×

नेपालीको बेवास्ता गर्दै भारतीय श्रमिकलाई श्रम गन्तव्य जान अनुमति

जेठ ६, २०७८

वैदेशिक रोजगारीमा जाने र विदेशमा अलपत्र पर्ने श्रमिकलाई उद्धारका लागि हवाई सेवा सञ्चालन गर्न नसक्दा हजारौँ श्रमिक अलपत्र परेका छन् ।
अघिल्लो लकडाउनमा विमान चार्टर्ड गरेर रोजगारीका लागि विदेश जाने र आउने श्रमिकका लागि आवागमन र प्रस्थान खुला गरेको सरकारले हालसम्म खुला नगर्दा अलपत्र परेका हुन् तर रोजगारीका लागि विदेश जाने दैनिक ४०० नेपाली युवालाई बेवास्ता गरेर सरकारले नेपालका २ हवाई सेवा कम्पनीलाई भारतीय श्रमिकलाई श्रम गन्तव्य जान भने अनुमति दिएको छ । विदेशी श्रमिकका लागि अनुमति दिएको सरकारले आफ्नै देशका श्रमिकलाई विदेश जानबाट रोक लगाएको छ । सरकारले वार्षिक ८ खर्बभन्दा बढी रिमेट्यान्सको योगदान गर्ने श्रमिकलाई बेवास्ता गरेकोमा श्रम अधिकारकर्मीले समेत आलोचना गरेका छन् ।

सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना संक्रमणको कारण देखाउँदै नेपाली श्रमिकलाई अनिश्चित समयका लागि अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गरेर वैदेशिक रोजगारीमा जान रोक लगाए पनि भारतीय श्रमिक तथा गैरश्रमिक नागरिकलाई साउदी अरब जान अनुमति दिएको छ । साउदी अरब सरकारले भारतमा बढदै गइरहेको कोरोना संक्रमणका कारण त्यहाँबाट श्रमिक जान रोक लगाएपछि उनीहरूका लागि नेपालबाट विदेशिने अनुमति दिइएको छ ।


Advertisment

साउदी अरबले नेपालबाट जाने श्रमिकलाई अभैmसम्म पनि प्रवेश अनुमतिमा रोक नलगाए पनि नेपाली श्रमिकलाई भने रोजगारीका लागि विदेश जान अतिरिक्त उडानको व्यवस्था गर्न सकेको छैन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले छुट्टी पाएका, करार अवधि सकिएका श्रमिक नेपाल फर्कन नपाएको र श्रम स्वीकृति लिएका विदेश जान नपाएको बताए । उनले निषेधाज्ञा अघि नै नेपालमा बसेर रोजगारीका लागि विदेश जाने तयारीमा रहेका भारतीय श्रमिकलाई नेपालबाट उडान अनुमति दिएको बताए । कारोबार दैनिकमा खबर छ । 


Advertisment
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जेठ १३, २०८१

चालु आर्थिक वर्षको सुरुवातदेखि नै राजस्व सङ्कलनमा दबाब बेहोरिरहेको सरकारका लागि संशोधित लक्ष्य भेट्टाउन पनि मुस्किल पर्ने देखिएको छ । आर्थिक गतिविधि विस्तार हुन नसक्दा बजेटको मुख्य स्रोतका रूपमा रहेको राजस्व सङ्क...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x