×

NMB BANK
NIC ASIA

नेकपा अवैध भएकाले सो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध भएको दावी

फागुन २४, २०७७

NTC
Premier Steels

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अवैध भएकाले सो पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधि पनि अवैध हुने बताएको खबर नागरिक दैनिकमा छापिएको छ । ‘नेपाल कम्युनिस्ट पार्टी भन्ने दल ऋषि कट्टेलजीको भयो।योसँगै २०७५ जेठ ३ गतेयता एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपा नामबाट भएका काम पनि अवैध भए,’ उप्रेतीले भने, ‘सर्वाेच्चले सबै २०७५ जेठअघिको अवस्थामा रिस्टोर गरिदियो। एमाले र माओवादी केन्द्रलाई जनताले निर्वाचनमा जुन हैसियत दिएका थिए, त्यो त्यही हुने भयो, दुई पार्टीले एउटै दलको रूपमा गरेका काम कारबाही वैध भएनन्।’

Muktinath Bank

पार्टी बदरभएपछि त्यसका नामबाट भएका काम पनि वैध हुन नसक्ने उप्रेतीको बुझाइ छ।‘उपनिर्वाचनमा भाग लिएको पार्टी नै वैध नभएपछि त्यसका नामबाट निर्वाचित जनप्रतिनिधि वैध हुने कुरै हुँदैन,’ उप्रेतीले भने, ‘अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताएको अवस्थामा अब नेकपा एकतापछि एमाले र माओवादीका नामबाट अरू नयाँ दल दर्ता भएका भए पनि खारेज हुन्छन् वा तिनले अर्काे नाम लिनुपर्छ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ सालमा भएको प्रतिनिधिसभा, प्रदेशसभा रस्थानीय तहको निर्वाचनपछि संसद्मा पहिलो दल बनेको नेकपा एमाले र तेस्रो दल बनेको माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण घोषणा भएको थियो।एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जेठ २३ गते निर्वाचन आयोगमा दर्ता भएको थियो।यो नाम आफूले २०७० साउन २२ गते आयोगमा दर्ता गराएको दलसँग मिलेकाले खारेज गर्न माग राखेर नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले उजुरी दिएका थिए।आयोगले २०७५ कात्तिक ९ मा कट्टेलको उजुरी खारेज गरेपछि उनी सर्वाेच्च अदालत पुगेका थिए।


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x