नक्कली नोट सहित ३ जना पक्राउ

सुनसरीको ईनरुवा नगरपालिका-४ स्टार होटल अगाडिबाट १ हजार रुपैयाँ दरको ४ सय १५ थान नेपाली नक्कली नोट सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-१९ बस्ने ६६ वर्षीय  टेक बहादुर तामाङ, हरिनगर गाउँपालिका-२ बस्ने २४ वर्षीय नजिम साफि र धरान उपमहानगरपालिका-१७ बस्ने महेन्द्र तामाङ रहेका छन् ।

नक्कली जाली नोटको कारोबार भईरहेको भन्ेब सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनीहरुको साथबाट काजमा पोको पारी राखेको उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।
उनीहरु उपर मुद्रा सम्बन्धि कसूर अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्