कोरोना महामारीका बेला बैंकबाट यी ५ सेवा मात्र, ५० हजारभन्दा बढी पैसा मात्र जम्मा गर्न मिल्ने

कोरोनाभाइरस (कोभिड १९) को दोस्रो लहरका कारण फैलिएको महामारीका समयमा बैंकहरूले ५ किसिमका सेवामात्र दिने भएका छन् ।

जसअनुसार खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजारभन्दा माथि मात्रै), रकम स्थानान्तरण,  विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सेवा मात्रै उपलब्ध हुनेछ । 


Advertisement

त्यसबाहेक विकल्पमा सम्पूर्ण ग्राहकमा डिजिटल बैंकिङको प्रयोग गर्न नेपाल बैंकर्स एसोसिएसनले अनुरोध गरेको छ ।

डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने एसोसिएसनले जनाएको छ । 

बैंकहरूका सबै एटीएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरू समेत कार्यालय समयभर उपलब्ध हुनेछन् । 

नेपाल सरकारले अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई मध्यनजर गर्दै एसोसिएसनले यस्तो आग्रहसहित सेवाबारे जानकारी दिएको हो ।

हेर्नुहोस्, विज्ञप्ति :

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्