×

NMB BANK
NIC ASIA

‘दुःखका साथ भन्नुपर्छ, अहिले हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट जुन प्रतिगमनकारी कदम चालियो त्यसका विरुद्धमा तपाईंहरू संघर्षको मैदानमा हुनुहुन्थ्यो । आज म अप्ठ्यारो महशुस गर्दैछु, त्यही पार्टीमा मलाई फेरि सर्वोच्च अदालतले घोक्र्याएर पठाइदिएको छ । सर्वोच्च अदालतले विचित्रको फैसला गरेको छ । हामी पुरानो ठाउँमा फर्किन खोजिरहेका छौं । तर विडम्बना भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टीभित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर अर्को आरोप लाग्ला, त्यसपछि कुन दिन मलाई घोक्र्याएर त्यहाँबाट पनि निकाल्दिने स्थिति बन्ला । तर त्यस्ता कुराबाट डराउनेवाला माधव नेपाल होइन ।

Muktinath Bank

चैत्र १४ गते नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा ‘नागरिक आन्दोलन’द्वारा आयोजित कार्यक्रममा नेकपा एमालेका नेता माधवकुमार नेपालले भनेका थिए । त्यसको पर्सिपल्टै अर्थात चैत्र १६ गते नेता नेपाल र भीम रावल ६ महिनाका लागि पार्टीबाट निलम्बनमा परे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिक रूपमा पार्टीभित्र समानान्तर कमिटीको अभ्यास गरेपनि चैत १६ गतेपछि माधव नेपाल एमालेको कुनै कमिटीमा छैनन् । दशकौंपछि उनी एमालेको केन्द्रीय कमिटी बाहिर छन् । परन्तु उनले फागुन २८ गतेदेखि भएका एमाले केन्द्रीय कमिटी बैठकका कुनै पनि निर्णय नमान्ने बताइसकेका छन् भने त्यसलाई आफ्ना समानान्तर गतिविधिबाट चुनौती पनि दिँदै आएका छन् ।


Advertisment
Nabil box
Kumari

एमालेबाट ६ महिनाका लागि निलम्बनमा परेपछि नेता नेपालले सामाजिक सञ्जाल फेसबूकमा सन्देश लेखे– 

Vianet communication

सञ्चारमाध्यममा आएअनुसार आज म र कमरेड भीम रावललाई निलम्बन गरिएको भन्ने कुरालाई म अस्वीकार गर्दछु । विधानविपरीत एकपक्षीय रूपमा गरिएका फाल्गुण २८ गते यताका निर्णयहरू अमान्य भएको र त्यसको आधारमा स्वघोषित महाधिवेशन आयोजक कमिटीको अध्यक्षलाई कारवाही गर्ने कुनै अधिकार नभएको स्पष्ट पार्दछु । नीति, विधि, नैतिकता, मूल्य, मान्यता र मापदण्डको पक्षमा दृढतापूर्वक उभिनुभएका सबै नेता कार्यकर्ताहरूलाई कति पनि विचलित नभई सबैखाले अतिवाद, स्वेच्छाचारिता र गलत प्रवृत्तिका विरूद्धमा दृढतापूर्वक लाग्न र प्रतिवाद गर्न हार्दिक अपिल गर्दछु । टुक्राटुक्रामा विभाजित कम्युनिस्ट आन्दोलनलाई एकीकृत, विस्तार र विकास गरेको हामीले हो । यसको रक्षा पनि हामीले नै गर्ने हो । मैदान छाडेर भागिने छैन । नेकपा (एमाले) हामीले निर्माण गरेको पार्टी हो । नवौं महाधिवेशनमा हाम्रो नीति पास भएको हो । अतः निराश होइन दृढ बनेर कम्युनिस्ट आन्दोलनको रक्षा गरौं ।

को असली एमाले ?  

पुस ५ गते प्रतिनिधि सभा विघटनको सिफारिश भएपनि तत्कालीन नेकपा र फागुन २३ गतेपछि ब्यूँतिएको एमालेमा एकले अर्कालाई कारवाही गर्ने शिलशिला नै चलिरहेको छ । पार्टी हितविपरीत प्रतिनिधि सभा विघटन गरेको भन्दै तत्कालीन नेकपाको एउटा पक्षले केपी ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो । 

अर्को पक्षले पुष्पकमल दाहाल प्रचण्डको कार्यकारी पद खोस्ने र नारायणकाजी श्रेष्ठको ठाउँमा प्रवक्ताको जिम्मेवारी प्रदीप ज्ञवालीलाई दिने काम गरेको थियो । नेकपा एकता भंग गर्ने फागुन २३ गतेको फैसलापछि ती कारवाहीहरू शून्यको अवस्थामा पुगे । पेरिसडाँडामा बिदाइ भएर माधव नेपाल लगायत नेताहरू पुरानो घर फर्किए ।

फागुन २३ गतेपछि भने एमाले भित्रको दुई लाइन संघर्ष उत्कर्षमा पुगेको छ । एकले अर्को पक्षको अस्तित्व स्वीकार गरेको छैन । संस्थापन पक्ष अर्थात् केपी शर्मा ओली पक्षले माधवकुमार नेपाल पक्षलाई एकपछि अर्को स्पष्टीकरण सोध्ने र कारवाहीको शिलशिला शुरू गरेको छ । 

एमालेको खनाल–नेपाल पक्षले चैत्र ४ र ५ गते काठमाडौंमा कार्यकर्ता भेला आयोजना गरेपछि चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमार्फत नेपाल पक्षका ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरे । ओलीले सोधेको स्पष्टीकरण नेपालले दिन्छन्, दिँदैनन् या उनको राजनीतिक भविष्य के हुन्छ भन्ने जिज्ञासा चैत ७ गतेबाटै शुरू भएको थियो । 

स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै ओलीले चैत १६ गते नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरे । स्पष्टीकरण सोधिएकामध्ये घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले झनै कडा जवाफ ओलीलाई फर्काएका छन् । एमाले स्रोतका अनुसार उनीहरूलाई पनि एक दुई दिनभित्रै निलम्बनको तयारी छ । 

आफूहरूलाई स्पष्टीकरण सोधिएपछि पनि नेता नेपालले आफ्नो पक्षको कार्यक्रम रोकेका छैनन् । बरु उनले एमालेको मूलधार आफूहरू भएको दाबी गरिरहेका छन् । 

चैत १० गते काठमाडौंमा विद्यार्थीहरूको भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरू नै सच्चा एमाले भएको दाबी गरेका थिए । ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन । अब केपी ओलीले जालझेल गरेर कानूनी हिसाबले कब्जा गरे भने विचार गरौंला होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बीमाले हन्, सीमाले हुन् । उनी यो पार्टी छाडेर गए हुन्छ ।’ 

१५ वर्ष नेतृत्व, १२ वर्षदेखि 'भूमिकाविहीन'

२०६४ सालको संविधान सभा निर्वाचनमा पार्टीले अप्रत्यासित पराजय व्यहोरेपछि माधव नेपालले एमालेको महासचिवबाट राजीनामा दिएका थिए । त्यो बेला माओवादीले प्रत्यक्षतर्फ १२० सीट जित्दा कांग्रेसले ३७ र एमालेले ३३ सीट जितेका थिए । संविधान सभा निर्वाचनमा एमाले तेस्रो स्थानमा खुम्चिएपछि नेपालले नैतिकताको आधारमा भन्दै महासचिव पदबाट राजीनामा गरेका थिए । 

२०६५ वैशाख १५ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेपालले दिएको राजीनामा स्वीकार गर्दै अमृतकुमार बोहोरालाई कार्यवहाक महासचिव तोकेको थियो । पछि झलनाथ खनाल नेतृत्वमा आए । 

२०६५ फागुन ५ देखि १४ गतेसम्म बुटवलमा सम्पन्न महाधिवेशनबाट झलनाथ खनाल अध्यक्ष निर्वाचित भएपछि एमालेको नेतृत्व विधिवत ढंगले नेपालबाट फुत्कियो । 

बन्दसत्रमा नेता नेपालले प्रतिस्पर्धाका आधारमा नेतृत्व चयन गर्ने भए आफू उम्मेदवार नबन्ने बताएका थिए ।

केपी शर्मा ओलीले मतदानमा जान उपयुक्त हुने धारणा राखेपछि नेपाल उम्मेदवार बनेनन् । 

२०७१ असार १९ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न निर्वाचनमा नेता नेपाल एमाले अध्यक्षमा केपी शर्मा ओलीसँग ४४ मत अन्तरले पराजित बन्न पुगे ।

ओलीले १ हजार ४७ मत प्राप्त गर्दा नेपालले १ हजार ३ मत प्राप्त गरेका थिए । महाधिवेशन भएको चार वर्षपछि माओवादीसँग एकता गरेर एमाले नेकपामा रुपान्तरित भयो । त्यसपछि पनि नेता नेपाल पार्टीको नेतृत्व गर्नबाट बञ्चित रहँदै आएका छन् । 

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकता भंग गर्दै एमाले ब्युँताइदिएपछि नेता नेपालको ‘वरिष्ठ नेता’को उपाधि पनि खोसियो । ७ वर्ष अघिको महाधिवेशनमा ४४ मतले पराजित भएका नेपालले आफूहरू नै एमालेको मूलधार भएको दाबी भने गरिरहेका छन् । 

२०२६ सालमा नेकपा (पुष्पलाल) समूहको सदस्यता लिएर नेपालले राजनीतिक यात्रा शुरू गरेका थिए । पञ्चायतको कठिन समयमा एमालेको संगठन निर्माणमा उनी दिनरात जुटेका थिए । 

एमालेमा माधव लिगेसी 

मध्यमार्गी नेता भएका कारण नेता नेपालले लामो समय एमालेको नेतृत्वमा बस्ने मौका पाए । २०५० सालमा मदन भण्डारीको रहस्यमयी हत्या भएपछि त्यो बेलाको जल्दोबल्दो पार्टी हाँक्ने जिम्मेवारी माधव नेपालको काँधमा आइपुग्यो । ‘ज्युँदो कार्ल माक्स’को उपाधि पाएका मदन भण्डारीको उत्तराधिकारीको रूपमा नेता नेपालले एमालेको कार्यकारी पद सम्हालेका थिए । 

मनमोहन अधिकारी अध्यक्ष र माधव नेपाल महासचिव भएको समयमा २०५१ सालको मध्यावधि निर्वाचनमा एमाले देशको पहिलो पार्टी बन्यो । अल्पमतकै भएपनि एमालेले ९ महिना सरकार चलायो । त्यही बेला शुरू भएको वृद्धभत्ताको ‘ब्याज’ एमालेले अहिले पनि खाइरहेको छ ।  

नेपाल एमालेको महासचिव रहेको समयमा मुलुकमा ठूलो आरोहअवरोह सिर्जना भयो । माओवादी सशस्त्र संघर्षको उठान र अवतरणको समयमा वैधानिक र ठूलो कम्युनिस्ट पार्टीको महासचिव नेपाल नै थिए । प्रतिनिधि सभा विघटन, राजदरबार हत्या काण्ड, निर्वाचित सरकार अपदस्थ र प्रतिगमनको कालखण्डमा अधिकांश समय प्रतिपक्षी दलको नेतामा माधव नेपाल थिए । 

माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सिलगुढीको यात्रा, प्रतिगमनविरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिका, संविधानसभा निर्वाचनका लागि दबाब लगायत कामले उनलाई राष्ट्रिय राजनीतिको केन्द्रमै राख्यो । 

नेपालको मध्यमार्गी भूमिकाकै कारण २०६४ सालको संविधानसभा निर्वाचनमा दुवै ठाउँमा आफ्ना उम्मेदवारले पराजित गर्दा पनि प्रचण्डले नेपाललाई संविधान सभामा ल्याउन धेरै कसरत गरे । मनोनित कोटाबाट नेपाल संविधान सभामा आए । परिस्थितिले प्रचण्ड विस्थापित भइसकेपछि प्रधानमन्त्रीको रूपमा नेपाललाई सिंहदरबार भित्र र प्रचण्डलाई सडकमा पुर्‍यायो । त्यसै समय प्रचण्डले नेपाललाई ‘विष वृक्ष’को संज्ञा दिए ।

नेपालबाट राष्ट्र संघीय नियोग अनमिनलाई फिर्ता पठाएर माओवादी लडाकूलाई सेनामा समायोजन गर्ने काममा नेता नेपालले नै ‘ब्रेक थ्रु’गरेका थिए । शान्ति प्रक्रियाका नाममा नेपाल मिसनलाई दशकौं लम्ब्याउने राष्ट्रसंघको योजना विफल भयो । 

नाम कम्युनिस्ट पार्टी भएपनि लोकतान्त्रिक अभ्यासमा भिजाउन नेता नेपालले भूमिका खेले । 

एमालेविनाको माधव नेपाल, नेपालविनाको एमाले

नेकपा एमालेलाई अहिलेको अवस्थामा ल्याउनुमा माधव नेपालको योगदानलाई धेरैले अस्वीकार गर्दैनन् । स्वयं केपी शर्मा ओली पक्षका नेताहरू पनि एमालेलाई देशको नेतृत्व गर्ने पार्टीको रूपमा स्थापित गर्न नेता नेपालको भूमिका आवश्यक रहेको ठान्छन् ।

‘नेकपा एमालेलाई यो हैसियतमा ल्याउन माधव नेपालको भूमिका कसैले नजरअन्दाज गर्न सक्दैन, नेतृत्वले कारवाही गर्ला तर कार्यकर्ता त्यो मान्न तयार छैनन्,’ अहिले ओली पक्षमा खुलेका एक नेताले लोकान्तरसँग भने । 

माधव नेपालले पनि एमालेसँग सम्बन्धविच्छेद गर्न चाहिरहेका छैनन् । फागुन २३ गते सर्वोच्च अदालतले एमाले ब्युँताइदिए पनि आफैँले कारवाही गरेका ओलीलाई स्वीकार गरेर फर्किनुभन्दा पेरिसडाँडाबाटै नयाँ पार्टीको घोषणा गर्नुपर्ने राय पनि नेपाल समूहमा उठेको थियो ।

तर नेता नेपालले भने एमालेभित्रै बसेर संघर्ष गर्नुपर्ने निष्कर्ष निकाले । चैत्र ४ र ५ गतेको कार्यकर्ता भेलामा पनि नेपालले सोही निष्कर्ष सुनाएका थिए । नेपाल पक्षीय नेताहरूका अनुसार समानान्तर गतिविधि नै गरेर पार्टीभित्र क्रियाकलाप जारी राख्ने नेपालको योजना छ । 

‘कम्युनिस्ट क्रान्तिकारीलाई एकढिक्का बनाएरै अगाडि बढ्नुपर्छ भन्ने माधव नेपालको मान्यता छ, शायद भविष्यमा पनि उहाँ सच्चा कम्युनिस्ट पार्टी बनाउने अभियानमै लाग्नुहुन्छ,’ केन्द्रीय सदस्य चूडामणि जंगलीले लोकान्तरसँग भने । 

माधव नेपाल पक्षले ओलीले अझै धेरै नेतालाई कारवाही गरुन् भन्ने चाहिरहेको छ । नेपाल पक्षीय नेता योगेश भट्टराईले कारवाहीका लागि आफूहरू लामबद्ध हुन तयार रहेको अभिव्यक्ति दिएका थिए । धेरैमाथि कारवाही हुँदा सहानुभूति बढ्ने र आगामी कदमका लागि पृष्ठभूमि बन्ने नेपाल पक्षीय नेताहरूको विश्लेषण छ । 

माधव नेपालले एमालेभित्रै संघर्ष गरिरहने बताइरहेको समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘माधव नेपालले एमालेमा विद्रोह गर्नुहुन्छ’ भनेर अभिव्यक्ति दिँदै हिँडेपछि नेपाल पक्षीय कार्यकर्ता नै भविष्यबारे अन्यौलमा छन् । 

‘आजको दिनमा झलनाथ र माधव नेपालविनाको एमाले चल्न सक्छ ? झलनाथ जसले ८/८ वर्षसम्म तत्कालीन मालेको महासचिव बन्नुभयो, एमालेको अध्यक्ष भएर पार्टी हाँक्नु भयो । माधव कमरेड जसले एमालेलाई त्यो उचाइमा पुर्‍याउनुभयो,’ युवराज ज्ञवालीले लोकान्तरसँग भने, ‘राजा ज्ञानेन्द्रको आदेश नमान्ने हामी केपी ओलीको आदेश मान्छौं ?’

नेकपा एमालेको नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका ज्ञवाली फागुन २३ गतेपछि गरेका क्रियाकलाप अवैध भएको दाबी गर्छन् । ‘यो पार्टी जेएन, माधव र हामी मिलेर बनाएको हो । हामी एमालेलाई फेरि पुनर्गठन गर्छौं’ ज्ञवालीले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x