×

गण्डकीमा अब कसको सरकार बन्छ ? लुम्बिनीकै प्रकरण दोहोरिन सक्ने विपक्षीमा भय !

बैशाख २६, २०७८

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि अब गण्डकी प्रदेशमा कस्तो सरकार बन्छ भन्ने कौतुहलता बढेको छ । आफूविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन एमाले नेता समेत रहेका मुख्यमन्त्री गुरुङले राजीनामा गरेका हुन् । 

गुरुङले राजीनामा गरेसँगै अविश्वासको प्रस्ताव तुहिएको छ । मुख्यमन्त्री गुरुङले राजीनामा गरेसँगै उनले फेरि सरकार गठनको गृहकार्य गरेका छन् भने विपक्षी गठबन्धनले पनि सरकार गठनको तयारी थाल्ने बताएको छ । 


Advertisment

मुख्यमन्त्री गुरुङको राजीनामासँगै प्रदेश प्रमुख सीता पौडेलले तीन दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् । ‘...नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको व्यहोरा सवैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले विज्ञप्ति मार्फत जनाएका छन् । 


Advertisment

२०७४ सालमा माओवादीको समर्थनमा एमाले नेता गुरुङ मुख्यमन्त्री बनेका थिए । सर्वोच्चको आदेशले नेकपा एकता भंग भएपछि माओवादीले सरकार छाडेको थियो । 

सरकार छाडेको माओवादीलाई साथ लिएर कांग्रेसले यसै महिनाको शुरुमा मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र पोखरेल नेपालीलाई मुख्यमन्त्री प्रस्ताव गरेर अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । संसदको विशेष अधिवेशन बोलाएर अविश्वासको प्रस्ताव पेश गरिएपनि मतदानको दिन जनमोर्चाका एक सांसद हराएपछि बैठक अनिश्चित कालका लागि स्थगित भएको थियो । 

६० सदस्य रहेको गण्डकी प्रदेश सभामा एमालेको २७ जना सांसद छन्, एक स्वतन्त्र सांसद दीपक मनाङे पनि गुरुङ नेतृत्वको सरकारमा मन्त्री छन् । बहुमतका लागि ३१ सांसदको आवस्यक पर्छ । एमालेलाई बहुमत पुर्याउन ३ सांसद जरुरी हुन्छ भने  विपक्षी गठबन्धनलाई एमाले बाहेक सबै दलको समर्थन जरुरी हुन्छ । 

प्रदेश सभामा कांग्रेसका १५, माओवादी केन्द्रको १२, जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन् । गण्डकी प्रदेशमा सत्ता समीकरणका लागि ३ सीट प्राप्त जनमोर्चा निर्णायक छ । 

यसअघि सरकारलाई समर्थन दिएको जनमोर्चाले गत महिना सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । जनमोर्चाकी सचेतक पियारी थापा आफूहरु अविश्वास प्रस्तावको पक्षमा रहेको बताउँछिन् । 

नेकपा एमालेले भने फेरीपनि गण्डकीमा आफ्नै नेतृत्वमा सरकार बन्ने दावी गरेको छ । आज मात्र नयाँ सरकार गठनका लागि आह्वान भएकोले भावी सरकार कस्तो बन्छ भन्ने खाका बनिसकेको छैन । 
गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सांसद प्रकाश चन्द्र दवाडीले लुम्बिनी प्रदेशमा जस्तै जालझेल गर्न लागिएको आरोप लगाए । ‘भोलि प्रदेश सभामा मतदानको कार्यसूची थियो त्यहीबाट छिनोफानो हुन्थ्यो, आज एकाएक राजीनामा गर्नुलाई हामीले षड्यन्त्र ठानेका छौं’ दवाडीले लोकान्तरसँग भने, ‘कसरी अगाडि बढ्ने भनेर हामीहरू छलफलमा छौं ।’

यसअघि लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा गरेर लगत्तै एमाले एक्लैको सरकार गठन गरेका थिए । विपक्षी एक सांसदले लुम्बिनीमा जस्तै गण्डकीमा पनि प्रदेश प्रमुखले गुरुङलाई नै फेरि मुख्यमन्त्री बनाउन सक्ने आशंका व्यक्त गरेका छन् ।

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x