भारतमा कोरोनाको पीक जुन महिनामा मात्र आउने दाबी

भारतमा कोरोनाको दोस्रो लहरले अप्रिल महिनादेखि कहर मच्चाइरहेको छ । 

एक नयाँ अध्ययनले भारतमा जुन महिनामा मात्र कोरोनाको पीक आउने र त्यसपछि संक्रमण दर घट्ने बताएको छ । अर्थात् भारतका लागि मुश्किल समय अझै आउन बाँकी छ । 


Advertisement

हङकङको ब्रोकरेज कम्पनी सीएलएसएको अध्ययनमा कोरोनाको पीक जुन महिनामा आउने भनिएको हो । यो अनुमान अमेरिका, ब्राजिल र बेलायत लगायत १२ देशको विश्लेषणमा आधारित छ । 

ती १२ देशले कोरोनाको दोस्रो लहरको सामना गर्नुपरेको सथयो । ती देशका २ प्रतिशत जनसंख्यामा संक्रमण भएपछि बल्ल कोरोना पीकमा पुगेको थियो । 

अध्ययनमा लेखिएको छ, ‘दोस्रो लहरमा अहिले भारतको जनसंख्याको कुल ०.५ प्रतिशत मानिस संक्रमित छन् र २ प्रतिशत जनसंख्या संक्रमित हुन लगभग दुई महिना लाग्छ ।’

अहिलेकै गतिमा संक्रमण र मृत्युदर जारी रहेमा भारतका लागि भयावह स्थिति आउने देखिएको छ । 

यसअघि अमेरिकामा मिसिगन विश्वविद्यालयमा महामारी विशेषज्ञ भ्रामर मुखर्जीले पनि भारतमा कोरोनाको बढ्दो केसका विषयमा ट्वीट गरेका थिए । मे महिनाको मध्यसम्म दिनदिनै ८ देखि १० लाख नयाँ केस देखिने र मे २३ नजिक दिनदिनै ४५ सयजना कोरोनाका कारण ज्यान गुमाउन बाध्य हुने उनले बताए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्