फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
योगश्चितवृत्तिनिरोध अर्थात् योगले चित्तवृत्तिको निरोध गर्दछ । चित्तको वृत्तिलाई वास्तविक निरोध गर्नु नै योग हो ।
महर्षि पतञ्जलीका अनुसार हाम्रो अस्थिर मनलाई स्थिर बनाउनु नै योग हो । हाम्रो मनमा अनेक प्रकारका राम्रा नराम्रा वृत्ति उत्पन्न गर्दछ ।
योगले मानिसमा आफूभित्र रहेको रोगलाई निरोध गर्न सक्छ । योगले अज्ञानताबाट ज्ञानतर्फ, जडबाट चेतनातर्फ, निर्बलताबाट सबलतातर्फ, जीवनबाट ब्रह्मतर्फ, प्रत्यक्षबाट परोक्षतर्फ एवं सीमितबाट असीमिततर्फको आध्यात्मिक यात्रामा पुर्याउँछ ।
योगको वास्तविक अर्थ हो जोड्नु, मिल्नु वा एकाकार हुनु हो ।
यहाँ पुनः अर्को शब्दमा जीवात्मा र परमात्माको एकाकारको अवस्था नै योग हो भनेका छन् ।
हामीले योगको वास्तविक सिद्धान्तभन्दा टाढा रहेर आसनलाई नै योग ठानेका छौं । योगका ८ वटा खुड्किला छन् । यी आठ अंगलाई क्रमशः आत्मसात गर्यौं भने योगको यात्रामा हामी सही अर्थमा लाग्नेछौं । मनमा अपवित्र भाव तथा तृष्णा बोकेर हातखुट्टाको अभ्यास गर्नु योग हैन । त्यो शारीरिक अभ्यास मात्र हो । योगबाट सिद्धि प्राप्तिका लागि तलका सिंढीहरू उत्तरोत्तर चढ्नुपर्ने हुन्छ । यी आठ प्रकारका सिंढी यसप्रकार छन् ।
१) यम, २) नियम, ३) आसन, ४) प्राणायाम, ५) प्रत्याहार, ६) धारणा ७) ध्यान ८) समाधि
१) यम : यमको अर्थ संयम र नैतिकता हो । हामीले अरूलाई त्यस्तो काम गर्नुहुँदैन जस्तो काम अरूले आफूलाई नगरोस् भन्ने हाम्रो अपेक्षा हुन्छ । यमअन्तर्गत निम्न लिखित उप अंग छन् ।
अहिंसा: शब्दबाट, विचारबाट र कर्मबाट कसैलाई पनि हानी नपुर्याउनु अर्थात मन, वचन र कर्मद्वारा कुनैपनि प्राणीलाई कुनै अनि प्रकारको कष्ट नदिने भावना नै अहिंसा हो । अर्थात प्राणीहरूलाई प्रेम गर्नु नै अहिंसा हो ।
सत्य- सत्य विचार गर्नु र सत्यतामा स्थिर रहनु नै सत्य हो । अर्थात मनले जे बुझ्छ, आँखाले जे देख्छ, कानले जे सुन्छ त्यही बताउनु नै सत्य हो । सत्य बाहिरी मात्र नभएर आन्तरिक पनि अस्तेय: मन, वचन र कर्मदेखि नै चोरी नगर्ने तथा अर्को व्यक्तिको धनसम्पत्तिको लोभ नगर्नु नै अस्तेय हो ।
ब्रह्मचर्य :इन्द्रीय सुखमा संयम बन्नु तथा ब्रह्मज्ञानमा स्थिर रहनु अर्थात् समस्त ज्ञानेन्द्रीय तथा कर्मेन्द्रीयलाई संयममा राख्नु, वाणी र शरीरबाट बासनाभोग नगर्नु नै ब्रह्मचर्य हो ।
अपरिग्रह – आवश्यकताभन्दा धेरै संचय नगर्नु अर्थात् अनायास प्राप्त भएका सुखका साधनको त्याग, चोरीको त्याग, दानको अस्वीकार तथा आवश्यकताभन्दा धेरै सम्पत्ति तथा सामग्रीको सञ्चय नगर्नुलाई अपरिग्रह भनिन्छ ।
२. नियम: व्यक्तिगत नैतिकता । नियम अन्तर्गत निम्न लिखित उपअंग पर्दछन् ।
शौच :शरीर र मनको शुद्धि हुनु अर्थात् शरीरको बाह्य तथा आन्तरिक शुद्धिलाई शौच भनिन्छ । स्नान, सात्विक भोजन, राग / द्वेष आदिलाई त्यागेर मनका वृत्तिलाई निर्मल बनाउनु नै शौच हो ।
सन्तोष –आफ्नो अवस्थामा सधै सन्तुष्ट रहनु, आफ्नो मेहनत र कामले जे प्राप्त हुन्छ त्यसमा सन्तुष्ट तथा प्रसन्न हुनु नै सन्तोष हो ।
तप – सुख /दु:ख, जाडो/ गर्मी, भोक / प्यास आदि द्वन्द्वलाई सहन सक्ने जुन मानसिक र शारीरिक साधना हुन्छ, त्यसलाई तप भनिन्छ ।
स्वाध्याय – विचार शुद्धि र ज्ञानप्राप्तिको लागि अध्ययन, सत्संग र विचारको आदान – प्रदान नै स्वाध्याय हो ।
ईश्वर-प्रणिधान –ईश्वरप्रति पूर्ण समर्पण र पूर्ण श्रद्धा गर्नु अर्थात मन, बचन र कर्मदेखि ईश्वरको भक्ति, ईश्वरको नाम, रूप, गुण, लीला आदिको श्रवण, कीर्तन, मनन तथा सबै कर्ममा ईश्वरार्पण गर्नु नै ईश्वर प्रणिधान हो ।
३. आसन :आसनको अर्थ आरामले बस्ने, मूर्तिवत रहने, मनलाई आफ्नो अधिनमा राख्ने तथा शरीरलाई ढिलो छोड्ने र लचक बनाउने हो । शास्त्रमा ८४ प्रकारका आसनको उल्लेख गरिएको छ ।
४. प्राणायाम : श्वासप्रश्वास लिने विशिष्ट तरिकाबाट प्राणवायुलाई नियन्त्रणमा राख्ने ।
५. प्रत्याहार :जुन इन्द्रीयले मनलाई चञ्चल बनाउँछन्, ती इन्द्रीयलाई विषयबाट हटाएर मनलाई एकाग्र राख्नु नै प्रत्याहार हो । प्रत्याहारमा इन्द्रीय आफ्नो अधिनमा रहन्छन् र इन्द्रीयमाथि पूर्ण विजय प्राप्ति हुन्छ ।
६. धारणा – एकाग्रचित्त भएर आफ्नो मनलाई अधिनमा राख्नु । हृदय, भ्रुमध्य आदिमा एकटकले मनलाई अड्याउनु ।
७. ध्यान –निरन्तर ध्यान गर्नु, ध्याता र ध्येय एकाकार हुनु ।
८. समाधि –परम चैतन्यको अवस्था अर्थात आत्मासँग शरीर/ मन एकाकार हुनु । ध्यानको परिपक्वता नै समाधि हो । समाधिपछि प्रज्ञाको उदय हुन्छ । योगको अन्तिम लक्ष्य यहि हो ।
आसन
आसन अष्टांग योगको तृतीय अंग हो । जसमा योगासानबाट शरीरलाई हृष्टपुष्ट बनाउनुको साथै योग साधनाको लागि योग्य बनाउँछ । आसनको सिद्धिबाट नाडीको सुद्धि, आरोग्यको वृद्धि र स्फूर्ति प्राप्त हुन्छ । शरीर स्थिर रहोस् तथा मनले सुख अनुभूति गरोस् भन्ने आसनको अर्को ध्येय हो । आसनको ज्ञानबाट सृष्टिमा भएका जीवजन्तुले कसरी बस्दा सुखको अनुभव गर्छन्, त्यो थाहा हुन्छ र अनुभव पनि हुन्छ ।
साध्यत्वको दृष्टिबाट योग आसनलाई चार वर्गमा विभाजन गर्न सकिन्छ ।
(१ ) ध्यानात्मक आसन
(२ ) आरामदायक आसन / सहज साध्य आसन
(३ ) सांस्कृतिक / साधारण आसन / श्रम साध्य
(४ ) कठिन / कष्ट साध्य आसन
क्रियाको दृष्टिबाट योग आसनलाई ५ वर्गमा विभाजन गर्न सकिन्छ -
(१ ) उभिएर गर्ने आसन
(२ ) बसेर गर्ने आसन
(३ ) पेटको बलमा सुतेर गर्ने आसन
(४ ) पीठको बलमा सुतेर गर्ने आसन
(५ ) शिरको बलले गर्ने आसन
आसन गर्नको लागि निम्न नियम पालना गर्नुपर्दछ –
(१ ) योगासन गर्ने स्थान शान्त, स्वच्छ तथा हावा खेल्ने हुनुपर्छ ।
(२ ) पेट खाली हुनुपर्छ ।
(३ ) भूमि समतल हुनुपर्छ ।
(४ ) मन एकाग्र हुनुपर्छ ।
(५ ) श्वास गति तथा मन सामान्य एवं शान्त राख्नुपर्छ ।
(६ ) अभ्यास बिस्तारै बिस्तारै सरलतापूर्वक गर्नुपर्छ ।
(७ ) दैनिक अभ्यास गर्नुपर्छ ।
(८ ) थोरै र सहज कपडा लगाउनुपर्छ ।
(९ ) प्रशिक्षकको निर्देशन अनुरुप सहि तरिकाले गर्नुपर्छ ।
(१० ) सन्तुलित तथा हल्का भोजन गर्नुपर्छ ।
(११ ) आँखा खुला अथवा सहज भावमा राख्नुपर्छ ।
(१२ ) नाकबाट सास लिनुपर्छ ।
(१३ ) मनमा आत्म विश्वास तथा शारीरिक निरोगताको भावना हुनुपर्छ।
केही लोकप्रिय आसनहरू :
सिद्धासन, पदमासन, स्वास्तिकासन, सुखासन, गोमुखासन, वज्रासन, योगासन, मत्स्यासन, शीर्षासन, सूर्य–नमस्कारामन, शवासन आदि । मनको शक्ति यताउता फैलिएका किरण समान हुन्छ । जब ती किरणलाई एकीकृत गरिन्छ, त्यसले मनलाई आलोकित गर्दछ । योगको अभ्यासले जबसम्म मनका विकार कम हुँदैनन् तबसम्म आध्यात्मिक ज्ञानको प्रकाश उपलब्ध हुँदैन ।
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...