×

इजरायललाई किन पैसा दिइरहन्छ अमेरिकाले ?

जेठ ११, २०७८

अमेरिकाले इजरायललाई दिने आर्थिक सहायताका विषयमा राष्ट्रपति जो बाइडनकै पार्टीका केही नेताहरूले प्रश्न उठाउन थालेका छन् । 

अमेरिकाको पैसा केमा खर्च भइरहेको भन्ने विषयमा तीखो नजर राख्नुपर्ने सिनेटर बर्नी स्यान्डर्सको भनाइ छ । 


Advertisment

सन् २०२० मा अमेरिकाले इजरायललाई ३.८ अर्ब डलरको आर्थिक सहायता गरेको थियो । ओबामा प्रशासनले लामो समयसम्म इजरायललाई वार्षिक सहायता दिनका लागि गरेको प्रतिबद्धता अनुसार नै यो दिइएको थियो । 


Advertisment

सन् २०१७ देखि २०२८ सम्म गरी ३८ अर्ब डलरको प्याकेज सहमतिमा ओबामा प्रशासनले सन् २०१६ मा हस्ताक्षर गरेको थियो । 

त्यसबाहेक पोहोर साल अमेरिकाले शरणार्थीहरूलाई सेटल गराउनका लागि ५० लाख डलर सहायता गरेको थियो । अन्य देशबाट आउने यहुदीहरूलाई आफूकहाँ बसाउने नीति इजरायलले लामो समयदेखि अंगीकार गर्दै आएको छ । 

अमेरिकाले विगत केही वर्षदेखि इजरायललाई संसारको सबभन्दा उन्नत सेना बनाउन सहायता गरिरहेको छ । अमेरिकी फन्डको सहायताले इजरायल अमेरिकासँग सैन्य उपकरण किन्ने गर्छ । 

उदाहरणका लागि, इजरायलले ५० वटा एफ–३५ विमान किनेको छ जसको उपयोग क्षेप्यास्त्र आक्रमणका लागि गरिएको छ । तीमध्ये २७ वटालाई डेलिभरी गरिसकिएको छ । प्रत्येक विमानको मूल्य १० करोड डलर छ । 

पोहोर साल इजरायलले आठवटा केसी–४६ए बोइङ पेगासस विमान किनेको छ जसको मूल्य लगभग २.४ अर्ब डलर बताइएको छ । यो एफ–३५ जस्तै आकाशमा नै इन्धन भर्न सक्ने विमान हो । 

इजरायलसँग आइरन डोम नामक मिसाइल डिफेन्स सिस्टम छ । यसले आफूतिर प्रहार गरिएका क्षेप्यास्त्रलाई आकाशमै नष्ट गरिदिन्छ । 

इजरायललाई दिइएको ३.८ अर्ब डलरमध्ये ५० करोड डलर यही मिसाइल डिफेन्सका लागि दिइएको थियो । आइरन डोम बनाउनका लागि गरिएको लगानी पनि यसैमा संलग्न थियो । 

सन् २०११ देखि अहिलेसम्म अमेरिकाले इजरायलको आइन डोमका लागि १.६ अर्ब डलर लगानी गरिसकेको छ । त्यसबाहेक इजरायलले अमेरिकासँग सैन्य प्रविधिमा काम गर्नका लागि लाखौं करोडौं डलर खर्च गरेको छ ।

त्यसमा सुरुङहरू पत्ता लगाउने प्रविधि पनि समावेश छ । 

दोस्रो विश्वयुद्धपछि अमेरिकाले सबभन्दा धेरै आर्थिक सहायता इजरायललाई नै दिएको छ । यूएस एडका अनुसार, सन् २०१९ मा अमेरिकाले इजरायललाई अफगानिस्तानपछि सबभन्दा बढी आर्थिक सहायता दिएको छ । 

अफगानिस्तानलाई दिइएको आर्थिक सहायताको ठूलो भाग अमेरिकी सैन्य अभियानमा खर्च गरियो । देशमा स्थिरता ल्याउनका लागि त्यो खर्च गरिएको बताइएको छ । तर सेप्टेम्बर महिनामा अमेरिकी सैनिकहरू फिर्ता जाने भएकाले सन् २०२१ मा ३७ करोड डलर मात्रको माग गरिएको छ । 

यसका विभिन्न कारण छन् । सन् १९४८ मा यहुदी मुलुक इजरायल बन्नेबित्तिकै अमेरिकाले त्यसलाई मान्यता दिएको थियो । यसबाहेक इजरायललाई अमेरिकाले पश्चिम एसियामा महत्त्वपूर्ण सहयोगीका रूपमा हेर्ने गरेको छ जुन साझा लक्ष्य र लोकतान्त्रिक मूल्यका लागि प्रतिबद्ध छ । 

अमेरिकाको विदेश सहायता निकायका अनुसार, अमेरिकाको सहायताले इजरायल आफू वरपरको जोखिमसँग लड्नका लागि सैन्यशक्ति कायम राख्न सफल छ ।

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x