×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओली आज पोखरा आउँदै

फागुन १७, २०७७

NTC
Premier Steels

प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउँदै छन् । 

Muktinath Bank

पोखरा अमरसिंहचौरमा तय भएको आमसभा सर्वोच्च अदालतको फैसलासँगै उत्पन्न परिणामका कारण स्थगन गरी उनलाई गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलामा सरिक गराउन लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोक्रममा प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्नुका साथै नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ ।


Advertisment
Nabil box
Kumari

बिहान ११ बजे विमानबाट पोखरा विमानस्थल अवतरणपछि उनी गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यासपछि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यतालिका छ ।

Vianet communication

त्यसपछि पोखरा रंगशाला अवलोकन गर्नेछन् । 

राष्ट्रिय खेलकुद परिषद्का संरक्षक समेत रहेका प्रधानमन्त्री ओलीको पोखरा रंगशाला अवलोकनपछि आसन्न नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक खेलकुदका पूर्वाधार निर्माणमा बल पुग्ने पोखरेलीको अपेक्षा छ । 
प्रधानमन्त्रीको स्वागतका लागि पोखरा रंगशालाको विभिन्न स्थानमा स्वागतद्वार निर्माण गरिएको छ । 

राखेप सदस्यसचिव रमेशकुमार सिलवालले प्रधानमन्त्री ओलीले निर्माणाधीन अन्तर्राष्ट्रिय फुटबल रंगशाला, भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, टेनिस कोर्ट, बहुउद्देश्यीय कभर्ड हल लगायतका खेल पूर्वाधार अवलोकन गर्ने कार्यक्रम रहेको बताए ।

ठिक एक वर्ष अघि फागुन १२ मा नेकपाको प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्न उनी पोखरा आएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x