×

NMB BANK
NIC ASIA

एउटा दुर्लभ दृश्य : मोबाइल फालेर देश, दुनियाँ र दर्शनबारे अध्ययन गर्दै कानूनका विद्यार्थी

फागुन २२, २०७७

NTC
Premier Steels

बिहान ५ बजे घण्टी बज्यो । विद्यार्थीहरू जर्‍याक–जुरुक उठेर हात मुख धोए ।

Muktinath Bank

अघिल्लो दिन अबेर राति १० बजेसम्म कक्षामै रहेका उनीहरू बिहान ६ नबज्दै कम्पाउन्डमा भेला भए – मर्निङ वाकका लागि । प्राध्यापकलाई देखेपछि विद्यार्थीहरूले ‘गूड मर्निङ सर’ भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राध्यापकले जवाफ फर्काए – युरोपियन देशहरूमा प्रायः बिहानको समयमा घाम नलाग्ने भएकाले घाम लागेको दिन ‘गूड मर्निङ’ भनिन्छ, हाम्रोमा ‘मर्निङ’ भने मात्र हुन्छ ।


Advertisment
Nabil box
Kumari

मर्निङ वाकको रुट थियो – नमोबुद्ध नगरपालिका–२ फुलबारीदेखि भकुण्डेबेशी नजिकैको सैनिक ब्यारेकसम्मको ओरालो र उकालो । झण्डै १० किलोमिटर वाक गरेपछि उनीहरू खाजा खान क्यान्टिनमा भेला भए । 

Vianet communication

सहभागी विद्यार्थीमध्ये कतिपयका लागि उकाली–ओराली जीवनकै पहिलो अनुभव हो । काठमाडौंका ‘हुनेखाने’ परिवारका छोराछोरी । यीमध्ये अधिकांशले जीवनमा दुःख र अभाव झेल्नुपरेको छैन । सामान्यतया बिदाको दिनमा ७–८ बजेसम्म ओछ्यान नछाड्ने पुस्ता । 

विगत ३ दिनदेखि उनीहरू घरपरिवारबाट टाढा छन्, साथमा मोबाइल छैन, इन्टरनेटबाट पनि पूरै अलग तर उनीहरू रमाइरहेका छन् । १ मिनेट मोबाइल फोन नछाड्ने पुस्ता अहिले १ हप्तादेखि मोबाइल फोन विनै काम गरिरहेको छ । १० दिनसम्म उनीहरूले मोबाइल प्रयोग गर्न पाउने छैनन् ।

शनिवार काठमाडौं ‘स्कूल अफ ल’को भकुण्डेबेशीमा रहेको ‘आउट रीच क्लास’को दृश्य हो । भक्तपुरको दुवाकोटमा रहेको कलेजमा अध्यापन हुन्छ भने ‘आउट रीच’ कार्यक्रम काभ्रेमा रहेको होस्टलमा हुन्छ । 

काठमाडौं स्कूल अफ लको ५ वर्षे बीए एलएलबी पहिलो वर्षका विद्यार्थीहरू अहिले बन्द क्याम्पभित्र छन् । जहाँ कोर्सका कोरा सैद्धान्तिक कुराभन्दा पनि उनीहरू देश दुनियाँ, अध्यात्म दर्शनदेखि पूर्वीय सभ्यताका कुराहरू पढिरहेका छन् । जो भविष्यमा प्रधानन्यायाधीशसम्म बन्ने अभिलाशा लिएर काठमाडौं स्कूल अफ लमा अध्ययन गर्न आएका छन् ।

मोबाइल र इन्टरनेट विनाको अलग्गै संसार

डेढ दशकअघिसम्म नेपालमा मोबाइल फोन र इन्टरनेटको सर्वसुलभता यति थिएन । पछिल्लो दशकमा नेपालमा सूचना प्रविधिको क्रान्ति नै भयो । मोबाइल फोन र इन्टरनेट विनाको जीवन मानिसहरूले कल्पना गर्न छाडे । अहिले हरेक नेपाली युवाको हातमा मोबाइल फोन छ, शहरीया विद्यार्थीसँग त झन् महंगा स्मार्ट फोन । 

मोबाइल र इन्टरनेटबाट अलग हुँदा युवा पुस्ताले कस्तो महसूस गरिरहेको होला ? ‘मोबाइल विना पनि बाँच्न सक्ने रहेछौं । अहिले हामी साथीहरूबीच नयाँ–नयाँ कुरा गर्छाैं । नयाँ कुरा सिक्दा हामीले घर परिवारको याद गर्ने समय पाएका छैनौं,’ छात्रा अप्सना खड्काले भनिन्, ‘बिदाको दिन बिहान ८–९ बजे उठिन्थ्यो । यहाँबाट फर्केपछि कम्तिमा पनि ६ बजे उठ्नुपर्छ भन्ने अठोट लिएकी छु ।’

सनीस भण्डारीको अनुभवमा मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालले व्यक्तिलाई एकांगी र साँघुरो दायरामा ल्याइरहेको छ । ‘पहिला किताब पढ्नेहरू भिडियोमा झरे, फेसबूकमा स्टोरी हाल्यो बस्यो, धेरैको काम यही त हो आजकाल,’ भण्डारीले भने ‘३ दिनदेखि फोन चलाएको छैन, फोनको वास्ता पनि छैन ।’

मान्छे उत्पादनशील कुरामा व्यस्त हुँदा मोबाइल सोच्ने फुर्सद नहुने अनुभव छ अस्मिता तिमिल्सिनाको । प्रशंसा लुइटेलको नजरमा अहिले सोसल मिडिया केवल नकारात्मक कुराले भरिएको छ । ‘मानिसहरू मोबाइल स्क्रोल गरेर समय बर्बाद गरिरहेका हुन्छन्, जहाँ सोसल मिडियामा नकारात्मकबाहेक केही कुरा छैन,’ लुइटेल भन्छिन् । 

‘हामीमध्ये कोही प्रधानन्यायाधीश र कोही महान्यायाधीवक्ता बन्नेछौं’

बिहानको खाजापछि शनिवारको क्लास शुरू हुनुपूर्व ४९ जना विद्यार्थीले प्रोफेसरसँग कसम खाए – अबको ३० वर्षमा हामीमध्ये कोही प्रधानमन्त्री, कोही प्रधानन्यायाधीश, कोही न्यायाधीश, कोही कानून सचिव र कोही महान्यायाधीवक्ता बन्छौं । 

त्यसका लागि उनीहरूले थप प्रतिबद्धता जनाए – ‘हामी फजुल खर्च गर्दैनौं । मोबाइल फोन डिक्सनरीका लागि, सूचनाको लागि र आफूलाई समृद्ध बनाउनको लागि प्रयोग गर्छाैं । किनभने मोबाइलमा संसार छ, त्यो ज्ञान लिनको लागि ।’

यो समूहमा ४९ जनामध्ये ४१ जना छात्रा छन् । कानून विषयको अध्ययनमा महिलाहरूको सहभागिता बढ्दो छ । ‘अब सर्वोच्च अदालतमा बहस गर्न महिला अधिवक्ताहरूको संख्या बढ्नुपर्छ । अहिले वकालतमा अधिकांश पुरुष छन्, यो प्रवृत्ति अन्त्य हुनुपर्छ । प्रोफेसनमा आउन नचाहने यो बानी तिमीहरूले छाड्नुपर्छ,’ कलेजका प्रिन्सिपल प्राध्यापक डा. युवराज संग्रौलाले विद्यार्थीहरूसँग भने ।   

‘पश्चिमा संस्कृति पश्चिमका लागि, हाम्रो लागि पूर्वीय सभ्यता’

कानूनका विद्यार्थीहरूबीच विकास र राजनीति, सामाजिक समस्या, पूर्वीय सभ्यतादेखि जेनेरेसन ग्यापसम्मका विषयमा छलफल र विचार विमर्श चलिरहेको छ । आफ्नो मौलिक संस्कृति बिर्सेर किन नेपालीहरू पश्चिमा संस्कृतितर्फ आकर्षित भइरहेका छन् ? कानूनका विद्यार्थी विमर्श गरिरहेका छन् । पूर्वीय सभ्यताका अध्याताहरूले उनीहरूलाई पूर्वीय सभ्यताबारे कक्षा दिइरहेका छन् ।

‘स्मार्ट फोन’ बोक्ने अहिलेको नयाँ पुस्ता पश्चिमा संस्कृतिप्रति बढी झुकाव राख्छ । दशैं, तिहार, माघी, उभौली जस्ता पर्व बिर्संदै युवा पुस्ता विदेशी पर्वमा झुम्छ । 

पूर्वीय सभ्यताबारे उनीहरूले अध्ययन गरे । ‘हाम्रो समाजमा मेरो राम्रो, तेरो नराम्रो भन्ने अहम छ, पूर्वीय संस्कति पूर्वलाई राम्रो, पश्चिमा संस्कृति पश्चिमका लागि राम्रो,’ विद्यार्थी एलिसा कार्कीले भनिन्, ‘अरुको नक्कल गर्दा हामी न पूर्वको हुन सक्यौं, न पश्चिमको हुन सक्यौं ।’

एलिसा जस्तै प्रज्ञा बस्नेत पनि पूर्वीय सभ्यता पढ्दा प्रभावित भइन् । ‘अहिलेको विज्ञानको आविष्कारले पूर्वीय सोचलार्ई आत्मसात गरेको छ,’ उनको निष्कर्ष छ । 

मधेशबाटै दाइजोविरुद्ध जेहाद 

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विद्यार्थी भेला भएका छन् । तराई–मधेशको प्रतिनिधित्व उल्लेख्य छ । युवा–युवती दुवैथरि तराईको दाइजो प्रथाविरुद्ध एकजुट छन् । 

२१ औं शताब्दीको युगमा शिक्षित परिवार समेत दाइजोमा मोलमोलाइ गर्ने गरेकोमा यो पुस्ता आक्रोशित छ । ‘दाइजो खोज्नेसँग विवाह गर्दिनँ, दाइजोको नाममा म भिक्टिम भए भने म जस्तै केटीहरूको के हालत होला ?’ सर्लाहीकी प्रियका यादव भन्छिन् । 

‘छोरीहरूलाई दाइजोसँग दाँज्ने चलन अहिले पनि लाजमर्दो कुरा हो । दाइजो माग्नेलाई छोरी होइन, भिख दिनुपर्छ,’ जयन्ती लामिछानेले मधेशका साथीहरूप्रति ऐक्यबद्धता जनाइन् ।  

सुजितकुमार साहले आफू दाइजो प्रथाको विरोधी रहेको र अभियान नै सञ्चालन गर्ने बताए । ‘दहेज प्रथाको अन्त्यका लागि म्यासिभ चेतना जगाउनुपर्छ,’ साह भन्छन् । 

अंगली गुप्ताको विचारमा व्यक्ति मात्र नभई तराईको समाज नै दाइजोको विकृत संस्कारले गाँजिएको छ । ‘छोरीले मन पराएको केटासँग विवाह गर्न शुरूमा त बुवाको माइन्ड सेट चेन्ज गर्नुपर्‍यो । त्यतिले मात्र पुग्दैन, बुवाले त भन्नुहुन्छ दाइजो नदिने । तर समाजमा धेरै खालका मान्छे छन्, उनीहरू समस्या हुन्,’ अञ्जलीले भनिन् ।

‘देशको विकास गर्न राजनीतिक नेतृत्व सक्षम भएन’

देश किन विकास हुन सकेन ? जनताका आधारभूत समस्या किन समाधान हुन सकेनन् ? यी कलिला युवाले चिन्तन, मनन् र विचार मन्थन गरिरहेका छन् । ‘हाम्रा विद्यार्थीहरू गाउँको स्कूलमा गएर १० कक्षाका विद्यार्थीसँग कुरा गरे, उनीहरूको लेखाइको स्तर ३ कक्षाका विद्यार्थीको जस्तो छ, अनि कसरी सुधार हुन्छ सार्वजनिक शिक्षा ?’ विद्यार्थीहरूको अनुभवबारे एक शिक्षकले लोकान्तरसँग भने । 

विद्यार्थी राज पाण्डेको अनुभवमा अल्ट्रानेसनालिज्मका कारण तराईका जिल्लामा विकास शून्य भएको छ । ‘नातावाद र कृपावाद छ, नेताहरूले भोट बैंक सुरक्षित गर्नेबाहेक केही गरेनन् । मधेशमा विकास शून्य छ, राजनीतिक अस्थिरता छ,’ पाण्डेले भने ।

सुदीप न्यौपानेको विचारमा विकासको परिभाषा नै गलत भइरहेको छ । ‘मलाई लाग्छ कि काठमाडौं विकास भइरहेको छैन, केवल विकृतिको थुप्रो लागेको हो,’ न्यौपानेले भने ।

अर्की छात्रा निशा खत्री संविधान फेरिए पनि विकास प्राथमिकता र बजेट विनियोजन विधि उही रहेको बताउँछिन् । ‘गुठी विधेयकमा सडक तातेकै कारण व्यवस्था फेरियो तर किताबमा कर लगाउँदा युवाहरू सडकमा आउन सकेनन्,’ खत्रीले भनिन् । 

राजनीतिक दलभित्र भइरहेको विवाद र झगडाले सुप्रीना केसी दिक्क भएकी छन् । ‘विभिन्न राजनीतिक दलले देशलाई समाजलाई बनाउनेभन्दा पनि पार्टी पार्टीमा झगडा गरेर बसेका छन्, उनीहरू स्वार्थका लागि लडिरहेका छन्,’ केसी भन्छिन् । भरत खत्रीको विचारमा विकास देशको माटो सुहाउँदो हुनुपर्छ ।

१० दिनमा विद्यार्थीहरू ‘सोसलाइज्ड’ भएर फर्किन्छन् : डा. संग्रौला

घर छाडेर आवासीय अध्ययनमा आएका विद्यार्थीले घरपरिवार मिस नगरुन् भनेर उत्तिकै ख्याल गरिएको छ । ‘जंक फूड’ निषेधित छ । मौलिक नेपाली खानामा साग छुट्दैन ।

‘यसअघिका समूहका विद्यार्थीहरू यहाँबाट फर्केपछि उनीहरूको आनीबानीमा आमूल परिवर्तन आएको अभिभावकले ‘फीडब्याक’ दिनुभएको छ । विद्यार्थीहरू सामाजिक भएका छन्, घरमा हजुरबुवाआमासँग अन्तर्क्रिया गर्ने र घरमा आउने पाहुनासँग बोल्ने भएका छन्,’ डा. संग्रौलाले भने ।

संग्रौलाका अनुसार काठमाडौं स्कूल अफ लमा अध्ययन गरेका विद्यार्थीमध्ये करीब २० प्रतिशत सरकारी सेवामा छन् । ‘१५० भन्दा बढी शाखा अधिकृत भएका छन्, उनीहरूको प्रोमोसन र्‍यापिट छ । ३५ वर्षको उमेरमा सहसचिव यहीका विद्यार्थी (सन्देश श्रेष्ठ) भएका छन्, जो १८ वर्ष सचिव रहन्छ । ३० प्रतिशत विद्यार्थी वित्तीय कर्पोरेट हाउसमा छन्,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

जेठ १, २०८१

सरकारले आगामी पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षा प्राप्त हुने सुनिश्चितता गरेको छ । आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विद्याल...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x