भेस्पा १०० कस्टोमर रिक्रियसन राइड सम्पन्न

भेष्पाको लागि नेपालको आधिकारिक बिक्रेता दुगड ब्रदर्स एंड संस प्रा लि ले शनिवार भेष्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे वीचसम्म ‘१०० कस्टोमर रिक्रियसन राइड’ आयोजना गरेको थियो! 

राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको प्रा.लि.का उपाध्यक्ष विजय महतोले बताए । ‘ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेका हौं,’ उनले भने ।


Advertisement

भेष्पा प्रिमियम प्रडक्ट हो । भेष्पा ब्राण्डलाई थप परिचित गराउन पनि राइड सफल भएको महतो बताउँछन् । राइडमा सहभागी ग्राहकहरुलाई विभिन्न समूहमा विभाजन गरी सुकुटे वीचमा विभिन्न मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । 

राइडमा सहभागी सम्पूर्ण ग्राहकहरु खुसी भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले जानकारी दिइन् । ‘प्रिमियम प्रडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको छ,’ उनले भने, ‘प्रिमियम प्रडक्ट मन पराउने ग्राहकको पहिलो रोजाई नै भेष्पा हो ।’ 

भेस्पा राइडमा कम्पनीले मनोरन्जनका लागि विभिन्न रिक्रियसनल प्रतियोगिता पनि गराएको थियो । विभिन्न राइडरहरुले कम्पनीको तर्फ़बाट विभिन्न उपहार पनि जितेका थिए ! 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्