×

NIC ASIA

जसपाका युवा सांसदको मत

नेतृत्वलाई जसपा युवा सांसदको दबाब– मधेश मुद्दामा दायाँबायाँ नहोस्, पार्टी नफुटोस् !

चैत १, २०७७

Prabhu Bank
NTC
Premier Steels

जनता समाजवादी पार्टी (जसपा)का युवा सांसदले मधेश मुद्दामा दायाँबायाँ नहुन नेतृत्वलाई सचेत गराएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा भएको १३ सांसदको भेलाले मधेशको मुद्दाबाट दायाँबायाँ नहुन र सत्ता स्वार्थका लागि पार्टी विभाजन नगर्न नेतृत्वलाई सचेत गराउने निर्णय गरेको सांसद प्रमोद साहले लोकान्तरलाई जानकारी दिए ।

Muktinath Bank

सत्ता समीकरणमा निर्णायक देखिएको जसपा अनिर्णित बन्दा वर्तमान सरकारको भविष्य तथा भावी सत्ता समीकरण दुवै विषय अन्योलमा छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्तमान प्रधानमन्त्रीलाई साथ दिने कि नयाँ सत्ता समीकरण बनाउने भन्ने विषयमा राजपामा स्पष्ट दुई लाइन देखिँदा निर्णय लिन कठिनाइ भएको सोही पार्टीकै कतिपय सांसदहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

'अहिलेको विकसित परिस्थिति अनुसार के गर्ने भनेर नेतृत्व पंक्तिले कुनै निर्णय लिन नसक्दा छिटोभन्दा छिटो निर्णय लिएर एउटा निकास निकाल्न सकियोस् भन्ने उद्देश्यले हामी केही सांसदहरू बसेर भेला गरेका थियौं,' जसपा सांसद साहले लोकान्तरसँग भने, 'मधेशका मुद्दा सम्बोधनका साथै कुन पार्टीको नेतृत्वमा सरकारमा जान सकिने, सरकारमा नगएर बाहिरबाटै कसैलाई समर्थन गर्ने वा जसपाले नै आफैं सरकारको नेतृत्व गर्नुपरे त्यसका लागि तयार रहने भन्ने विभिन्न विकल्पमा छलफल भएको हो ।'

Vianet communication

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले कुनै पनि हालतमा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहकार्य हुन नसक्ने भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । अर्कातर्फ रेशम चौधरी लगायतका मुद्दा फिर्ताका लागि जसपाको कार्यदलले वार्ता समेत गर्दै आएको छ ।

जसपाका प्रभावशाली नेता राजेन्द्र महतोले भने आफूहरूको माग तत्कालै जसले पूरा गर्छ, उसैसँग सहकार्य हुने बताउँदै आएका छन् । अध्यक्ष महन्थ ठाकुरको धारणा पनि उनीसँग मिल्छ ।

वार्ता तथा संवाद गरे पनि कुनै पक्षले परिणाम दिन नसकेको उनीहरूको कथन छ ।

तर, सरकारी टोलीसँगको वार्ता भने सकारात्मक रूपमा अगाडि बढ्दै गएको जसपाका कार्यदल सदस्य लक्ष्मणलाल कर्ण बताउँछन् ।

कुन पक्षसँग सहकार्य गर्ने भन्नेमा सांसदहरू समेत दुई कित्तामा देखिन्छन् ।

जसपा सांसद एकवाल मियाले राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि जसरी कांग्रेस खुलेर आउनुपर्ने हो त्यसरी आउन नसकेको बताए ।

'कांग्रेस अहिलेसम्म खुलेकै छैन, उसले आफैं नेतृत्व गर्ने हो वा माओवादीलाई नेतृत्व दिने हो वा जसपालाई नेतृत्व दिने हो भन्ने कुरा खुलेर त आउनु पर्‍यो नि,' मियाँले लोकान्तरसँग भने, 'फेरि प्रचण्ड-देउवालाई विश्वास गर्ने आधार पनि त छैन । खोइ अहिलेसम्म माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको त ?'

उनले थपे, 'ओली नेतृत्वको सरकारलाई नै हाम्रो साथ चाहिएको छ भने रेशम चौधरी लगायतका मुद्दा फिर्ता लिन कसले रोकेको छ, अहिलेसम्म त्यो पनि त गरिएको छैन ।'

प्रचण्डले पनि सहकार्यका लागि वातावरण बनाउन नसकेको उनले बताए ।

जसपाका केही सांसद भने अरूले सरकारमा गएपछि गर्छौं भन्ने उधारो सम्झौता मात्र गर्न सक्ने भएकाले ओलीसँगै सम्झौता गर्दा तत्काल माग पूरा हुन सक्ने धारणा राख्छन् ।

'ओली सरकारमा जाँदा ओली मात्र यस्ता नेता हुन् जसले बोल्यो भने गरेर पनि देखाउँछन्,' जसपाका एक सांसदले भने, 'अरू नेताले मधेशको मुद्दा सम्बोधन गर्ला भनेर आश पनि गर्न सकिन्न, तर ओलीले अहिलेको परिस्थितिमा माग पूरा गर्न सक्ने हुनाले ओलीसँगै जाँदा ठीक हुन्छ ।'

अन्त्यमा उपेन्द्र पनि ओलीकै पक्षमा जान बाध्य हुने उनको तर्क छ ।

'मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, कैदीबन्दीको रिहाइ लगायतका मुद्दा तत्काल ओलीले सम्बोधन गरेमा जसपाका अधिकांश सांसदहरू ओली सरकारमा जाने लक्षण देखिएको छ,' ती सांसदले भने, 'उपेन्द्रजीले कुनै पनि हालतमा ओलीसँग सहकार्य गर्न नसकिने भनेर भनिरहँदा अन्तिममा उपेन्द्रजी अल्पमतमा पर्नुहुन्छ । ओली सरकारमा जाने निर्णय गर्नका लागि अन्त्यमा उहाँ पनि तयार हुनुबाहेक अन्य विकल्प रहँदैन ।'

जसपा सांसद अमृता अग्रहरि यसपटक जसपाले उधारोमा डिल नगर्ने बताउँछिन् । 'ओली सरकारले हाम्रो समर्थन खोजेको हो भने हाम्रो माग पूरा गर्न कसले रोकेको छ, गरेर देखाइदिए भइहाल्यो नि,' उनले भनिन्, 'कुनै अन्य सरकारको समर्थन गर्नुभन्दा जसपाले नै सरकारको नेतृत्व गर्नुपर्ने परिस्थिति आउँदा त्यसका लागि पनि तयार छौं ।'

महन्थ ठाकुर त्यसका लागि उपयुक्त उम्मेदवार रहेको उनी बताउँछिन् ।

प्रधानमन्त्री बन्नका लागि पार्टीमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव सबै योग्य उम्मेदवार रहेका कारण त्यस्तो परिस्थिति आए पार्टीले कुनै एक व्यक्तिको नाममा सर्वसम्मत निर्णय गर्न सक्ने राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादव बताउँछन् ।

त्यसका लागि कुनै एक पक्ष होइन, राष्ट्रिय सहमति जुट्नु आवश्यक रहेको उनले बताए ।

जसपामा केही सांसद भने ओलीसँग कुनै पनि हालतमा मिल्नु नहुने बताउँछन् ।

प्रतिनिधि सभा विघटन गरेका ओली प्रतिगमनकारी, असंवैधानिक कदम भन्दै विरोध गरेर परास्त गरिएका व्यक्तिसँग कुनै पनि हालतमा सहकार्य गर्न नहुने जसपा सांसद रामबाबुकुमार यादव बताउँछन् । मधेशको मुभमेन्ट तथा राष्ट्रिय राजनीति पनि ओलीको विपक्षमा रहेका कारण जसपाले माओवादी तथा कांग्रेससँग सहकार्य गर्नुपर्ने उनको कथन छ । ओलीको आफ्नै घर भत्किन लागेको छ, एमालेमै माधवकुमार नेपाल लगायतले घर कतिबेला ढाल्ने हो त्यसको ठेगान नभएको अवस्थामा जानुभन्दा नयाँ बनिरहेको बलियो घरलाई काँध दिनु बुद्धिमानी हुने उनी बताउँछन् ।

ओलीसँग जसपाले सहकार्य गर्‍यो भने केही सांसद मन्त्री त बन्न पाउनेछन्, तर सत्ता भने नपाउने उनले बताए । ओलीले १२ वटासम्म मन्त्रालय देलान् तर उनले गरेका असंवैधानिक नियुक्तिहरूलाई बल पुर्‍याउनुको साटो अर्को गठबन्धनको सरकार बनायो भने मन्त्री संख्या कम त होला तर अन्य संवैधानिक नियुक्तिहरूमा हिस्सा पाएर सत्तामा समेत सहकार्य हुने उनको कथन छ ।

ओलीइतरको अन्य सरकार बन्दा उनले नियुक्त गरेका संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति, राजदूतहरूको नियुक्ति, प्रदेश प्रमुखहरूको नियुक्ति, सुकुम्बासी आयोगसहित अन्य नियुक्ति बदर गरेर नयाँ नियुक्ति पाउँदा ती सबैमा बराबरको हिस्सेदारी समेत पाउने हुनाले ओलीइतरको सरकार बनाउनुपर्ने यादव बताउँछन् ।

'१२ वटा मन्त्रीको ठाउँमा ८ वटा मन्त्री मात्र पाउन सकिएला, तर अन्य नियुक्तिमा हिस्सेदारी पाउदा आफू सँगसँगै सत्ताका स्थायी अंगहरूमा समेत आफ्नो मानिस नियुक्त गरेर अन्य सत्तामा पहुँच पाउन सकिन्छ,' उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x