०८ असार २०८३, सोमबार

कोरोना पोजिटिभ बेहुलाले गरे बिहे, सबैले लगाए पीपीई किट (भिडियो)

बैशाख १४, २०७८
कोरोना पोजिटिभ बेहुलाले गरे बिहे, सबैले लगाए पीपीई किट (भिडियो)

भारतको मध्य प्रदेशमा कोरोनाकालको अनौठो बिहेको भिडियो सार्वजनिक भएको छ । 

बिहेमा बेहुला, बेहुली, पण्डित तथा अन्यले पीपीई किट लगाएका थिए । 

सरकारी अधिकारीहरूको उपस्थितिमा पीपीई किट लगाएर बेहुला बेहुलीले अग्नि परिक्रमा गरेका थिए । 

प्रशासनले शहरको एक मांगलिक भवनमा बिहे भइरहेको र दुलाहा कोरोना पोजिटिभ भएको खबर पाएको थियो । खबर पाएपछि तहसीलदार नवीन गर्ग बिहे रोक्न गएका थिए । 

तर घरपरिवारका मानिसले बिन्तीभाउ गरेपछि उनको मन पग्लियो । उनले आफूभन्दा माथिका अधिकारीलाई सोध्दा बिहे गर्न दिए हुन्छ भन्ने अनुमति पाए । 

तर पीपीई किट लगाएर बिहे गर्नुपर्ने शर्त उनले राखे । बेहुला बेहुली दुवै परिवारले यसमा सहमति जनायो र विवाह सम्पन्न भयो । 

पहिला प्रशासनले अनुमति दिइहाल्यो तर अहिले आएर प्रोटोकल उल्लंघन भएको भन्दै कारवाही गर्ने बताइरहेको छ । 

बिहेमा दुलाहाका तर्फबाट चार र दुलहीको तर्फबाट पण्डित समेत चारजना सहभागी थिए । 

दुलाहा दुलहीले बिहे गर्न नपाइएला भनी पीर लागेको तर प्रशासनको अनुमतिमा बिहे सम्पन्न गर्न पाउँदा खुशी भएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्