×

NMB BANK
NIC ASIA

गाउँलाई शहरसँग जोड्न १३ पक्की पुल

फागुन १५, २०७७

NTC
Premier Steels

हिमाली जिल्ला म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्न विभिन्न स्थानमा १३ पक्की पुल निर्माण गर्न थालिएको छ । एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीका ग्रामीण बस्तीलाई शहरसँग जोड्ने गरी सडकको पहुँच पु¥याउन गण्डकी प्रदेश र सङ्घ सरकारले १३ पक्की पुल निर्माण गर्न लागेको हुन् ।

Muktinath Bank

प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालय म्याग्दीले १०, सङ्घीय सरकारअन्तर्गतको सडक डिभिजन कार्यालय बागलुङले दुई र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत एक पक्की पुल निर्माण गर्न लागिएको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार पूर्वाधार विकास कार्यालय मार्फत निर्माण हुने तीन पुल आगामी जेठ महिनासम्म सम्पन्न गर्ने लक्ष्य छ । अन्नपूर्ण गाउँपालिकाको हिस्तान र राम्चेलाई जोड्ने सन्सारी खोला पुल, मालिका गाउँपालिका केन्द्र दरवाङको छयारछेरेको म्याग्दी खोलामा निर्माण हुने पुल र मराङ बेँसी अर्कला पुल जेठ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सोही लक्ष्यलाई पछ्याउँदै अहिले यी तीनवटा पुलमा धमाधम काम भइरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैगरी मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरदेखि वडा नम्बर ५ अर्मनलाई गाउँपालिका केन्द्रसँग जोड्न म्याग्दी खोलामा बन्न लागेको पुल पनि निर्माणाधीन अवस्थामा छ । रु ११ करोड २४ लाख २५ हजार ५२ लागतमा म्याग्दीखोलामा पक्की पुल बनाउन लागिएको हो । असी मिटर लम्बाइ रहने यो पुल दुई वर्षमा सक्ने गरी २०७५ पुस २५ गते लुम्बिनी प्राकृतिक जेभीसँग ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ । कार्यालयका अनुसार यो पुलको भौतिक प्रगति ६५ प्रतिशत छ । आगामी एक वर्षभित्र दुवै पुलको निर्माण सक्ने गरी यतिखेर धमाधम काम भइरहेको छ ।


Advertisment
Nabil box
Kumari

बेनी नगरपालिका–४ सिङ्गादेखि मङ्गला गाउँपालिकाको वडा नम्बर ३ वरङ्जालाई जोड्ने गरी म्याग्दी खोलामा पक्की पुल निर्माणाधीन छ । यो पुलको कूल लागत रु १० करोड ७२ लाख १२ हजार छ । यो पनि लुम्बिनी प्राकृतिक जेभीले बनाउन लागेको हो । अहिलेसम्म पुलको ६० प्रतिशत भौतिक प्रगति भएको छ ।

Vianet communication

पूर्वाधार विकास कार्यालय म्याग्दीले निर्माण गर्न लागेको मालिका–७ भारबाङघाट सडक पुलको ४५ प्रतिशत भौतिक प्रगति भएको कार्यालयले जनाएको छ । भारवाङको पुल निर्माण गर्न देव एण्ड सायर बिएन जेभीसँग रु छ करोड २४ लाख २३ हजारमा ठेक्का सम्झौता भएको थियो । उता पश्चिम म्याग्दीको मालिका–५ र धौलागिरि–७ को सिमाना दाङखोलामा पनि पक्की पुल निर्माण गरिने भएको छ । यो पुलका लागि  इन्द्रेणी फेवा जेभीले रु एक करोड ९३ लाखमा ठेक्का सम्झौता गरेको छ ।

बिमदेखि मराङ र मल्कबाङलाई जोड्ने अर्कलामा निर्माणाधीन पक्की पुलको पनि ३५ प्रतिशत भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । रु दुई करोड ७२ लाखमा फेवा सावित्री जेभी पोखरासँग एकवर्ष अघि ठेक्का सम्झौता भएको थियो । यसरी म्याग्दीका विभिन्न बस्तीलाई शहरसँग जोड्ने गरी धमाधम पुल निर्माण कार्यले गति लिन थालेपछि स्थानीयमा उत्साह जागेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x