×

NIC ASIA

कोरोनाविरुद्धको लडाईंका योद्धा

महामारीका सारथि: कोरोना संक्रमितलाई तन्नामा बोकेर एम्बुलेन्स र अस्पतालसम्म पुर्‍याउने युवा

जेठ ४, २०७८

Prabhu Bank
NTC
Premier Steels

माथिको तस्वीर प्रदेश नम्बर २ को राजधानी जनकपुरधामको हो ।

Muktinath Bank

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर- १० मा कोरोना संक्रमणपछि बेहोश भएका एक कोरोना संक्रमितलाई चार जनाले बेडशीटमा राखेर एम्बुलेन्सतर्फ लैजाँदैछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त कामको अगुवाइ जनकपुरकै युवा राकेशविक्रम साहले गरेका थिए ।


Advertisment
Nabil box
Kumari

साहका अनुसार हिजो जेठ ३ गते जनकपुरका ख्याति प्राप्त वरिष्ठ साहित्यकार डा. रेवती रमण लालले आफ्नो छोराका लागि एम्बुलेन्स व्यवस्था गरिदिन भन्दै हारगुहार गरेका थिए ।

Vianet communication

आफूले सकेसम्म चिनेजानेको एम्बुलेन्सलाई लालले फोन गरेका थिए, तर कुनै पनि एम्बुलेन्स आउन नमानेपछि कोभिड संकट व्यवस्थापनका लागि स्वत:स्फुर्त रूपमा परिचालन भएका साहलाई लालले फोन गरेका थिए।

लालको फोन आएपछि साहले पनि धेरैजसो एम्बुलेन्स चालकलाई फोन गरेका थिए तर एउटा मात्र एम्बुलेन्स खाली रहेको जानकारी पाए। त्यसपछि उनी त्यो एम्बुलेन्स लिएर लालको घर पुगे ।

उनका छोरा संक्रमित भएर श्वास लिन समस्या भएको अवस्थामा बेहोश थिए । एम्बुलेन्स पुगेपछि घरबाट संक्रमितलाई एम्बुलेन्ससम्म पुर्‍याउने कोही व्यक्ति भेटिएनन् ।

 ‘लाल सर आफैं ८० वर्षभन्दा बढी उमेरको हुनुहुन्छ, उहाँले आफ्नो छोरालाई उठाएर ल्याउन सम्भव थिएन,’ युवा राकेशविक्रम साहले लोकान्तरसँग भने, ‘त्यसपछि उहाँको बुहारी पनि बिरामी भएका कारण एम्बुलेन्ससम्म बोकेर ल्याउनका लागि कोही पनि तयार भएनन् ।’

कोरोना संक्रमित भएका कारण छिमेकमा रहेका कुनै पनि मानिस बिरामीलाई बोकेर एम्बुलेन्समा पुर्‍याइदिन तयार भएनन् ।

‘एम्बुलेन्स चालकले एम्बुलेन्स लगेर एम्बुलेन्सको ढोका खोल्ने र लगाउने मात्र काम गर्छन्, बिरामीलाई बोकेर एम्बुलेन्समा राख्दैनन्,’ साहले थपे, ‘त्यसपछि मैले आफ्नो टीममा रहेका साथी जितेन्द्र साहलाई चार जोडी ग्लोभ्स मगाउन पठाएँ।’

ग्लोभ्स लिएर आएपछि बिरामी सुतेको बेडशीट (तन्ना)को दुई कुना मात्र उठाएर एम्बुलेन्ससम्म राख्न त्यहाँका स्थानीयलाई आग्रह गरेको र स्थानीय दुई जनासँग मिलेर आफूहरूले एम्बुलेन्समा चढाएको साहले बताए ।

‘एम्बुलेन्स प्रादेशिक अस्पताल जनकपुर पुगेपछि एम्बुलेन्सबाट अस्पतालको शय्यासम्म पुर्‍याउन त्यहाँ कुनै पनि स्वास्थ्यकर्मी तयार नभएपछि फेरि हामीले नै जसोतासो बिरामीलाई अस्पतालको बेडसम्म पुर्‍याएका थियौं,’ साहले लोकान्तरसँग भने ।

साहले बिरामीलाई बोकेर एम्बुलेन्समा चढाएको फोटो सामाजिक सञ्जालमा कसैले पोस्ट गरेपछि उनको चौतर्फी प्रशंसा भएको छ।

साह नेपाली कांग्रेसको तरुण दलका नेता समेत हुन् ।

त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुरमा रहेको नेपाल विद्यार्थी संघ र तरुण दल सहितका २५ जना युवा मिलेर आफैं क्विक रेस्पोन्स टीम गठन गरेका छन् ।

उक्त टीमले संक्रमित भएर घरमा होम आइसोलेसनमा बसेका बिरामीहरूलाई चिकित्सकसहित लगेर घरमा उपचार गराउने, विभिन्न ठाउँबाट अक्सिजन सिलिन्डर खोजेर संक्रमित बिरामीलाई घरमा नै सिलिन्डर पुर्‍याइदिने, स्वास्थ्यकर्मीसहितको टोली लगेर सिलिन्डर जडान गर्न लगाउने जस्तो काम अहिलेको महामारीमा गर्दै आएको साह बताउँछन् ।

रगत अभाव भएपछि रक्तदान गर्ने, स्वास्थ्य उपचारका लागि औषधि सामग्री किनेर संक्रमितको घरमा पुर्‍याइदिने जस्तो काम गरेको उनले बताए।

साहले गत वर्षको कोभिड महामारीमा पनि यसैगरी काम गर्नुका साथै विभिन्न असहाय व्यक्तिलाई खाद्यान्नसहितको राहत सामग्री वितरण गराएका थिए। 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x