×

NMB BANK
NIC ASIA

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश

फागुन ९, २०७७

NTC
Premier Steels

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ ।

Muktinath Bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- माधव नेपाल समूहका ३२ सांसदका तर्फबाट दर्ता भएको अविश्वासको प्रस्ताव पूर्व मन्त्री समेत रहेका सांसद इन्द्र आङ्बोले आइतवार प्रदेश सभामा पेश गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभा विघटन सम्बन्धमा मतान्तर भएकाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको आङ्बोले बैठकमा बताए ।


Advertisment
Nabil box
Kumari

'राजनीतिक रूपमा नेकपा विभाजित भएर आ-आफ्ना गतिविधि अगाडि बढिरहेको कुरा सर्वविधितै छ । प्रधानमन्त्रीज्यूले चाल्नुभएको कदमका विषयमा हामीबीच मततान्तर रहन गयो । माननीय मुख्यमन्त्रीज्यूले यसलाई अग्रगमन र प्रधानमन्त्रीको बाध्यकारी कदम भन्नुभएको छ, तर हामीले यसलाई गम्भीर र प्रतिगामी कदमको रूपमा लिएकाले मुख्यमन्त्रीप्रति हामी सहमत हुन सकेनौं,' प्रस्ताव पेश गर्दै आङ्बोले भने ।

Vianet communication

शुरूमा ३७ सांसदको हस्ताक्षरसहित प्रस्ताव पेश गरिएकोमा विभिन्न मितिमा ५ जनाले हस्ताक्षर फिर्ता लिएको सभामुख प्रदीपकुमार भण्डारीले बैठकमा जानकारी गराए ।

अविश्वासको प्रस्तावमा सांसद आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक छन् ।

प्रचण्ड नेपाल पक्षका सांसदहरूले पुस १२ गते प्रदेश सभा सचिवालयमा दर्ता गरेको प्रस्ताव झण्डै २ महिनापछि आइतवार प्रदेश सभामा पेश भएको हो ।

प्रस्ताव पेश भएसँगै प्रदेश सभाको बैठक फागुन २० गते बिहीवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

प्रतिनिधि सभा विघटन भएपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

बैठक पटक-पटक स्थगित हुँदा उक्त प्रस्ताव प्रदेश सभामा पेश हुन भने पाएको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x