना गरिएको आठौं नगर सभाले आर्थिक वर्ष २०७७/०७८ का लागि ५२ करोड ९९ लाख १३ हजार ६५२ रुपैयाँ रकम स्वीकृत गरेकामा चालूतर्फ विनियोजन भएको ५ करोड ४२ लाख ५३ हजार ६६० मध्ये २ करोड ९० लाख ६६ हजार ८२२ तथा पुँजीगततर्फ १७ करोड ८१ लाख ६० हजार ९९० रुपैयाँ विनियोजन भएकोमा ५ करोड ६३ लाख ४३ हजार ७४८ रुपैयाँ खर्च भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३.४७ प्रतिशत र पुँजीगततर्फ ३१.६२ प्रतिशत वित्तीय प्रगति भएको नगर उपप्रमुख विमला राईले जानकारी दिइन् । शिक्षा शाखाका लागि १९ करोड ९५ लाख रुपैयाँ विनियोजन भएकामा ७ करोड ९६ लाख ७६ हजार ८६२ रुपैयाँ खर्च भएको, महिला तथा बालबालिका शाखाका लागि ५२ लाख विनियोजन भएकोमा १ लाख ४० हजार ५२० खर्च भएको, स्वास्थ्य शाखाका लागि ५ करोड ७१ लाख विनियोजन भएकामा २ करोड ७४ लाख ६५ हजार ५४० खर्च भएको, योजना शाखाका लागि १७ करोड ८१ लाख ६० हजार ९९० रुपैयाँ विनियोजन गरिएकोमा ५ करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको तथा युवा तथा खेलकुदका लागि विनियोजन गरिएको २० लाख विनियोजन गरिएकोमा ५ लाख ९४ हजार ६९० खर्च भएको छ ।


Advertisment
Nabil box
Kumari

नगर सभाले चालू आर्थिक वर्षको स्वीकृत ८ वटा योजनालाई औचित्यता, कारण र पुष्ट्याइँसहित संशोधन गरेको छ । ३ लाख ५० हजार विनियोजन गरिएको कालिका–देवीथान–धोद्रेखोला ग्रामिण सडक निर्माण योजनालाई संशोधन गर्दै गैरीगुठ तारेभीर हलेसी ग्रामीण सडक निर्माण योजना कायम गरिएको छ ।

Vianet communication

१ लाख विनियोजन गरिएको ताराखसे–गैरीगाउँ–आहाल तथा इन्टेक निर्माण योजनालाई संशोधन गर्दै उद्यमशीलताका लागि ड्राइभिङ तालीम कायम गरिएको नगर सभामा जानकारी दिइएको छ । नगर उपप्रमुख राईले प्रस्तुत गरेको नगरपालिकाको विषयगत शाखा तथा समग्र कार्यक्रमको वित्तीय र भौतिक प्रगति प्रतिवेदन तथा नगर प्रमुख इवन राईले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावलाई पारित गरेको छ ।

११ वडा रहेको नगरपालिकाले गत आर्थिक वर्ष राजस्व बाँडफाँडतर्फको तोकिएको बजेट नआउँदा अधुरा रहेका योजना पूरा गर्न चालू आवको साढे ५ करोड रुपैयाँ बढी रकम खर्च गरेको छ ।

नगरपालिकाको आठौं हिउँदे नगर सभामा उपप्रमुख राईले चालू आवको वित्तीय तथा भौतिक प्रगति प्रस्तुत गर्ने क्रममा संघ र प्रदेशले सिलिङअनुसार राजस्व बाँडफाँडतर्फको पैसा नपठाउँदा अधुरो रहेका योजना पूरा गर्न ५ करोड ५९ लाख ८९ हजार आर्थिक दायित्व पूरा गर्नुपरेको जानकारी दिए ।

कोभिड–१९ को कारण देखाउँदै संघ र प्रदेशबाट सिलिङ अनुसारको बजेट नआउँदा आव २०७६/०७७ को अधुरा योजना सम्पन्न गर्ने गरी आर्थिक दायित्व निर्वाह गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको नगर सभामा जानकारी दिइएको छ । गत वर्ष प्रदेश र संघबाट सिलिङ अनुसारको बजेट नआएपछि नगरपालिकाको नगर सभाले अधुरा योजना पूरा गर्नका लागि ५ करोड ५९ लाख ८९ हजार रुपैयाँ विनियोजन गरेको थियो ।

विनियोजन भएका बजेटमध्ये हालसम्म ३ करोड ७६ लाख १७ हजार भुक्तानी भइसकेको र १ करोड ८३ लाख ७२ हजार रुपैयाँमध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपूरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको छ । नगरस्तरीय २२ वटा अधुरा योजनालाई पनि पहिलो प्राथमिकतामा राखेर चालू आवको नगरसभाबाट बजेट विनियोजन गरेर अघि बढाइएको छ ।

बजेट अभावमा अलपत्र र अधुरो रहेका योजनालाई पूरा गर्न यस वर्ष प्राथमिकतामा राखिएको नगर प्रमुख राईले बताए । ‘हामीलाई प्राप्त भएको सिलिङअनुसार बजेट निर्माण गर्‍यौं, योजना बनायौं र सम्झौता गरेर काम अघि बढायौं,’ उनले भने, ‘तोकिएको बजेट नआएपछि धेरै योजना अधुरो रहन पुगे । त्यही अधुरो योजना पूरा गर्न हामीले चालु आवको बजेटबाट रकम व्यवस्था गरेर अधुरो रहेका कामलाई अघि बढाएका हौं ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x