कोरोना महामारीमा सहयोग गर्न कोष खडा गर्दै पूर्व कप्तान खड्का

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले कोभिड–१९ महामारी नियन्त्रणमा सहयोग गर्नका लागि कोश खडा गर्ने भएका छन्।

खड्काले ट्विटरमा भिडियो राख्दै सबैलाई सहयोग गर्न आह्वान गरेका छन्।


Advertisement

उनले ‘ह्यास ट्याग सेभ नेपाल अलाइन्स’ मार्फत कोश खडा गर्न लागेको बताएका छन्।

कोशमा जम्मा हुने रकमबाट आवश्यकताका आधारमा नेपालभर कुनै पनि स्थानमा मेडिकल सामाग्री तथा अन्य सहयोग गर्ने पूर्व कप्तान खड्काले बताएका छन् ।

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्