×

NMB BANK
NIC ASIA

डिजिटल कारोबार बढेको बढ्यै

जेठ २, २०७८

NTC
Premier Steels

चालु आर्थिक वर्षको ९ महिनामा डिजिटल माध्यमबाट हुने कारोबार उल्लेख्य बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार मोबाइल बैंकिङ र क्यूआर कोडमार्फत हुने कारोबार संख्या अनि भुक्तानीको परिमाण दुवै उल्लेख्य बढेको छ ।

Muktinath Bank

कोभिड–१९ को महामारीसँगै राष्ट्र बैंकले डिजिटल माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गरिहेको छ । चैतमा मात्रै क्यूआर कोडमार्फत करिब ८ लाखपटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । करिब ८ आठ लाख पटक कारोबार हुँदा चैतमा क्यूआर कोर्डमा आधारित भएर २ अर्ब ७२ भन्दा बढी मूल्यबराबरको कारोबार भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्र बैंकले चालु आर्थिक वर्षको साउनदेखि क्यूआरमा आधारित भुक्तानीको तथ्यांक सार्वजनिक सुरु गरेको हो । साउनमा १ लाख ९५ पटक कारोबार भएको राष्ट्र बैंकको तथ्यांक छ । साउनमा क्यूआर कोडमा आधारित भुक्तानीमार्फत ५८ करोडको कारोबार भएको थियो । पछिल्लो ८ महिनामा क्यूआरमार्फत हुने कारोबार चार गुणा बढेको राष्ट्र बैंकको तथ्यांक छ । पछिल्लो ९ महिनामा मोबाइल बैंकिङमार्फत हुने कारोबार पनि उल्लेख्य बढेको छ । चैतमा मात्रै मोबाइल बैंकिङबाट ४८ अर्ब ४५ करोडको कारोबार भएको छ ।


Advertisment
Nabil box
Kumari

गत असारमा मोबाइल बैंकिङमार्फत हुने कारोबारको परिमाण १८ अर्ब ८३ करोड मात्रै थियो । पछिल्लो ९ महिनामा मोबाइल बैंकिङमार्फत हुने कारोबारको परिमाण तीन गुणा बढेको छ । चैतमा मात्र मोबाइल बैंकिङमार्फत १ करोड १० लाख पटकभन्दा बढी कारोबार भएको थियो । मोबाइल वालेटमार्फत हुने कारोबार पनि उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्यांक छ । मोबाइल वालेटमार्फत चैतमा मात्रै १ करोड १४ लाख पटकभन्दा बढी कारोबार भएको थियो । चैतमा मात्रै मोबाइल वालेटमार्फत ११ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । असारमा मोबाइल वालेटमार्फत हुने कारोबार रकमको परिमाण साढे ७ अर्ब रुपैयाँ थियो ।

Vianet communication

डिजिटल कारोबारसँगै प्वाइन्ट अफ सेल (पीओएस) मेसिनबाट हुने भुक्तानीमा पनि वृद्धि भएको छ । साउनमा पीओएस मेसिनमार्फत ५ लाख ३२ हजार पटक कारोबार भएकोमा चैतमा आइपुग्दा कारोबार संख्या ८ लाख ७१ हजार नाघेको छ । पीओएस मेसिनमार्फत चैतमा मात्रै करिब ३ खर्ब ७० करोडको कारोबार भएको छ । समग्र डिजिटल कारोबारको परिमाण र संख्या दुवै बढिरहे पनि इन्टरनेट बैंकिङमार्फत हुने कारोबार भने घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । मोबाइलमार्फत गरिने भुक्तानी प्रक्रिया सहज भएकाले इन्टरनेट बैंकिङमार्फत हुने कारोबार घटेको हुन सक्ने जानकारहरू बताउँछन् । असारमा इन्टरनेट बैंकिङमार्फत ६ लाख ५३ हजारभन्दा बढीपटक कारोबार भएको थियो ।

चैतमा आइपुग्दा कारोबार संख्या ३ लाख ३ हजारमा सीमित भएको छ । इन्टरनेट बैंकिङमार्फत हुने कारोबार पनि घटेको राष्ट्र बैंकको तथ्यांक छ । असारमा इन्टरनेट बैंकिङमार्फत १९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । चैतमा भने यसमार्फत भएको कारोबार परिमाण १० अर्ब २१ करोडमा सीमित भएको छ । कान्तिपुर दैनिकमा खबर छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x