×

NMB BANK
NIC ASIA

राजधानीको विकास गर्न एकीकृत विकासका लागि साझा अवधारणा

फागुन १५, २०७७

NTC
Premier Steels

काठमाडौँ जिल्लाको एकीकृत विकासका लागि साझा अवधारणा बनाइने भएको छ । काठमाडौँका ११ वटै नगरपालिकाले एकीकृत विकासका लागि साझा समस्याको सामूहिक रूपमा समाधान गर्दै एकीकृत विकास गर्न रणनीति बनाइन लागिएको हो ।

Muktinath Bank

काठमाडौँ जिल्ला सङ्घीय राजधानी सहर भएकाले यहाँका विद्यमान समस्याको समाधान गर्न पनि स्थानीय तहले सामूहिक रणनीति बनाउनुपर्ने यहाँका स्थानीय तहलाई दबाब दिँदै आएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फोहोरमैला व्यवस्थापन, पर्यटन विकास, ट्राफिक समस्या समाधान, खानेपानीको उपलब्धता, सांस्कृतिक सम्पदाको संरक्षण, उत्पादित कृषि योग्य जमिनको संरक्षण गर्दै तरकारी बजारको व्यवस्थापन गर्ने काठमाडौँका ११ वटै नगरपालिकाका प्रमुखले प्रतिबद्धता जनाए ।


Advertisment
Nabil box
Kumari

शुक्रबारदेखि सुरु भएको काठमाडौँ जिल्ला समन्वय समितिको चौथो जिल्ला सभामा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ जिल्लाको एकीकृत समस्यालाई सामूहिक रूपमा समाधान गर्नेगरी जिल्ला समन्वय समितिले सारेको प्रस्तावलाई आफूहरू कार्यान्वयन गर्न तयार भएको बताए।

Vianet communication

“काठमाडौँमा भएका पुराना बस्तीको संरक्षण र नयाँ बस्तीको विकास गर्नुपर्नेछ”, उनले भने, “फोहोरमैला व्यवस्थापन र व्यवस्थित वधशाला निर्माणका लागि सामूहिक अवधाराण बनाउनुपर्छ ।”

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले स्थानीय किसानले उत्पादन गरेको तरकारी सस्तो र सर्वसुलभ रूपमा उपभोक्ताको हातमा पु¥याउनका लागि काठमाडौँका चार दिशामा कम्तीमा चारवटा कृषि तरकारी बजारको व्यवस्था गर्नुपर्नेमा जोड दिए । “तरकारी बजार जस्तै यहाँ ससाना स्थानीय सरकारको लगानीमा उद्योगसमेत खोल्न सकिन्छ”, उनले भने, “सामूहिक समस्याको समाधान गर्न सामूहिक रूपमा लगानी गर्न सकिन्छ, त्यस्तो निर्णय जिल्ला सभाले गर्नुपर्छ ।”

बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्धवप्रसाद खरेलले काठमाडौँका ११ वटै नगरपालिकाको एकीकृत विकास गर्न सकिने भए पनि त्यसको प्रस्ताव जिल्ला समन्वय समितिले ल्याउनुपर्ने बताए । जिल्ला समन्वय समिति आफैसँग साधन, स्रोत र जनशक्ति नभएको तर स्थानीय सरकारले स्रोतको सुनिश्चिता गरी एकीकृत विकासको मोडल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।

दक्षिणकाली नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोल र कीर्तिपुर नगरपालिका उपप्रमुख सरस्वती खड्काले स्थानीय तहमा उत्पादन भएका वस्तुको बजारीकरण गर्ने र रोजगारमुखी कार्यक्रम अगाडि सार्नका लागि जिल्ला समन्वय समितिले कार्यक्रम ल्याउनुपर्ने बताए  ।

जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले जिल्लाभित्रका ११ वटै नगरपालिकाले साधन र स्रोतको सुनिश्चितता गर्ने हो भने समन्वय समितिले आवश्यक सहजीकरण र समन्वय गर्न सक्ने बताए ।
सभामा जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारीले जिससको आगामी नीति, कार्यक्रम र बजेट सभामा प्रस्तुत गरेका थिए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x