ट्विटरमा किन ट्रेन्ड भयो ‘अजय देवगण कायर हो’ ?

भारतमा तीन नयाँ कृषि कानूनविरुद्ध किसानहरूको आन्दोलन जारी छ । 

बलिउडका कतिपय कलाकारले यस विषयमा खुलेर राय दिएका छन् भने कतिपयले केही बोलेका छैनन् । 


Advertisement

मंगलवार किसान आन्दोलनका एक समर्थकले बलिउड अभिनेता अजय देवगणको कार रोकेर यस विषयमा किन मौन बसेको भन्दै प्रश्न गरेका छन् । 

मंगलवार बिहान लगभग साढे ८ बजे अजय फिल्मको शूटिङका लागि फिल्मसिटी गइरहेका थिए । फिल्मसिटीको गेटमा पुग्नै लाग्दा एक व्यक्तिले उनको कार रोके र सोधे, ‘किसानहरूले आन्दोलन गरेको १०० दिनभन्दा बढी भइसकेको छ । उनीहरूको समर्थनमा किन एउटा पनि ट्वीट नगरेको ?’


Advertisement

ती व्यक्ति अजयको कारअगाडि ठिंग उभिएका थिए । त्यसपछि हल्लाखल्ला भयो । लगभग १५ मिनेट अजयको कार त्यहीँ ठडियो । प्रहरी आएर अजयलाई बाहिर निकाले । 

पछि प्रहरीले ती युवकलाई पक्राउ गर्‍यो । युवकले अजयसँग किसान आन्दोलनको कुरा गर्न मात्र चाहेको प्रत्यक्षदर्शीहरूले बताए । 

यस घटनापछि सामाजिक सञ्जालमा अजय देवगण कायर हो भन्दै ट्रेन्डिङ चलेको थियो । मानिसहरूले अजयलाई यस विषयमा केही नबोलेको भन्दै आलोचना गरिरहेका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्