×

NMB BANK
NIC ASIA

देउवा निवास पुगेका ओलीलाई कांग्रेसले भन्यो – अहिले विश्वासको मत दिन सक्दैनौं

बैशाख २२, २०७८

NTC
Premier Steels

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको काम कारवाहीका कारण अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएको छ ।

Muktinath Bank

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधवार भएको २ दलका शीर्ष नेताको बैठकमा कांग्रेसले अहिले सरकारलाई समर्थन गर्न सकिने अवस्था नरहेको बताएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रधानमन्त्री केपी शर्मा ओली सहितको टीम र हाम्रा सभापति शेरबहादुर देउवासहित कांग्रेसका नेताहरूको बैठक सौहार्दपूर्ण रूपमा बस्यो । मूलभूत रूपमा उहाँले विश्वासको मत लिइरहेको छु । कांग्रेसको सहयोगको अपेक्षा गर्नुभयो, हामी विपक्षी पार्टी हो, तपाईंलाई सहयोग गर्नसक्ने अवस्था छैन भन्ने कुरा राख्यौं,’ बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने । 


Advertisment
Nabil box
Kumari

बैठकमा प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षाका लागि विगतमा सहकार्य गरेको भन्दै फेरि सहकार्यका लागि प्रस्ताव गरेका महतले बताए । ‘हाम्रो उद्देश्य नै उहाँलाई असफल बनाउने भनेपछि सहयोग गर्छौं भन्ने कुरै भएन,’ महतले भने । 

Vianet communication

कांग्रेससँगको छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीसहित उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र एमाले संसदीय दलका उपनेता समेत रहेका संविधान सभाका पूर्व अध्यक्ष सुवास नेम्वाङ सहभागी थिए । 

कांग्रेसको तर्फबाट रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, नेता कृष्ण सिटौला लगायत थिए । देउवालाई भेट्न ओली सहितका नेताहरू अपराह्न ४ बजे बूढानीलकण्ठ पुगेका थिए । उनीहरूबीच झण्डै २ घण्टा छलफल भएको थियो । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x